# भर्खरै
Namaste Icon

आर्कषक व्याजदरमा सनराइज रिकरिङ्ग खाता संचालनमा

आर्कषक व्याजदरमा सनराइज रिकरिङ्ग खाता संचालनमा

काठमाडौं । सर्वसाधारणलाई विभिन्न सेवा र सुविधादिदैं आएको सन्राइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उदेश्यका साथ सन्राइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्घति खाता सरह पाइनेछ ।

आवश्यकता अनुसार १ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मागदै जान सकिनेछ । खाता खोल्दा न्युनतम बचत १००० रुपैयाँ र त्यस पछि एक पटकमा न्युनतम ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्घति खातामा जम्मा हुदैं जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।


उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटक पटक गरि जम्मा गर्न सकिनेछ । यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्घति खाता सरहको उच्च व्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था छ ।


यस खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ, जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मदत पुग्दछ । उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ । हाल बैंकले मुद्घति खातामा ९ दशमलव २५ प्रतिशत मा थप ० दशमलव ५ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । यो योजना दैनिकरसाप्ताहिकरमासिक हिसाबले बचत गर्ने सोच भएका व्यक्तिहरु लाई अति उपयुक्त रहने बैंकले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन । उनी सो कम्पनीको संस्थापक शेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष रहेका थिए । बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिए ।

ग्लोबल आइएमई थप्यो दुई नयाँ शाखा

ग्लोबल आइएमई थप्यो दुई नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको टोखा नगरपालिका वडा ३ बालुवापाटी र प्रदेश ५ को कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा २ गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दुई नयाँ शाखाहरु सञ्चालन सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस