Namaste Icon
Ad

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।

मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहने छन । रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइदै छ । पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ । धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदैछ ।

रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उहाँले जानकारी दिनुभयो । रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन । रङ्गशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ । - रासस 

Ad

सम्बन्धित समाचारहरु

बास्केटबल खेलाडी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु

एजेन्सी । अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो । लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ ।

मोहन्याल गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

गोविन्द बीसी, बौनिया । दोस्रो गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता कैलालीको मोहन्याल सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको गाउँपालिका स्तरीय अन्तर विद्यालय रनिङ सिल्ड प्रतियोगिता माघ १३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । शान्ति मावि फलेबिसौनाको व्यवस्थापन र मोहन्याल गाउँपालिकाको आयोजनामा खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आधारभूत र मावि तहमा अध्ययनरत गाउँपालिका अन्तर्गतका २१ सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेकोे छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad