# भर्खरै
Namaste Icon
Ad
Ad

सिन्धुलीमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम

सिन्धुलीमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम

काठमाडौं । अग्नि ग्रुपले हालै मध्य नेपालको प्रदेश ३ को ढुंग्रेबास सिन्धुलीमा महिन्द्राका गाडीहरु र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूका सबै श्रृङ्खलाका सवारी साधनहरू सहितको थ्रीएस सेटअपयुक्त यो शोरुमको  कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ । सिन्धुली र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप, ट्रयाक्टरसहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् ।

यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः  स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००,  टीयूभी ३००, केयूभी १००, थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ । कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक÷कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

 

सो अवसरमा कम्पनीले पाँच दिने निःशुल्क प्रबद्र्धनात्मक सेवा शिविर (अटोमोबाइल डिभिजन सर्भिस क्याम्प) को पनि घोषणा गरेको छ । पुस २८ देखि माघ ३ गतेसम्म चल्ने यो शिविरअन्तर्गत उपभोक्ताहरूले स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्री (एक्सेसरिज)मा १२ प्रतिशत छुट पाउने छन् भने निःशुल्क श्रम खर्च (निःशुल्क लेबर चार्ज)का साथै उपहारहरू पनि पाउँने छन् । यसका साथै ट्रयाक्टरका ग्राहकहरूको लागी फार्म डिभिजन सर्भिस क्याम्प पुस २८ र २९ गते हुदैछ जसमा स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्री (एक्सेसरिज)मा १२ प्रतिशत छुट पाउने छन् भने निःशुल्क श्रम खर्च (निःशुल्क लेबर चार्ज)का साथै  उपहारहरू पनि पाउँने छन् ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रा.लि.अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।

 

Ad

सम्बन्धित समाचारहरु

बृद्धि गरेको पानीको मूल्य खारेज गर्न माग

बृद्धि गरेको पानीको मूल्य खारेज गर्न माग

रमेश गिरी, भक्तपुर । बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीसँगको मिलेमतोमा आम उपभोक्तालाई मारमा पर्ने गरीे जारको पानी मूल्य निर्धारण गरेको आरोप लगाइएको छ । विभागले आगामी भदौ १० गतेदेखि लागू हुने गरी जारको पानीको मूल्य रु ५० र बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ निर्धारण गरेकोे छ । पानीको खुद्रा व्यापार गर्दै आएका सूर्यविनायकका सन्तोष श्रेष्ठले पानीमा दोब्बर मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा परेको बताए । एक जार पानीको रु २० र ढुवानी रु १० गरी रु ३० पर्ने पानी उपभोक्तालाई रु ४० मा बिक्री गर्दै आएकोमा अहिले खुद्रा मूल्य नै रु ५० निर्धारण गरेपछि उपभोक्ता मारमा परेको उनले बताए ।

प्रशोधित पानीको बजार मूल्य तोकियो, प्रतिबोटल १६, प्रतिजार ५० रुपैंया

काठमाडौं । सरकारले व्यवसायिक रुपमा विक्रिवितरण हुने पानीको मूल्य निर्धारण गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा विक्रिवितरण हुँदैआएको जार र बोटलको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो । विभागको नेतृत्वमा गठन भएको प्रशोधित पानीको जार तथा बोटलको पानी मूल्य निर्धारण कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै विभागले सोमबार पानीको नयाँ बजार मूल्य९एमआरपी० तोकेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad