Namaste Icon
Ad

४ विद्यार्थी २ शिक्षक

४ विद्यार्थी २ शिक्षक

फिदिम । चार विद्यार्थी बरको रुखमुनि खेलिरहेका छन्। शिक्षक रामकुमार तामाङ र कार्यालय सहयोगी विद्यार्थी नजिकै कुर्सीमा घाम तापिरहेका छन्। गाउँका एक अभिभावक बच्चा काखी च्यापेर शिक्षकसँग गफ गरिरहेका छन्। कक्षाकोठाका डेक्स–बेन्च रित्तै छन्। पाँचथर फाल्गुन्द गाउँपालिका–१ स्थित तिरतिरे आधारभूत विद्यालयमा गत सोमबार दिउँसो देखिएको दृश्य हो यो।

शिक्षक तामाङले विद्यालयमा चार जना मात्रै विद्यार्थी भएको बताए। ‘हामी दुई शिक्षक र एक कार्यालय सहयोगी छौं’, तामाङले भने, ‘अहिले हेडसर स्कुल आउनुभएको छैन।’ हाजिरी खातामा २२ जना विद्यार्थीको नाम लेखिएको छ। प्रधानाध्यापक कृष्णकला चापागार्इं विद्यालयमा उपस्थित थिइनन्। विद्यालयमा दुई घरका चार विद्यार्थी मात्र पढ्न जान्छन्। एक कक्षामा रोजन श्रेष्ठ, दुई कक्षामा टीकादेवी श्रेष्ठ, तीन कक्षामा सुनीता तामाङ र पाँच कक्षामा निर्मला तामाङ पढ्छन्। चार कक्षामा विद्यार्थी छैनन्।

विद्यार्थीलाई आफूले पढ्ने कक्षा थाहै छैन। विद्यालय टिकाउन हुँदै नभएका विद्यार्थीको उपस्थिति देखाउनुपरेको प्रधानाध्यापक चापागाईंको भनाइ छ। विद्यालय आएका विद्यार्थीलाई पनि शिक्षकले पढाउँदैनन्। कक्षा ५ मा पढ्ने निर्मलालाई क–खसमेत पढ्न गाह्रो पर्छ। ‘नाम लेख्न र पढ्न पनि आउँदैन,’ उनले भनिन्।अन्नपुर्ण पोस्टमा खबर छ ।

Ad

सम्बन्धित समाचारहरु

चाँडै बुढी हुन्छन यौनसम्पर्क नगर्ने महिला !

चाँडै बुढी हुन्छन यौनसम्पर्क नगर्ने महिला !

याैन सम्पर्क नगर्ने महिला चाँडै बुढी हुन्छन् भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, यो अध्ययनले निकालेको निष्कर्ष हो । अध्ययन अनुसार, कुनैपनि महिलाजति समयसम्म सम्भोग गर्छन् त्यति नै उनीहरु जवान देखिन्छन् ।

बाल मनोविज्ञान बारे प्रारम्भीक कक्षाका वालवालीकाका आमाहरुसंग छलफल

विरा दत्त भट्ट, दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा ७ धापमा रहेको मालिकार्जुन नमुना मावि धापमा कक्षा नर्सरी देखि कक्षा ३ सम्मका वालवालीकाहरुका आमाहरुका लागी प्रशिक्षण कार्यक्रम गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad