Namaste Icon
Ad

मनग्य आम्दानीको स्रोत ड्रागन फल खेती

मनग्य आम्दानीको स्रोत ड्रागन फल खेती

यो ड्रागन अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती उत्तरअमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ । प्राविधिकका अनुसार रोपेको द्द(घ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा १ हजार रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । कारीब समुन्द्री सतह देखी ज्ञडण्ण् मिटर सम्म यसको खेती गर्न सकिन्छ । यस खेतिको लागी पानी आवश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसलाई मज्जाले फलाउन सकिन्छ ।

यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज(कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । यो बिरुवा एकचोटी लगाए पछी केहि बर्षा पछी एउटै बिरुवा बाट दशौ बिरुवा निकाल्न सकिन्छ ।

Ad

सम्बन्धित समाचारहरु

तोरीमा आत्मनिर्भर बन्यो झापा

तोरीमा आत्मनिर्भर बन्यो झापा

भद्रपुर । कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए । उनका अनुसार गत आव २०७५/७६ मा झापामा दुई हजार ६४० हेक्टरमा तोरी खेती गरिएको थियो । सो वर्ष दुई हजार ६०० मेट्रिक टन तोरी उत्पादन भएको थियो । चालु आव २०७५/७६ मा तीन हजार हेक्टरमा लगाइएको तोरी खेतीबाट चार हजार ५०० मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रको प्रक्षेपण छ । चार हजारभन्दा बढी मेट्रिक टन तोरीले जिल्लालाई आत्मनिर्भर बनाउने भएकाले यसबाट अर्थतन्त्रमा अत्यन्त सकारात्मक योगदान पुग्ने प्राविधिक पौडेलको भनाइ छ ।

पाटनमा प्राङ्गारिक कृषि मेला हुने, तयारी अन्तिम चरणमा

काठमाडौं । प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । माघ १७ देखि २० गतेसम्म पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना गरिने मेलामा ५० कक्ष रहनेछन् । मेलामा २०० भन्दा धेरै प्राङ्गारिक उत्पादन प्रदर्शन एवं बिक्री–वितरणका लागि राखिने छन । मेलको विषयवमा जानकारी दिन आयोजित एक कार्यक्रममाम नेपाल अग्र्यानिक एसोसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले पछिल्लो समय उपभोक्ताले प्राङ्गारिक उत्पादन खोजे पनि सरकारले रासायनिक मल, विषादीलगायत पदार्थ आयातमा सहुलियत दिई जैविक तथा वैदिक खेती प्रणालीलाई बिर्संदै जाँदा सम्भव नभएको बताए । उनले भने, ‘किसानले जैविक खेती गर्न खोजे पनि सरकारको ध्यान त्यसतर्फ नजाँदा हाम्रा पितापुर्खाले गरेको कृषि पद्धति बिर्संदै गएका छौं, देशमा प्राङ्गारिक कृषि प्रणालीको प्रमाणपत्र दिने निकाय र परीक्षण गर्ने संयन्त्र नहुँदासमेत यो पद्धति छायाँमा परेको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad