Namaste Icon
Ad
Ad

पृथ्वीनारायण शाहको यो भूमिबाट देशद्रोहीहरु लखेटौं !

पृथ्वीनारायण शाहको यो भूमिबाट देशद्रोहीहरु लखेटौं !

एकीकृत यो अखण्ड–नेपाल, पृथ्वीनारायण शाह महानाकको देन हो,
बचाऔं‘ गौरवकासाथ पहिचान सँधै, अस्तित्व यो पूण्यभूमि नेपालको,
हिमवतखण्डको यो विशाल नेपाल, स्वर्णभूमि– देशभूमि हो पृथ्वीतलको,
हिक्मत् नमारौं बिन्ति ! अटल रहिरहोस्, अस्तित्व यो सार्वभौम नेपालको ।

चण्डहरूको दाउले यो देश सारा पिचासमय केन्द्रस्थल हुन गो,
इसाईको दाउपेचमा चण्डहरुको चलखेल हुन गयो,
मरेकाहरु दीर्घरोगी, दलालहरु, सत्तामा ब्रम्हलुट मच्चाएर मच्चिएकाहरु,
अन्योलमा नपरी हामी भूमिपुत्रहरुले, लेखेटौं, ती लुटेरा, भ्रष्ट सत्तासीनहरु ।

मेरा दुःखले आज्र्याको मुलूक–पृथ्वीनारायण शाहका दिव्य उपदेशका कुराहरु,
राष्ट्र निर्माता भन्थे–टुलुटुलु हेरेर नबस्नु, ‘दुई ढुङ्गाबीचको तरुल’ ए, कर्मवीरहरु,
देश बेचेर शरणार्थी जस्तो बनाउन सक्रिय छन् २०६३ पछि सत्तासीन देशद्रोहीहरु,
लौं ! लखेटौं ‘कर्मन्यवादिकारस्य माःफलेषु कदाचनः’ मात्रृभूमिको लागि हामीहरु ।

हिन्दु अधिराज्य, राजसंस्था अटल रहोस ्! इज्जत पतिष्ठा बचाउन यो देशको,
सार्वभौम एकताभित्र हामी चारजात छत्तिस बर्णको, सँधै समृद्ध हुनुपर्छ नेपालीको,
प्रतिष्ठा देखाऔं! प्राकृतिक,सांस्कृतिक वैभव सुन्दर शान्त उच्च हिमाल विश्वभरमा ।
नेपाल भएर पो हामी नेपाली, राजा र जनताको संयुक्त प्रयासमा सबै फलोस नेपालमा,
               जय राष्ट्रवाद !

–दीर्घराज प्रसाई

 

 

Ad

सम्बन्धित समाचारहरु

पुन्य चौंलागाईकाे कविता 'मन'

पुन्य चौंलागाईकाे कविता  'मन'

गाडी भित्र विराजमान छ तर के हुन्छ यसको मति ?भड्खालो तिर जाकी दिन्छ किन होरु आफैं छ उ सारथि । हाली दिन्छ सवारि खाडल महां वांच्दैन आंफु पनि,के को लागि समाप्त पार्छ यसले यस्तो मीठो जिवनी ?

एक्काइसौं शताब्दी सुहाउँदो राजसंस्था चाहियो !

एक्काइसौं शताब्दी सुहाउँदो राजसंस्था चाहियो !

जादा जाँदै,हिन्दु सम्राट को वाह वाही भन्दा,नेपाली मात्रलाई नेपाल कै राजा चाहिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad