# भर्खरै
Namaste Icon
Ad
Ad

विनयमोहन क्वात्रा नेपालका लागि नयाँ भारतीय राजदुत

विनयमोहन क्वात्रा नेपालका लागि नयाँ भारतीय राजदुत

काठमाडौँ । भारतले नेपालका लागि नयाँ भारतीय राजदुत पठाउने भएको छ । यसअघिका भारतीय राजदूत मञ्जीवसिंह पुरी डिसेम्बरमा कार्यकाल पूरा गरी फर्केपछि विनयमोहन क्वात्रालाई नयाँ राजदुतको रुपमा पठाउने दिल्लीस्थित उच्च स्रोतले बताएको छ ।

नेपाल आउन प्रयासरत अनेकौँ अनुभवी उम्मेदवारमध्ये क्वात्रालाई भारतले राजदूत बनाउन लागेको हो । उनले सन् २००६ देखि २०१० सम्म काठमाडौँस्थित सार्क सचिवालयमा समेत काम गरेका थिए। विगत ३ दशकदेखि भारतीय कुटनीतिक क्षेत्रमा क्रियाशील रहेका क्वात्रा हाल फ्रान्सका लागि भारतीय राजदुत छन् ।

उनी भारतको विदेश सेवामा सन् १९८८ मा प्रवेश गरेका थिए। सन् १९९३ सम्म उनी जेनेभास्थित स्थायी मिसनमा कार्यरत थिए । सन् १९९३ देखि २००३ सम्म उनी संयुक्त राष्ट्रसंघको मुख्यालयमा डेस्क अफिसरको रुपमा तथा दक्षिण अफ्रिका र उज्बेकिस्तानमा पनि उनले काम गरे। त्यसपछि उनले चीनको बेइजिङस्थित भारतीय दूतावासमा कन्सुलर र राजदूतावास उपप्रमुखका रुपमा काम गरे।

२००६ देखि २०१० सम्म उनी नेपालमा थिए। सार्क सचिवालयमा उनले व्यापार, अर्थतन्त्र र वित्तीय ब्युरोको प्रमुखका रुपमा काम गरेका थिए। उनले अमेरिकाको वासिंगटनस्थित भारतीय दूतावासमा पनि २०१३ सम्म काम गरेका थिए। त्यसपछि उनी भारतीय विदेश मन्त्रालयको पोलिसी प्लानिङ एन्ड रिसर्च डिभिजनमा फर्केका थिए। सन् २०१५ सम्म उनले अमेरिका र क्यानडा हेर्ने अमेरिकाज् डिभिजनमा काम गरे। अगस्ट २०१७ सम्म उनी भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिव थिए।

Ad

सम्बन्धित समाचारहरु

औचित्यहीन विभाग खारेज गर्न कांग्रेस युवा नेताहरुको आग्रह, को को हुन यस्तो आग्रह गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताले पार्टीका केन्द्रीय विभाग गठनप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका एक दर्जन युवा केन्द्रीय सदस्यले आज संयुक्त विज्ञप्तिमार्फत महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठन कार्यकाल समाप्त भइसकेपछि गरिएको भन्दै उनीहरुले उक्त निर्णय कसरी वैधानिक र उपयुक्त हुन्छ भनी प्रश्न गरेका छन ।

दोरम्बाका ३ दर्जन बढि युवा कांग्रेसमा प्रवेश

दोरम्बाका ३ दर्जन बढि युवा कांग्रेसमा प्रवेश

रामेछाप । तत्कालिन नेकपा माओवादीले आधार इलाका मान्दै आएको रामेछापको दोरम्बाका ३ दर्जन भन्दा बढि युवाहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुले नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले टिका र खादा लगाएर स्वागत गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad