Namaste Icon
Ad

माघेसंक्रान्तिलाई कन्दमुलमा पनि भारतकै भर

माघेसंक्रान्तिलाई कन्दमुलमा पनि भारतकै भर

काठमाडौं । माघेसंक्रान्तिमा उपयोग हुने कन्दमुलका लागि नेपालीले भारतकै भर पर्नुपरेको छ । विशेष गरेर माघेसंक्रान्तिमा विभिन्न कन्दमुल खाने परम्परा छ । माघेसंक्रान्तिमा तरुल, सखरखण्ड, वन तरुललगायतका कन्दमुल खाने नेपाली परम्परा रहेको छ । नेपाल कृषि प्रदान देश भए पनि यस्ता विभिन्न कन्दमुल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा भारतकै भर पर्नुपरेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६-७७ को पाँच महिनामा मात्र भारतबाट ४७ लाख १४ हजार रुपैयाँ बराबरको सखरखण्ड आयात भएको छ । कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले सखरखण्ड नेपाली बजारको मागअनुसार उत्पादन नहुँदा व्यापारीहरूले बाध्य भएर आयात गर्नुपर्ने बताए ।

स्वदेशमा पर्याप्त उत्पादन नहुँदा माघेसंक्रान्तिका लागि मात्र भारतबाट व्यापारीहरूले ५० टन सखरखण्ड आयात गर्ने गरेको खतिवडाले बताए । उनका अनुसार भारतबाट आयात गरेको सखरखण्ड प्रतिकिलो ५० रुपैयाँमा खरिद हुने गरेको छ । सो हिसाबले माघेसंक्रान्तिमा व्यापारीले करिब २५ लाख रुपैयाँको सखरखण्ड आयात गर्ने गरेको समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन् ।

Ad

सम्बन्धित समाचारहरु

तोरीमा आत्मनिर्भर बन्यो झापा

तोरीमा आत्मनिर्भर बन्यो झापा

भद्रपुर । कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए । उनका अनुसार गत आव २०७५/७६ मा झापामा दुई हजार ६४० हेक्टरमा तोरी खेती गरिएको थियो । सो वर्ष दुई हजार ६०० मेट्रिक टन तोरी उत्पादन भएको थियो । चालु आव २०७५/७६ मा तीन हजार हेक्टरमा लगाइएको तोरी खेतीबाट चार हजार ५०० मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रको प्रक्षेपण छ । चार हजारभन्दा बढी मेट्रिक टन तोरीले जिल्लालाई आत्मनिर्भर बनाउने भएकाले यसबाट अर्थतन्त्रमा अत्यन्त सकारात्मक योगदान पुग्ने प्राविधिक पौडेलको भनाइ छ ।

पाटनमा प्राङ्गारिक कृषि मेला हुने, तयारी अन्तिम चरणमा

काठमाडौं । प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । माघ १७ देखि २० गतेसम्म पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना गरिने मेलामा ५० कक्ष रहनेछन् । मेलामा २०० भन्दा धेरै प्राङ्गारिक उत्पादन प्रदर्शन एवं बिक्री–वितरणका लागि राखिने छन । मेलको विषयवमा जानकारी दिन आयोजित एक कार्यक्रममाम नेपाल अग्र्यानिक एसोसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले पछिल्लो समय उपभोक्ताले प्राङ्गारिक उत्पादन खोजे पनि सरकारले रासायनिक मल, विषादीलगायत पदार्थ आयातमा सहुलियत दिई जैविक तथा वैदिक खेती प्रणालीलाई बिर्संदै जाँदा सम्भव नभएको बताए । उनले भने, ‘किसानले जैविक खेती गर्न खोजे पनि सरकारको ध्यान त्यसतर्फ नजाँदा हाम्रा पितापुर्खाले गरेको कृषि पद्धति बिर्संदै गएका छौं, देशमा प्राङ्गारिक कृषि प्रणालीको प्रमाणपत्र दिने निकाय र परीक्षण गर्ने संयन्त्र नहुँदासमेत यो पद्धति छायाँमा परेको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad