Namaste Icon
Ad

गौर कारागारबाट कैदी फरार, कर्मचारी नियन्त्रणमा

गौर कारागारबाट कैदी फरार, कर्मचारी नियन्त्रणमा

रौतहट । अपहरण तथा शारीरिक बन्दकको अभियोगमा गौर कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी आइतबार राति फरार भएका छन् । कैदी भगाएको आरोपमा कारागारका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्लकाको वृन्दवन नगरपालीका–२ घर भएका २७ वर्षिय अशोक यादव राति कारागारबाट फरार भएको प्रहरीले जनाएको छ । सर्लाहीमा भएको बालक अपहरण मुद्दामा यादवलाई अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

विगत ३ वर्ष देखि जेल सजाय भोगिरहेका यादव आईतबार राति कैदी गन्ने क्रममा कारागारका कार्यालय सहायक एकरामुल हकको मिलोमतोमा भागेको हुनसक्ने जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए । घट्नाको प्रकृति हेर्दा कारागारकै कर्मचारीको मिलोमतो देखिन्छ ।

कैदीको संख्या गनिसके पछि गेटमा ताला नलगाई छाडेको पाइयो उनले भने, ‘कर्मचारी एकरामुललाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेका छौं । कैदी भाग्ने बेला सेन्ट्री बस्ने प्रहरी कर्मचारीलाई समेत जिल्ला प्रहरीले निलम्बनको तयारी गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

नेविसंघ घोडाघोडी इकाईले क्याम्पसमा बुझायो ज्ञापनपत्र, यस्ता छन ७ बुँदे माग

गोविन्द बीसी, बौनिया । नेपाल विद्यार्थी संघ घोडाघोडी इकाई कमिटीले ७ बुँदे शैक्षिक माग सहित क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । नेविसंघले सोमबार बिद्यार्थीका विभिन्न शैक्षिक माग राखेर घोडाघोडी बहुमुखी क्याम्पसका नव नियुक्त क्याम्पस प्रमुख बिनोद कुमार खड्कालाई ज्ञापनपत्र बुझाएको हो ।

घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव समापन, चक्र बमले दिए  प्रस्तुति

गोविन्द बीसी, बौनिया । कैलालीको घोडाघोडी नगरपलिका १ सुखडमा जारी घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव समापन भएको छ । माघ २ देखि सुरु भएको महोत्सवको आईतबार घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले समापन गरेका हुन् । मेयर चौधरीले महोत्सवले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रबर्द्धनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले महोत्सवका माध्यमबाट स्थानीय कला, संस्कृति रीतिरिवाज र मौलिक परम्पराको जगेर्ना गर्नमा मद्धत पुगेको र कृषि उत्पादन तथा बजारीकरणमा टेवा पुगेको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad