# भर्खरै
Namaste Icon

दिउसै सार्वजनिक बसमा अश्लील गतिविधि गर्ने युवक पक्राउ

दिउसै सार्वजनिक  बसमा अश्लील गतिविधि गर्ने युवक पक्राउ

काठमाडौं । सार्वजनिक बसमा अनैतिक हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

पक्राउ परेका युवाबारे मंगलबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो २०७५ मंसिरमा सामाजिक सञ्जालमा पोस्ट भएको थियो।

भिडियोमा अश्लील हर्कत गर्ने युवा र पीडित युवती दुवैको अनुहार देखिएको थिएन । प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन्।

Ad

सम्बन्धित समाचारहरु

शोकमग्न भुलभुले

शोकमग्न भुलभुले

धादिङ । एकै बस्तीका ७ जनाले दुर्घटनामा ज्यान गुमाएपछि नीलकण्ठ नगरपालिका-२ भुलभुले गाउँ गुरुङ समुदायका ८० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन। गाउँ पूरै शोकमग्न छ । मृत्यु तथा घाइते भएका परिवारलाई समवेदना तथा सान्त्वना दिन टाढा-टाढाबाट आफन्तजन गाउँमा पुगेका छन्। आफन्त भेट्दा उनीहरू पनि भक्कानिन्छन्, मनिष दुवाडीले आजको अन्नपूर्ण पोस्टमा यो खबर लेखेका छन् ।।

शिक्षक नियुक्तिमा अनियमितता : दैलेखका तीन जना पक्राउ

खगेन्द्र हमाल, सुर्खेत । शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई पक्राउ गरेको छ । आयोगले दैलेख डुङ्गेश्वर गाउँपालिका वडा ५ मा रहेको पिपलचौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित ३ जनालाई पक्राउ गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस