# भर्खरै
Namaste Icon
Ad
Ad

काठमाडौं ककोफोनी

काठमाडौं ककोफोनी

अनन्त अधिकारी


शुक्र नउदाउदै भुक्न थाल्छन ,
एकोहोरो भुस्याहा कुकुरहरू
खुल्ला आकाश मुन्तिर काठमाडौंमा ।
अधकल्चा सपनाहरू पूरा गर्न
स्याँफ्याँ गरिरहन्छ
गल्ली चिहाउने घरका झ्यालहरू भित्र
तीन प्रहर रात पस्चात सुतेको सहर
आजकल मेरो काठमाडौं
एउटा नमिठो ककोफोनी ।

सलको सप्कोले लाज छोप्न अपुग
पापी पेट मन्छने ताहुरमाहुरमा
हर रात नमिठो कोलाहल
गाई रहन्छ
आजकल मेरो काठमाडौं
एउटा नमिठो ककोफोनी ।

पत्रु खानाको बिज्ञापन जनित
कर्कस आवाज संगै मिसिन्छन
सडक पेटिबाट लाइभ
अचुक औषधिका फरमान ध्वनीहरू
फलाक्दै फलाक्दै
पहाडि मस्ताना तेलका माइकिङ्हरू
आजकल मेरो काठमाडौं
एउटा नमिठो ककोफोनी ।

उप्फ , भद्दा मेक अपका साथ
सडक कीनारामा
आफ्नै बिस्कुन सुकाइरहेका
बाध्याताहररूका नमिठा
निमन्त्रण ध्वनीहरूको मिश्रण
बेपर्बाह सुनाइरहन्छ
आजकल मेरो काठमाडौं
एउटा नमिठो ककोफोनी ।

जिन्दाबाद लगत्तै निस्कने
मुर्दाबाद को नमिठो गुन्जन
मिश्रित नारा तय हुन्छ शान्ति मंडलामा
र प्रसारण हुने गर्छ घन्टा घन्टामा ,
हिजो आज हरेक दिन
मेरो सहरको आवाज ,
आजकल मेरो काठमाडौं
एउटा नमिठो ककोफोनी ।

श्रोता बिनाका अन्धा जोडी
गाइ रहन्छन
हातमुख सवालका बेसुरा रागहरू
खरी झरेका मादल संगै
र मिसिन्छन बेफिक्री
चटकेका डमरू आवाजहरूमा ,
आजकल मेरो काठमाडौं
एउटा नमिठो ककोफोनी ।

आवाज हुनेका आवाजमा
दिनरात बिलुप्त हुने गरेका छन
आवाज हिनहरूका आवाजहरू,
एकनास सुनिने गरेको छ
यसै गरि मेरो सहर
आजकल मेरो काठमाडौं,
एउटा नमिठो ककोफोनी ।

Ad

सम्बन्धित समाचारहरु

'चोट'

'चोट'

जब पिडा बढ्दछ गजल बनी लेखिन्छ चोट्भित्र भित्रै लुक्दछ बाहिर कहाँ देखिन्छ चोट् ?

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ। प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad