Namaste Icon
Ad

ललितपुरका मुख्य कलाहरु

ललितपुरका मुख्य कलाहरु

कलाको हिसाबले विश्वमै परिचित नेपालको ललितपुरका कलाहरू बारे एक जानकारी

१) प्रस्तरकलाः
प्रस्तरकलाको सुरुवात पाषाण युगमा मानिसले विभिन्न हातहतियार बनाई थालनी गरेका थिए । प्रस्तर कला ललितपुरको महत्वपूर्ण कलाको रुपमा लिईन्छ । साधरण ढुङ्गालाई छिना र ह्यामरको सहायताले विभिन्न देवीदेवता लगायत मुर्तिहरु निर्माण गरिन्छ । ढुङ्गाबाट बनाईने प्रस्तर कलाहरुमा देवीदेवताका मूर्तिहरु, मण्डला मन्दिर, शिवलिङ्ग, जंड, जाँतो, सिलौटो आदि निर्माण गरिन्छ । कृष्ण मन्दिर, च्यासी देवल, गजलक्ष्मी आदि कलाहरु ललितपुरका प्रसिद्ध प्रस्तर कलाहरु हुन ।

 

 

 

२) काष्ठकलाः
काठका विभिन्न बुट्टाहरु कुँदेर बनाईने कलात्मक कलालाई काष्ठकला भनिन्छ । नेपाली काष्ठकलाहरुको स्वदेशमा मात्र नभई विदेशमा पनि माग वृद्धि भईरहेको छ । विषेश गरी काठबाट बनाईने कलात्मक झ्यालढोका, मन्दिरमा प्रयोग हुने तोरण, टुँडाल तथा अन्य काष्ठकलाका नमुनाहरुलाई लिन सकिन्छ । पाटन दरबारका कलात्मक झ्यालढोका साथै यहाँका मन्दिर, विहार तथा पाटीपौवामा प्रयोग गरिएका काष्ठकलालाई उदाहरणका रुपमा लिन सकिन्छ ।

काष्ठकला

 

 

३) धातुकलाः
धातुकलाको उत्पादनले ललितपुरको प्रतिष्ठालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत ख्याति कमाएको पाईन्छ । सुन, चाँदी, तामा, ढलौट, पञ्चधातु तथा अष्टधातुबाट बनाईएका मूर्तिहरु नेपाली बजारमा मात्र बिक्री नभई चीन, तिब्बत, भारत, भुटान, अमेरिका, जापान, युरोप लगायतका थुप्रै मुलुकहरुमा समेत निर्यात हुने गरेका छन । धातुका मूर्ति दुई प्रकारले तयार गरिन्छ । धातुलाई पगालेर र धातुका पातामा कुँदेर बनाईन्छ । धातुबाट विभिन्न देवीदेवताका मूर्तिहरुका साथै विभिन्न किसिमका भाडाँकुडाँ, पूजाका सामाग्री राख्ने भाडाँहरु र खुकुरी तथा हातहतियार पनि बनाईन्छ ।

 

 

४) मृतिका कलाः
माटोबाट विभिन्न किसिमका मूर्ति, भाँडाकुँडा आदि बनाईने कलालाई मृतिका कला भनिन्छ । माटोलाई पोलेर टेराकोटा तथा सेरामिकका भाँडाकुँडा बनाउने चलन छ । त्यस्ता सामाग्रीहरु दैनिक रुपमा प्रयोग गर्नुका साथै अन्तराष्ट्रिय बजारमा पनि अधिकतम निर्यात हुने गर्दछन । पाटनको महाबौद्ध मन्दिर, सुन्धाराको उमामहेश्वर मन्दिर तथा बहाह्वील मन्दिरमा प्रयोग गरिएका दाची अप्पा (इँटा) विभिन्न देवीदेवताको मूर्ति र कलात्मक बुट्टाहरुले यसको महत्व बढाएका छन ।

 

 

५) चित्रकलाः
ललितपुरबाट उत्पादन हुने विभिन्न विद्यामध्य चित्रकलालाई पनि लिन सकिन्छ । यहाँ उत्पादन भएका चित्रकलाहरु पौभा, थाङ्का, ग्रन्थ, चित्र, भित्तेचित्र, लोकचित्रकला आदि विभिन्न मुलुकमा समेत निर्यात हुने गरेका छन । हाल यहाँ आधुनिक जलरंग, तेलरंग तथा अन्य रंगको प्रयोगबाट गरिएको एक दृश्यचित्र, मुहारचित्रका साथै अमृत चित्रहरु पनि तयार गरिएका छन । यस्ता चित्रहरुको विदेशी मुलुकमा माग बढेको पाईन्छ ।

 

६) सुनचाँदीका सामानहरुः
सुनचाँदीका गहना तथा आभुषणहरुले नेपालमा मात्र नभई अन्तराष्ट्रिय बजारमासमेत प्रख्याति पाएका छन । विशेष गरी चाँदीबाट बनेका गहना, पूजाका सामाग्री राख्ने भाँडा विभिन्न मिमति तथा अर्ध किमति पत्थरहरु जडित सामानहरु निकै लोकोप्रिय र मागमा वृद्धि भएका छन । यस्ता सामानहरु विशेष गरी चीन, तिब्बत, भुटान आदि देशमा निर्यात हुने गरेको पाईन्छ । यसका साथै अन्य हस्ताकलाको उत्पादनहरुमा फेल्ट, छ्वाली, हेम्प, अल्लोजस्ता प्राकृतिक रेसाजन्य वस्तुबाट बनेका सामानहरु ललितपुरमा उत्पादन हुन्छन ।

 

हस्तकला सौगात २०७६ बाट साभार

 

Ad

सम्बन्धित समाचारहरु

मेरो देश खोज्न कहाँ जाऊँ !

मेरो देश खोज्न कहाँ जाऊँ !

बाह्रबर्ष राम नभएको अध्योध्या जस्तो लागेको छ अहिले नेपाल, तेह्रबर्ष पाण्डवहरु नभएको हस्तिनापुर जस्तो भएको छ नेपाल, अत्याचारको पराकाष्ठा, भ्रष्टाचारको पीडाले भयो अशान्त नेपाल,राणाहरुको निरंकुशतामा बाँचेको देश, बरु सीमाना थपिएको नेपाल ।लोकतन्त्रले खाने भो अस्तित्व, नेपालै नरहने हो कि भन्ने पीडाले, यी केपी ओली, प्रचण्डहरु, शेरबहादुर र लोकतन्त्रको समर्थकहरुले, धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताको पहिरोका देश डुबाएर बग्न खोजेकाहरु,प्रभूको इच्छा–इसाइकरण गर्र्न यो स्वर्णभूमिलाई रणभूमि बनाउने आतताईहरु ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी चित्रकला प्रतियोगिता हुने

ललितपुर । नेपालको कला, संस्कृति, साहित्य तथा पुरातत्वका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी चित्रकला प्रतियोगिता हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार संग्रहालयको संयुक्त आयोजनामा जोशीको सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad