Namaste Icon
Ad

फोटो प्रतियोगिताको आवेदन खुला

फोटो प्रतियोगिताको आवेदन खुला

काठमाडौं । सातौँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६मा समावेश हुन आवेदन खुला गरिएको छ । फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको छ । ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता शुुरु भएको घोषणा गरे ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन् । व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन सक्ने छन् । प्रतियोगितामा विदेशी नागरिक र विदेशमा खिचिएको फोटोलाई समावेश गरिने छैन । खेलकूद विधामा नेपाल बाहिर खिचिएको तस्वीरलाई समावेश गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रबन्धक सुरज राजवाहकले पाँच वर्षदेखि कम्पनीले फोटो प्रतियोगितामा क्लबसँग सहकार्य गर्दै आएको बताए ।

Ad

सम्बन्धित समाचारहरु

नदीको पानी पिउन बाध्य

नदीको पानी पिउन बाध्य

भेरी नगरपालिका– १० आलीस्थित गाउँकी सुनिता बुढा भेरी नदीमा पिउने पानी भर्दै । यहाँ खानेपानी सुविधा नहुँदा गाउँका बासिन्दा भेरी नदीको पानी पिउने बाध्य भएका छन् ।

उपप्रधानमन्त्रीलाई दार्चुलाको कोसेली

उपप्रधानमन्त्रीलाई दार्चुलाको कोसेली

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको निगालोबाट निर्मित छाप्रो (डालो) हस्तान्तरण गर्दै मार्मागाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महता । यस क्षेत्रमा निगालोबाट निर्मित सामग्री उत्पादन हुने गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad