Namaste Icon
Ad

परमेश्वरको डर देखाएर बलात्कार गर्ने पास्टर ललितपुरबाट पक्राउ

परमेश्वरको डर देखाएर बलात्कार गर्ने पास्टर ललितपुरबाट पक्राउ

ललितपुर । आफ्नै अनुयायी महिलालाई पटकपटक बलात्कार गरेको आरोपमा ललितपुरबाट क्रिश्चियन धर्मका एक धर्मगुरु (पास्टर) पक्राउ परेका छन् । खुट्टा काम्ने रोगबाट पीडित ती महिलालाई निको बनाइदिने भन्दै तीन महिनादेखि निरन्तर बलात्कार गरेको आरोपमा गोरखा घर भई ललितपुर बस्ने ध्रुबबाबू जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी रोग निको हुने भन्दै ललितपुरको मण्डली चर्चमा प्रार्थनाका लागि जाने गर्थिन्। ती महिलाको उजुरीमा जोशीले चापागाउँको एक गेष्ट हाउसमा बोलाएर जबरजस्ती करणी गरेको पनि उल्लेख छ। करणी गरेको कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश भई जाने त्रास जोशीले महिलालाई देखाउँदै आएका थिए।

रोग निको हुने विश्वासमा ललितपुरकाे मण्डली चर्चमा प्रार्थना गर्न जाने क्रममा पास्टर भनिने ध्रुवबाबु जोशीले तिमीले नराम्रो काम गरेका कारण राेग लागेको हो र त्यो पाप मेटाउन आफूसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनेर बलात्कार गरेकाे पीडितले प्रहरीमा दिएकाे उजुरीमा उल्लेख गरेकी छन्। पहिलोपटक ललितपुर चापागाँउमोडको एक गेस्ट हाउसमा बोलाएर जबर्जस्ती करणी गरेको र यो कुरा कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश भएर जान्छ भन्ने त्रास देखाउनाका साथै जे पनि गर्ने धम्की दिएको पीडित महिलाले बताएकी छन्।

पछिल्लो पटक जोशीले आफूले सञ्चालन गर्दै आएको पसलमा पुगेर जबरजस्ती गरेको ती महिलाले उल्लेख गरेकी छन्। गोरखा बजार घर भएका जोशी घरमा भने केही वर्षदेखि सम्पर्कविहीन थिए। उनी पहिले स्थानीय महेन्द्रज्योति माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भए। उनले घरमै पार्टी प्यालेससहित रेष्टुरेन्ट पनि चलाएका थिए।

केही वर्षअघि उनकी सालीले जोशीसँगको सम्बन्धका कारण झुन्डिएर आत्महत्या गरेकी थिइन्। सालीले घरमै आत्महत्या गरेपछि जोशीले गोरखा छाडेका थिए। त्यसयता उनी सम्पर्कविहीन थिए।

 

Ad

सम्बन्धित समाचारहरु

अब लाईसेन्स लिएर मात्र पत्रकार बन्न पाईने

अब लाईसेन्स लिएर मात्र पत्रकार बन्न पाईने

काठमाण्डौ । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ ।

बाग्मतीमा मनाईयो वृहत सोनाम ल्होछार

बाग्मतीमा मनाईयो वृहत सोनाम ल्होछार

सन्तोष दहाल,ललितपुर । २८५६ औं मन्जुश्री संवत ल्हो मुसा वर्षको अवसरमा बागमती गाउँपालिकाले वृहत शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र गाउँपालिका अध्यक्ष बीरबहादुर लोप्चनकै प्रमुख आतिथ्यतामा सोमबार प्युटारको खयरघारी खेल मैदानमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad