# भर्खरै
Namaste Icon
Ad
Ad

५० हजार लिएर टिपरले किचेर हत्या

५० हजार लिएर टिपरले किचेर हत्या

काठमाडौं । क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ । मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो ।


चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको स्रोतले दाबी गरेको छ । उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका–१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए ।

टिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए । कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो । किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए ।

‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ । यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो । कुटपिटबाट बेहोस भएका दिलीपलाई खोलामै लिकमा राखेर ना।७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर हत्या गरिएको थियो ।

श्रीपुर गाउँभन्दा पूर्वमा औरही खोलाको पश्चिम किनारमा क्रसरधनी विपिनले क्रसर सञ्चालन गर्दै आएका छन् । राति चोरेर बालुवा–गिट्टी उत्खनन गरिरहेको पाएपछि दिलीप साथी रोशनसँगै खोलामा पुगेका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोविन्द महतोले लेखेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

चिंगाड गाउँपालिकाको केन्द्र अवलचिङ्ग छोडेर पुँगखेत हुन सक्दैन, यस्ता छन कारणहरु

सुर्खेत । सुर्खेत जिल्लाको चिंगाड गाउँपालिकाको केन्द्र अवलचिङ्गबाट पुँगखेत सार्न खोजिएकोमा सरोकारवालाले आपत्ति जनाएका छन । पुँगखेत हुन नसक्नु कारणहरु सहितको सम्पूर्ण विवरण यसरी उललेख गरिएको पत्र जस्ताको त्यस्तै

तरुण बिभाग सदस्य शेर्पाको पहलमा सिन्धुपाल्चोकमा राहत बितरण

काठमाडौं । नेपाली कांग्रेस तरुण बिभागका केन्द्रिय सदस्य पासाङ्ग नोर्बु शेर्पाको पहलमा सिन्धुपाल्चोकका बाढि पहिरो पिडितलाई राहात वितरण गरिएको छ । बाढी पहिरो प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ का १८५ पिडित घरपरिवारलाइ खाद्यान्न तथा त्रिपाल बितरण गर्नुका साथै मृतक परिवारलाइ जनही रु ५ हजारका दरले नगद बितरण गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad