# भर्खरै
Namaste Icon
Ad
Ad

सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

काठमाडौं । नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन् । संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ ।

विधेयकको दफा ९१ मा सरकारले उपलब्ध गराएको समयसीमाभित्र सामाजिक सञ्जाल प्रदायक कम्पनीले नेपालभित्र पनि त्यस्ता सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था राखिएको छ । सो दफाको उपदफा २ मा लेखिएको छ, ‘मुलुकभित्र सञ्चालनमा रहेका कुनै पनि सामाजिक सञ्जाल यो कानुन लागु भएको समयमा सूचना तथा प्रविधि विभागमा उपलब्ध गराइएको समयभित्र दर्ता भइसक्नुपर्ने छ ।’

यो विधेयक सदनबाट पारित भई कार्यान्वयनमा आएपछि युटयुब, फेसबुक, टिवटर, भाइबर, वाटसएप, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल कम्पनीलाई सूचना तथा प्रविधि विभागमा दर्ता हुनुपर्नेछ । तर कयौं सरोकारवाला निकायले ठूला सामाजिक सञ्जाल प्रदायक कम्पनीहरू नेपालमा दर्ता हुन अनिच्छुक रहेको जनाएका छन् । ती कम्पनीले नेपाल एउटा सानो बजार भएकाले दर्ता हुन अनिच्छा देखाएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा भने सामाजिक सञ्जाल प्रदायक कम्पनी नेपालमा दर्ता हुन आउने दाबी गर्छन् । ‘सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरु नेपालमा दर्ता हुन आउनेछन् । किनभने यो उनीहरुको व्यापार हो । हामीले उनीहरु आउँदैनन भन्ने कल्पना नै गरेका छैनौं,’ मन्त्री बास्कोटाले भनेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Ad

सम्बन्धित समाचारहरु

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

काठमाडौं । एनसेलले वायरलेस वाइफाइ सेवा सुरु गरेको छ। एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको दाबी गरेको छ । मंगलवार (साउन २०) देखि सुरु गरेको यो सेवा घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका उपयोगी हुने कम्पनीले जानकारी दिएको छ। यो सेवा लिनेहरुले बन्डल सेवामा २ फोरजी सिमकार्ड, प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु पाउने छन्।

इ–स्पोर्टसलाई भाइबरको साथ, सुरु गर्‍यो ‘टिम स्वर्ग’ फोर्टनाइट कम्युनिटी

काठमाडौं । सहज सञ्चार आदान प्रदानका लागि विश्वको ठूला एपहरु मध्येको एक राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक इ–स्पोर्टस् प्रतियोगिता नेपालमा सञ्चालन गर्नका लागि सहयोग गरेको छ। प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र इ(स्पोर्टस् संगठनको सहकार्यमा भएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad