# भर्खरै
Namaste Icon

मन्त्री खत्री निर्दोष सावित

मन्त्री खत्री निर्दोष सावित

खगेन्द्र हमाल, सुर्खेत । खड्क बहादुर खत्री २०२२ साल मंसिर २० गत्ते बुवा कृष्ण बहादुर खत्री र आमा नैनसरा खत्रीको कोखबाट रानिबास गाविस वडा न २ पुङ्ग गाउँ हालको चिङ्गाड गाउँपालिका वडा नस्७ मा जन्मिएका हुन।एउटा गरिव परिवारमा जन्मिएका मन्त्री सानै उमेर देखि एकदमै लगनशील र कलात्मक स्वभावका थिए । २०५० साल बैशाख १ गत्ते पुष्पा खत्रीसंग वैवाहित जिवनमा बाधिएका मन्त्री खत्रीका एक छोरा एक छोरी सहित छोटो सुखी परिवार छ । २०३६ सालको विद्यार्थी जनाआन्दोलन पनि उनको महत्त्वपूर्ण भुमिका रहेको छ।पन्च्याती व्यवस्थालाई ढाल्नुपर्छ भन्ने नेतृत्व गरेका मन्त्री खत्री कर्णालीवासी जनताका लोकप्रिय नेता हुन।

२०४३ सालमा गाउँ पन्चायत प्रधानपन्चको चुनाव लडेका मन्त्री खत्री २०४९ साल र ०५४ सालमा रामघाट गाबिस पुर्व नेकपा एमालेबाट निर्वाचित भएर गाविस अध्यक्षको जिम्मेवारी बहन गरेका थिए।निर्माण व्यवसायमा पनि खुल्ला बाट सदस्य जित्नु भएका मन्त्री खत्री अहिले देशभरिका निर्माण व्यवसायिको लिडर पनि हो।उहाले नेपाल कम्युनिस्ट पार्टीमोर्चाको सचिवालयमा पनि काम गरिसक्नु भएको छ । निर्माण क्षेत्रमा मध्यपश्चिमको लिडर हुँदै सेन्टरको लिडरमा पनि महत्त्वपूर्ण जिम्मेवारी निभाएका थिए ।

समाज परिवर्तनको निम्ति निडर भएर अगाडि बढ्ने मन्त्री खत्री पार्टीको विभिन्न पंक्तिहरुलाई समायोजन गर्दै जनताको मन जित्न सफल भएका हुन।विद्यार्थी जीवन देखि नै खेल प्रती निकै रुचि राख्ने मन्त्री खत्री त्यतिवेला खिल्लु नामले चिरपरिचित थिए । भलिबल खेलका बरिस्ठ क्याप्टन,सटफुट लगायत अन्य थुप्रै खेलहरुको नेतृत्व गर्दै राष्ट्रिय खेलाडी मन्त्री खत्रीले कर्णाली प्रदेशको मात्रै नभएर देशव्यापि रुपमा खेलकुद क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिएका छन।उनी नेपालका राष्ट्रिय खेलाडी हुन ।

सधैं जनताको हकहितको निम्ति काम गर्ने निडर मन्त्री खत्रीले पन्चायतका ठालु भलाद्मी,त्यसवेलाका प्रधानहरुले अतिक्रम गर्न खोजेको बन जंगल जोगाउने अभियानमा पनि महत्त्वपूर्ण योगदान दिएका थिए।रेडक्रसको अध्यक्ष हुदा पनि रेडक्रस सोसाइटीको मुहार नै फेरिएको थियो । शैक्षिक गुणस्तर र खेलकुद जगतलाई उकास्नको लागि उहाँको महत्त्वपूर्ण भुमिका रहेको छ।भौतिक निर्माणमा लामो समय देखि अनुभवी रहेका मन्त्री खत्री भौतिक तथा पुर्वधार विकास मन्त्रालयको जिम्मेवारी पाएसंगै समग्र कर्णाली प्रदेशका,जनताले भौतिक पुर्वधार क्षेत्रको विकासको लागि धेरै नै आपेक्षा गरेका छन।।।।

जिल्ला अदालत बबरमहल काठमाडौंद्वारा उनी विरुद्धको फर्जी वैक ग्यारेन्टी वनाएको भन्ने रिट खारेज भएको छ । सम्मानित अदालतमा विचाराधीन अवस्थामा रहेको मुदालाई अदालतले फैसला गर्दा खड्क बहादुर खत्री निर्दोष सावित भएका छन। उच्च अदाल पाटनमा अर्को मुद्दा भने विचाराधीन रहेको छ।

Ad

सम्बन्धित समाचारहरु

महायज्ञ उद्घाटन नै नगरी उपराष्ट्रपति काठमाडौँ फर्किए

काठमाडौँ । नारायणगढमा सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार त्यहाँ पुगेका थिए ।

विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिजद्वारा प्रशासनसमक्ष आत्मसमर्पण

माेरङ । नेकपा विप्लव समूहमा लागेर विभिन्न गतिबिधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिज पौडेलले आत्मसमर्पण गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस