Namaste Icon
Ad

एनआइसी एसिया बैंकमा राखिएको बम डिस्पोज

एनआइसी एसिया बैंकमा राखिएको बम डिस्पोज

सप्तरी । राजविराजस्थित एनआईसी एसिया बैंकमा अज्ञात समूहले मङ्गलबार बिहान राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । बैंक खुलेसँगै कार्यालयको भर्‍याङमा राखिएको बमबारे कर्मचारीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको हो ।

प्रमुख सेनानी गुप्तबहादुर कुँवरका अनुसार तर्साउनका लागि राखिएको होब्स बम प्राविधिक टोलीले बैंकभित्रै राखिएको स्थानमा विस्फोट गरेर सफलतापूर्वक निस्कृय पारेका छन् । विस्फोटले केही क्षति भएको छैन । बम राखिएसँगै मानिसमा त्रास फैलिएको थियो। २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

अब लाईसेन्स लिएर मात्र पत्रकार बन्न पाईने

अब लाईसेन्स लिएर मात्र पत्रकार बन्न पाईने

काठमाण्डौ । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ ।

बाग्मतीमा मनाईयो वृहत सोनाम ल्होछार

बाग्मतीमा मनाईयो वृहत सोनाम ल्होछार

सन्तोष दहाल,ललितपुर । २८५६ औं मन्जुश्री संवत ल्हो मुसा वर्षको अवसरमा बागमती गाउँपालिकाले वृहत शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र गाउँपालिका अध्यक्ष बीरबहादुर लोप्चनकै प्रमुख आतिथ्यतामा सोमबार प्युटारको खयरघारी खेल मैदानमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad