# भर्खरै
Namaste Icon
Ad
Ad

त्रिदेशिय सिमा क्षेत्रमा भारतले रोक्यो नेपालीका खच्चर

त्रिदेशिय सिमा क्षेत्रमा भारतले रोक्यो नेपालीका खच्चर

विरा दत्त भट्ट, दार्चुला । नेपाली नागरिकहरुले पालेका खच्चरहरुलाई भारतीय सिमा क्षेत्रमा रोजगारीका लागी प्रतिबन्ध गरिएको छ । २ बर्ष पहिले नेपाली नागरिकहरुले पालेका खच्चरहरुलाई भारतीको उत्तरी सिमा क्षेत्र घट्टेबगड लगायत कुटि, कालापानी क्षेत्रमा रोजगारी पाइने गरेको थियो भने २ बर्ष देखि नेपाली नागरिकहरुले पालेका खच्चरहरुलाई सिमा क्षेत्रमा काम गर्नमा रोक लगाइएको खच्चर ब्यवसायी ब्यास गाउँपालिका वडा नं ४ का स्थानिय कलमसिह खातीले बताए ।

नेपालले अतिक्रमण गरिरहेको त्रिदेशिय सिमा क्षेत्रमा नेपाली खच्चहरुलाई समान ढुवानि लगायतका कार्यमा भारतले प्रतिबन्ध नै गरेको खच्चर ब्यवसायी खातिले बताए । भारतले नेपालका खच्चरहरुलाई सिमा क्षेत्रमा प्रबेशमा समेत रोक लगाउदाँ ब्यवसाय प्रभावित भएको उनको भनाई छ ।

ब्यास गाउँपालिका वडा नं १ छाङरु र तिंकर क्षेत्रका खच्चर लगायत भाउबस्तुहरुलाई सिमा क्षेत्रमा रोकतोक लगाइएको छैन । नेपालमा बाटो नहुदाँ भारतीय बाटो बाट नै उक्त क्षेत्रका स्थानियहरुले आवत जावत गर्ने भएकाले प्रवेशका लागी भने रोकतोक नभएको भएपनि भारतमा रोजगारी भने गर्न नदिने गरेको खच्चर ब्यवसायीहरुले बताएका छन् ।

छिमेकी देशले कुनै विना कारण नेपाली खच्चरहरुलाई भारतीय क्षेत्रमा प्रबेशका लागी रोक लगाइएको प्रति नेपाली खच्चर ब्यवसायी आक्रोसित बनेका छन् । नेपाल आफ्नो असल छिमेकी भन्ने भारतले खच्चरहरुलाई समेत रोजगारीका लागी निशेध गरेपछि खच्चर ब्यवसायीहरु चिन्तीत बनेका छन् ।


भारतले सिमा क्षेत्रमा नेपाली खच्चरहरुलाई प्रबेशमा रोकेपछि अहिले नेपाली क्षेत्रमा नै बालुवा बोल्ने, चामल ढुवानी गर्ने गरेको ब्यास गाउँपालिका वाड नं ४ सुन्सेराका खच्चर ब्यवसायी कलम सिहँ खातीले बताए। भारतले सिमा क्षेत्रमा निर्माण गरेको सडकका कारण नेपालको कालापानी क्षेत्रका गाउँहरु छाङरु र तिंकर जाने बाटोहरु समेत ठाउँ–ठाउँमा भत्कीएर नेपालको क्षेत्रबाट आवत जावत गर्न सकिने अवस्था नरहेको खच्चर ब्यवसायी खातीले बताए ।

कालापानी क्षेत्रका नेपाली गाउँहरु छाङरु र तिंकरको सामान ढुवानि गर्नका लागी अवसर धेरै भएपनि भारतीय पक्षले नेपालको बाटो भत्काएको र भारतले आफ्नो भुमीमा नेपाली खच्चरहरु प्रबेशमा रोक लगाएकाले कालापानी क्षेत्रमा सामान ढुवानिको अवसर समेत भारतले खोसेको उहाको भनाई छ । यसरी भारतले नेपालको बाटो भत्काएको र नेपाली खच्चरहरु आफ्नो भुमीमा प्रबेशमा रोक लगाएकाले खच्चर ब्यवसायीहरुलाई रोजगारका लागी समस्या भएको उनले बताए ।

Ad

सम्बन्धित समाचारहरु

चिंगाड गाउँपालिकाको केन्द्र अवलचिङ्ग छोडेर पुँगखेत हुन सक्दैन, यस्ता छन कारणहरु

सुर्खेत । सुर्खेत जिल्लाको चिंगाड गाउँपालिकाको केन्द्र अवलचिङ्गबाट पुँगखेत सार्न खोजिएकोमा सरोकारवालाले आपत्ति जनाएका छन । पुँगखेत हुन नसक्नु कारणहरु सहितको सम्पूर्ण विवरण यसरी उललेख गरिएको पत्र जस्ताको त्यस्तै

तरुण बिभाग सदस्य शेर्पाको पहलमा सिन्धुपाल्चोकमा राहत बितरण

काठमाडौं । नेपाली कांग्रेस तरुण बिभागका केन्द्रिय सदस्य पासाङ्ग नोर्बु शेर्पाको पहलमा सिन्धुपाल्चोकका बाढि पहिरो पिडितलाई राहात वितरण गरिएको छ । बाढी पहिरो प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ का १८५ पिडित घरपरिवारलाइ खाद्यान्न तथा त्रिपाल बितरण गर्नुका साथै मृतक परिवारलाइ जनही रु ५ हजारका दरले नगद बितरण गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad