# भर्खरै
Namaste Icon
Ad
Ad

यसकारण पक्राउ परे योगगुरु स्वामी शिवानन्द

यसकारण पक्राउ परे योगगुरु स्वामी शिवानन्द

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउँछु भन्दै शिष्यबाट रकम असुलेको आरोपमा योगगुरु शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले भण्डारीलाई सोमबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा चारजनाले उनीविरुद्ध उजुरी दिएका छन् ।

भण्डारीले गैरीधारामा बसेर विभिन्न स्थानमा योग शिविर सञ्चालन गर्दै आएको छन् । उनी आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । उनको टौदहमा पनि आश्रम रहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए ।

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई प्रहरीले सार्वजनिक गर्यो

काठमाडौँ । ३ दिनअघि गोंगबुमा बिभत्स हत्या गरिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले काठमाडौँमा सार्वजनिक गरेको छ। घटनापछि हत्यामा संलग्न भएको आशंकामा चितवनबाट पक्राउ गरेर ल्याईएकी कल्पना मुडभरी (पौडेल) लाई अनुसन्धानको क्रममा दोषी पाईएको भन्दै सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad