Namaste Icon
Ad

प्रदेश ३ राजधानी र नामाकरण विवाद - लजाउनुअघि नाङ्गिने कि लजाएर नाङ्गिने ?

प्रदेश ३ राजधानी र नामाकरण विवाद - लजाउनुअघि नाङ्गिने कि लजाएर नाङ्गिने ?

राजकाजी महर्जन, काठमाडौँ । यतिबेला चर्चाको उत्कर्षमा रहेको एउटा विषय हो, प्रदेश नं ३ को राजधानी र नामाकरण विवाद । प्रदेश सभाको गठन भएको २ वर्ष पूरा भईराख्दा एकवर्ष अघि नै टूङ्गिनुपर्ने विवाद एक वर्ष ढिला सम्म आईपुगेको छ र अझै टुङ्गिन सकेको छैन ।

ढिला आउँदा परिवेश र परिणाम कडा आउनुपर्ने, तर पनि गिलोगिलो आयो । त्यसो हुँदा यो एक त समयको हिसाबले पनि राम्रो भएन, दोश्रो कुरा हामीले भूगोललाई प्राथमिकता दिएर छलफल चलाईराखेका छौं । ५५ लाख बढी जनसंख्याको सांस्कृतिक , धार्मिक , परम्परा, मनोभावना ,मनोविज्ञान सबै कुराहरुलाई सम्बोधन गरेर जनताको इच्छा, आकांक्षाहरुलाई पनि प्राथमिकता दिएर छलफल गरी संविधान लेखिएको हो । यसलाई हामीले सामर्थ्यताको आधारमा भनेर भनेका छौं, त्यो भनेको हिजो व्यवसायिक हिसाबले पनि उपत्यका नजिकै राजधानी हुँदा सहज , सरल हुन्छ भनेर आर्थिक सम्भावनाको दृष्टिले, सहज पहुँच र विषयका हिसाबले काभ्रेको लागि कुरो चलाईएको हो ।

त्यही कुरा अहिले मिलेको छैन र यही विवाद प्रदेशासभा लगायत राष्ट्रिय राजनीतिमै टाउको दुखाईको विषय बन्न पुगेको छ । अहिले नितान्त भौगोलिक हिसाबलाई मात्र लिएर यसका कुराहरुई आईराखेका छन्, जुन राम्रो होइन भन्ने मेरो बुझाई हो । संघात्मक राज्यभित्र जनताको मनोभावानाका कुराहरु पनि शासकले बुझ्नुपर्दछ । संघीयता घाँस, पात , माटो , ढुंगा , बगरलाई होइन, जनसमुदायलाई हो भन्ने हिसाबमा हामीले तर्कहरु गरिराखेका छौं । तसर्थ १३ वटै जिल्लालाई मिल्ने हिसाबले काठमाडौँ उपत्यका सिंगो र दोलखा, सिन्धुपाल्चोक , रामेछाप सिन्धुलीको जनसंख्याको हिसाबले पनि बहुमत सङ्ख्याको आधारमा केन्द्रित गर्नुपर्दछ भन्ने मेरो बुझाई हो ।

नामाकरणको विषयमा पनि नेवा , ताम्सालिङ, जस्ता नाम राख्ने हो भने बहुसंख्यक जनताको प्रतिनिधित्त्व गर्दछ । अझ त्यसमा पनि मिलेन भने बागमती नेवा तामसालिङ गर्न सकिन्छ भनेर पनि हामीले सुझाव दिएका हौँ । यसो हुँदा सबैलाई समेट्न सकिन्छ र सबै जनताको मनोभावनालाई त्यहाँ जोडिन्छ । अहिलेको सन्दर्भमा कसैको मनोभावना नजोडिने गरी तर्क ल्याईएकोले यसमा हाम्रो आपत्ति हो, तर यसमा हाम्रो पूर्णरुपमा विरोध हुँदा हुँदै पनि हामीले प्रतिनिधित्त्व गरेको राजनीतिक दलको घातक निर्णयका कारण प्रदेशसभा सदस्यहरु धर्मशंकटमा परेका छौं । पार्टीको ह्वीप मान्न नचाहँदा नचाहँदै पनि हामी बाध्य भएका छौं ।

यो सबै विषयको संश्लेषण मैले कसरी गरेको छु त भन्दा नेताहरु लजाउनुभन्दा पहिला नाङ्गो हुने कि नाङ्गीइसकेपछि लजाउने भन्ने कुरा हो । नाङ्गो भईसकेपछि त एक किसिमले बर्बाद भईसक्यो ! लाज त लुगा फ़ुकाल्नुअघि नै मान्नुपर्यो नि , तर लुगै फ़ुकालिसकिएको छ , अब केको लाज ? यसर्थ हार्नुभन्दा पहिले जीतको कल्पना गर्नुपर्यो । यहाँ त सबै नेताहरुले हारेर क्षणिक एक व्यक्ति , एक जनाको घर पायक पर्नेको कुरा सुनेर पार्टीले जुन निर्णय गरेको छ , त्यो एकदमै व्यक्तिवादी चिन्तन र कपोलकल्पित कुराहरुको आधारमा गरेको छ ।

पार्टीको निर्णय जसरी पनि मान्नुपर्ने जुन बाध्यता हामीलाई आएको छ , यसमा हामीले मुटुमाथि ढुंगा राखेरै हाँस्नुपरेको छ । संवैधानिक व्यवास्थालाई कुल्चेर लोकतन्त्रको घाँटी निमोठिएको छ । बहुसंख्यक जनताले चुनेका प्रतिनिधि र चुन्ने जनताको मनोभावना माथि लात हानिएको छ । यद्यपि अहिले जुन बाटो रोजिएको छ , यसले परिणाम राम्रो दिंदैन भन्ने मेरो ठम्याई छ ।कुराकानीमा आधारित 

महर्जन ललितपुर क्षेत्र नं ३(क) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

Ad

सम्बन्धित समाचारहरु

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले फागुन ६ र ७ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय भेलाको भब्य आयोजना गर्ने भएको छ।यही फागुन ६ गते हुनगइरहेको कार्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला र ७ गतेको बैठकमा सम्माननीय प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहने नेकपाका नेता तथा प्रदेश कमिटी सदस्य लोकेन्द्र राना (प्रशान्त)ले जानकारी दिए।

तुम्वाहाङ्फेलाई कानुन मन्त्रालय

तुम्वाहाङ्फेलाई कानुन मन्त्रालय

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री को जिम्मेवारी दिइने भएको छ । उनको आज अपरान्ह सपथ गराउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad