# भर्खरै
Namaste Icon
Ad
Ad

चीनका बन्दरगाह नेपाललाई खुला

चीनका बन्दरगाह नेपाललाई खुला

काठमाडौं । नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि ९प्रोटोकल० अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो ।

दुई देशबीच त्यतिबेला भएको सहमति अनुसार नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको छ । यो सहमति यही जनवरी १ देखि कार्यान्वयनमा आएको समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बृद्धि गरेको पानीको मूल्य खारेज गर्न माग

बृद्धि गरेको पानीको मूल्य खारेज गर्न माग

रमेश गिरी, भक्तपुर । बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीसँगको मिलेमतोमा आम उपभोक्तालाई मारमा पर्ने गरीे जारको पानी मूल्य निर्धारण गरेको आरोप लगाइएको छ । विभागले आगामी भदौ १० गतेदेखि लागू हुने गरी जारको पानीको मूल्य रु ५० र बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ निर्धारण गरेकोे छ । पानीको खुद्रा व्यापार गर्दै आएका सूर्यविनायकका सन्तोष श्रेष्ठले पानीमा दोब्बर मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा परेको बताए । एक जार पानीको रु २० र ढुवानी रु १० गरी रु ३० पर्ने पानी उपभोक्तालाई रु ४० मा बिक्री गर्दै आएकोमा अहिले खुद्रा मूल्य नै रु ५० निर्धारण गरेपछि उपभोक्ता मारमा परेको उनले बताए ।

प्रशोधित पानीको बजार मूल्य तोकियो, प्रतिबोटल १६, प्रतिजार ५० रुपैंया

काठमाडौं । सरकारले व्यवसायिक रुपमा विक्रिवितरण हुने पानीको मूल्य निर्धारण गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा विक्रिवितरण हुँदैआएको जार र बोटलको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो । विभागको नेतृत्वमा गठन भएको प्रशोधित पानीको जार तथा बोटलको पानी मूल्य निर्धारण कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै विभागले सोमबार पानीको नयाँ बजार मूल्य९एमआरपी० तोकेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad