# भर्खरै
Namaste Icon
Ad
Ad

पूर्वप्रधानमन्त्रीको सुरक्षामा ७७ सुरक्षाकर्मी, कसका निवासमा कति ?

पूर्वप्रधानमन्त्रीको सुरक्षामा ७७ सुरक्षाकर्मी, कसका निवासमा कति ?

काठमाडौं । सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्य्विधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्य्विधि मिचेका हुन् ।

पूर्वप्रधानमन्त्री दाहाललाई कार्य्विधिअनुसार सुरक्षा प्रयोजनका लागि नौ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्नेमा ७७ जना दिइएको छ । यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत कार्य्विधि मिचेर सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई १९ जना सुरक्षाकर्मी दिइएको छ ।

यसैगरी, पूर्वप्रधानमन्त्री देउवाले ३८ जना सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई समेत कार्य्विधि मिचेर २९ जना बढी सुरक्षाकर्मी दिइएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

कसका निवासमा कति सुरक्षाकर्मी ?
पुष्पकमल दाहाल— ७७ जना
शेरबहादुर देउवा— ३८ जना
झलनाथ खनाल— १९ जना
माधवकुमार नेपाल— १७ जना
डा। बाबुराम भट्टराई— ११ जना
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी— १० जना
लोकेन्द्रबहादुर चन्द— १२ जना

Ad

सम्बन्धित समाचारहरु

औचित्यहीन विभाग खारेज गर्न कांग्रेस युवा नेताहरुको आग्रह, को को हुन यस्तो आग्रह गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताले पार्टीका केन्द्रीय विभाग गठनप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका एक दर्जन युवा केन्द्रीय सदस्यले आज संयुक्त विज्ञप्तिमार्फत महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठन कार्यकाल समाप्त भइसकेपछि गरिएको भन्दै उनीहरुले उक्त निर्णय कसरी वैधानिक र उपयुक्त हुन्छ भनी प्रश्न गरेका छन ।

दोरम्बाका ३ दर्जन बढि युवा कांग्रेसमा प्रवेश

दोरम्बाका ३ दर्जन बढि युवा कांग्रेसमा प्रवेश

रामेछाप । तत्कालिन नेकपा माओवादीले आधार इलाका मान्दै आएको रामेछापको दोरम्बाका ३ दर्जन भन्दा बढि युवाहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुले नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले टिका र खादा लगाएर स्वागत गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad