Namaste Icon
Ad

श्रीमतीको १६ परपुरुषसँग यौन सम्बन्ध रहेको श्रीमानले थाहापाएपछि.....

श्रीमतीको १६ परपुरुषसँग यौन सम्बन्ध रहेको श्रीमानले थाहापाएपछि.....

एजेन्सी, हरारे । जिम्बाब्बेका एक व्यक्तिले आफ्नी श्रीमतीको अनैतिक चरित्रको यसरी पर्दाफास गरेका छन्, जसको चर्चा अहिले व्यापक रूपमा भइरहेको छ । एर्करिडाइस मकोमो र मुनशे चारलेन नेकुबको विवाह भएको चार वर्ष भइसक्यो । मकोमो पछिल्ला केही दिनदेखि आफ्नी पत्नीको व्यवहार परिवर्तन भएको महसुस गरिरहेका थिए । उनकी पत्नी पेट दुखेको भन्दै उनीसँग शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्दैै आएकी थिइन् ।

एक दिन उनले आफ्नी पत्नीको मोबाइल भेटे । पत्नीको फोन देखेपछि उनको होस उड्यो । पत्नीको व्हाटस्एप च्याट देखेर उनले आफ्नी पत्नीको १६ जनासँग यौन सम्बन्ध रहेको पत्ता लगाए । पत्नीको फोनमा अश्लील च्याट र तस्वीर देखेर उनी आफैंले आफूलाई मुश्किलले सम्हाले । उनले आफू कामको सिलसिलामा बाहिर गएको समयमा पत्नीले एक ब्वाइफ्रेन्डसँग तीन दिन बिताएको थाहा पाए ।


यो सबै देखेपछि उनले पत्नीलाई सबक सिकाउने निर्णय गरे । उनी आफ्नो कहानी लिएर प्रकाशन गृह गए । मकोमोले आफ्नो पूरा कहानी भने र अनलाइनमा विस्तृतमा छापिदिन आग्रह गरे । उनले भने, ‘पत्नीको १६ ब्वाइफ्रेन्डसँगको च्याट देख्दा मलाई सबैभन्दा ठूलो झट्का लागेको महसुस भयो । तीमध्ये केही व्हाट्सएपको हिडन फिचर्समा थिए ।’ उनले भने, ‘पत्नीलाई मसँग यौन सम्बन्ध राख्न अब मन लाग्न छाडिसकेको थियो । उनी कुनै न कुनै बहानामा यौन सम्बन्ध राख्न अस्वीकार गर्थिन् । जबकि ब्वाइफ्रेन्डसँग खुशी थिइन् ।’

रंगेहात समातिएपछि र मिडियामा जानुअघिसम्म मकोमाकी श्रीमतीले आफू निर्दोष भएको सफाइ पटकपटक दिइन् । श्रीमतीको हर्कतबाट दुःखी भएका मकोमोले आफ्नी पत्नी र १६ जना ब्वाइफ्रेन्डसँगको च्याट सञ्चारमाध्यमार्फत सार्वजनिक गरिदिए । उनले भने, ‘चार वर्षको वैवाहिक जीवनमा मैले पत्नीका लागि सबै कुरा त्यागें, जवाफमा मलाई यो धोका प्राप्त भयो ।’

यो समाचार छापिएपछि मकोमोकी श्रीमती र उनका ब्वाइफ्रेन्डलाई मुख देखाई नसक्नु भयो । रंगनाई फोरिची नामका एक ब्वाइफ्रेन्डले समाचार छाप्ने सञ्चारमाध्यमलाई आफूलाई नेकुब विवाहित भएकोबारे जानकारीसम्म नभएको बताए । यस्तै, तवान्ता नामका ब्वाइफ्रेन्डले नेकुब साथी मात्र भएको र साथीभन्दा बढी केही नरहेको दाबी गरे । अर्का एक ब्वाइफ्रेन्डले त यतिसम्म भने कि नेकुब उनकी नभएर उनको साथीकी गर्लफ्रेन्ड हुन् ।

Ad

सम्बन्धित समाचारहरु

खुल्यो ईमदर नेपाल डट कम

खुल्यो ईमदर नेपाल डट कम

टोकियो । ईमदर नेपाल डट कम जापानबाट एक समारोहका साथमा आइतबारदेखि शुभारम्भ गरिएको छ । जापानको टोकियोमा एक बिशेष समारोहको आयोजना गरी ग्लोबल नेपालीहरुलाई समेट्ने उदेश्यका साथ ईमदर नेपाल डट कम अनलाइन नेपाली न्यूजको शुभारम्भ गरिएको छ । कार्यक्रम सिमपानी अनलाइन मिडिया ग्रुपका अध्यक्ष बिमल भट्टले सञ्चालन गर्नु भएको थियो । उक्त शुभारम्भ कार्यक्रममा जनसम्पर्क समिति जापानको पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठको प्रमुख आथित्यतामा, पत्रकार महासंघ जापान शाखाका सल्लाकार बेलुकाजी थापाको बिशेष आथित्यतामा, जनसम्पर्क समिति जापानका पूर्व सभापति डि पि कडेंल, जनसम्पर्क समिति जापानका उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेल, जनसम्पर्क समिति जापानका महामन्त्री राम जंग कार्की, जनसम्पर्क समिति जापानका कोषाध्यक्ष बाबुराम सापकोटा, पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष पूर्ण चलाउने, पत्रकार महासंघ जापान शाखाका सदस्य बिश्वास आचार्य, एनआरएनएका पूर्व कोषाध्यक्ष दिपक थापा, एनआरएनए कान्तो क्षेत्रका उप(सभापति दिपेश केसी, सचिब बिमान सिंह मोक्तान, जि पि फ़ाउन्डेशन जापान शाखाका सचिब गणेश बिष्ट , अन्तरास्ट्रिय नेपाली समाजका संयोजक पदम सिंह ठगुन्ना, नेपाली समुदाय लगायत अन्य अथिति महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

किन राखिएन बज्रबाराही मन्दिरमा गजुर ? यस्तो छ किंवदन्ती

ललितपुर । काठमाडौँ उपत्यकाका ४ दिशामा ४ वटा बाराही देवीस्थलहरु छन्, उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिममा धुमबाराही र दक्षिणमा बज्रबाराही । तर यी ४ वटामध्ये ललितपुरको गोदावरी नगरपालिका ११, चापागाउँमारहेको बज्रबाराहीको विशेषता भने अलि पृथक छ, किनको यसको छतमा अन्य देवस्थल वा शक्तिपीठहरुको जस्तो गजुर छैन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad