# भर्खरै
Namaste Icon

हाम्रो सगरमाथा सहकारी बिग मर्जरमा जाने

हाम्रो सगरमाथा सहकारी बिग मर्जरमा जाने

ललितपुर । ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था बिग मर्जरमा जाने भएको छ । गत शनिबार (पुष २६) गते सम्पन्न संस्थाको २२ औं साधारणसभाले बिग मर्जरमा जाने निर्णय पारित गरेको छ । मर्जरमा जाने संस्थाहरु बीच छलफल चलिरहेको र छिट्टै टुंगो लाग्ने साधारणसभामा जानकारी गराईएको थियो । यस अघि धेरै संस्थाहरु मर्ज गर्नेमा हाम्रो सगरमाथा रहेको छ ।


संस्थाको विभिन्न जिल्लाहरुमा गरी १९ वटा सेवा केन्द्र रहेको छ । ११ हजार सदस्य रहेको यस संस्थाको सेयर पुँजी १७ करोड पुगेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा १ अर्ब ६५ करोड बचत संकलन गरी १ अर्ब ३० करोड कर्जा प्रवाह गरेको साधारणसभामा जानकारी गराईएको थियो । हाल संस्थामा १ सय ७० जना कर्मचारी कार्यरत छन् ।


हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः के.बि. उप्रेती निर्वाचित भएका छन् । गत शनिबार गते सम्पन्न संस्थाको २२ औं साधारणसभाले पुनः केबि उप्रेतीको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो । संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा शिवप्रसाद कट्टेल, सचिवमा देवराज पराजुली, कोषाध्यक्षमा मुकुन्दप्रसाद पाण्डे, सदस्यमा बद्रि बहादुर राउत र प्रकाशमान शाही निर्वा्चित भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा राजु पौडेल निर्वा्चित भएका छन् । पौडेल यसअघि पनि लेखा समिति संयोजक थिए ।

 

Ad

सम्बन्धित समाचारहरु

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन । उनी सो कम्पनीको संस्थापक शेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष रहेका थिए । बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिए ।

ग्लोबल आइएमई थप्यो दुई नयाँ शाखा

ग्लोबल आइएमई थप्यो दुई नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको टोखा नगरपालिका वडा ३ बालुवापाटी र प्रदेश ५ को कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा २ गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दुई नयाँ शाखाहरु सञ्चालन सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस