# भर्खरै
Namaste Icon
Ad
Ad

ईकुडोलको आगलागीबारे प्रदेशसभालाई जानकारी

ईकुडोलको आगलागीबारे प्रदेशसभालाई जानकारी

ललितपुर । बागमती गाउँपालिका ५ इकुडोलमा शिक्षक रामप्रसाद बजगाईं तथा वडा सदस्य पारस बजगाईंको घरमा गत बिहीबार करेन्ट शर्ट भई आगलागी हुँदा भएको क्षतिको सम्बन्धमा प्रदेश ३ को प्रदेशसभालाई जानकारी गराईएको छ । शनिबारको प्रदेशसभा बैठकमा ललितपुर क्षेत्र नं १(ख) का सांसद चेतनाथ सञ्जेलले क्षतिको यथार्थ विवरण जानकारी गराउदै राहत उपलब्ध गराउनका लागि ध्यानाकर्षण गराएका हुन् ।

गत बिहीबार दिउँसो बजगाईंको घरमा करेन्ट शर्ट भई आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् भने कृषकलाई बाँड्नका लागि त्यसैदिन बैंकबाट लागेको दुधको पैसा ९ लाख ५० हजार नष्ट भएको छ । यसैगरी ८ तोलाभन्दा बढी सुनका गरगहना, महत्त्वपूर्ण शैक्षिक प्रमाणपत्र तथा सहकारी संस्थाका प्रमाणपत्रहरु जलेर नष्ट भएका छन् । फर्ममा रहेका १००० कुखुरा समेत मरेका छन् ।

यो पनि पढ्नुहोस

करेन्ट शर्ट भई इकुडोलमा आगलागी हुँदा ५० लाख बढीको धनमाल नष्ट

यी सबै क्षतिको स्पष्ट विवरण प्रदेशसभामा जानकारी गराउदै सांसद सञ्जेलले यथाशीघ्र राहत उपलब्ध गराउने पहलका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । साथै उनले गत वर्ष भट्टेडाँडा निवासी गुणकुमारी घिमिरेको घरमा भएको आगलागीको सबै फाईल उसै बेला आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाएको तर त्यसबारे अहिलेसम्म कुनै निर्णय नभएको कारण त्यसतार्फ पनि ध्यानाकर्षण गराएका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए ।

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई प्रहरीले सार्वजनिक गर्यो

काठमाडौँ । ३ दिनअघि गोंगबुमा बिभत्स हत्या गरिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले काठमाडौँमा सार्वजनिक गरेको छ। घटनापछि हत्यामा संलग्न भएको आशंकामा चितवनबाट पक्राउ गरेर ल्याईएकी कल्पना मुडभरी (पौडेल) लाई अनुसन्धानको क्रममा दोषी पाईएको भन्दै सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad