Namaste Icon
Ad
Ad

रंगशाला झगडा प्रकरण : मछिन्द्र र मनाङका ६ खेलाडीलाई प्रतिबन्ध

रंगशाला झगडा प्रकरण  : मछिन्द्र र मनाङका ६ खेलाडीलाई प्रतिबन्ध

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पाँचाँै चरणको खेलमा मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेललगत्तै भएको घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ खेलाडीलाई कारवाही गरेको छ । एन्फाले बिहीबार आफ्नो वेबसाइटमा सूचना जारी गर्दै मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५–५ खेल तथा अन्य ४ खेलाडीलाई २–२ खेल प्रतिबन्ध लगाएको जनाएको छ । जगजित र अशोकले जनही १० हजार रुपैयाँ जरिवानासमेत तिर्नुपर्ने भएको छ । अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले ६ खेल गुमाउनेछन् । मनाङका रञ्जन विष्टलाई पनि २ खेलमा प्रतिबन्ध लगाइएको छ ।


यता मछिन्द्रबाट दीपक राई, देवेन्द्र तामाङ र विजय धिमालले पनि २–२ खेल प्रतिबन्ध भोग्नेछन् । मनाङका अफिसियल शिव लामाले भने लिग अवधिबर प्रतिबन्ध भोग्दै १० हजार रुपैयाँ जरिवानासमेत तिर्नुपर्ने भएको छ । उनले मैदान प्रवेशगर्दा विपक्षी खेलाडीलाई अपशब्द बोल्दै स्थिति तनावग्रस्त बनाएका थिए । एन्फाले दुवै क्लबलाई ५०–५० हजार जरिवानासमेत गराएको छ ।


लिगअन्तर्गत सोमबार दशरथ रंगशालामा उपाधि दाबेदार र हाल लिगका दुई शीर्ष टोलीबीचको खेल रोमाञ्चक हुने अपेक्षा थियो । रेफ्रीले फाइनल ह्विसेल बजाउँदासम्म त्यही भयो पनि । तर फाइनल ह्विसेल बजेलगत्तै रेफ्रीसँग मैदानको बीच भागमा गएर एकआपासमा हात मिलाउनु पर्ने दुई टोलीका खेलाडी हात हालाहालमा नै उत्रिएका थिए ।


दुवै टोलीले अग्रता लिएर पनि २–२ मा सकिएको खेलको रोमाञ्च एकाएक तनावको स्थितिमा पुग्यो । मैदान वरपर रहेका सुरक्षामा तैनाथ गार्ड नै मैदान प्रवेश गरे । दुवै क्लबका बेन्चका खेलाडी र अफिसियल पनि मैदानको बीचमा पुगे । केही अफिसियलले खेलाडीलाई छुट्याउन थाले त केहीले उक्साउने नै प्रयास गरेको देखिन्थ्यो । राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङका जगजितले मछिन्द्रका फरवार्ड दीपकमाथि दुव्र्यवहार गरेपछि सुरु भएको झगडाले उग्र रूप लियो ।


जगजितले पुनः दीपकमाथि हात उठाएपछि उनीमाथि जंगीन खोजेका दीपकलाई सहकर्मी साथीले रोके । तर, त्यसवेला नै बेन्चबाट आएका वैकल्पिक खेलाडीले स्थिति बिगारे । समूह समूहमा बाँडिएर खेलाडी एकआपसमा छुट्टयाउन लागे । केही अफिसियल पनि मैदान छिरे र सुरक्षा गार्डको संख्या कम भयो । मैदानबाहिर सुरक्षार्थ खटिएका प्रहरी पनि साथ दिन मैदान पसे ।


यसक्रममा रेफ्रीले मनाङका वैकल्पिक खेलाडी अशोक बराललाई रातो कार्ड देखाए । भिडियो हेर्दा उनले मनाङका देवेन्द्र तामाङमाथि मुक्का हानेको देखिन्छ । त्यसैकारण पनि देवेन्द्रलाई रोक्न मछिन्द्रका अफिसियल र प्रहरीलाई हम्मेहम्मे परेको थियो । रेफ्रीले थप कार्ड त देखाएनन् तर एन्फाले भिडियो अध्ययन गरेर दोषी खेलाडीलाई कारवाही गरेको हो ।

Ad

सम्बन्धित समाचारहरु

एफए कपको उपाधि अर्सनललाई

एफए कपको उपाधि अर्सनललाई

काठमाडौं । आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २–१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

तेक्वान्दो संघबाट १२ जनालाई विदाइ गरियो

तेक्वान्दो संघबाट १२ जनालाई विदाइ गरियो

काठमाडौं । नेपाल तेक्वान्दो संघले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका पदाधिकारी र सदस्यहरुलाई विदाइ गरेको छ । संघले सोमबार सातदोबाटो ललितपुरस्थित संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संघका सचिव नवीनकुमार श्रेष्ठ, प्रवक्ता दीपक विष्टसहित १२ पदाधिकारीलाई विदाइ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad