Namaste Icon
Ad

समयमै बजेट कार्यान्वयन गर्न नेता विष्टले गराए ध्यानाकर्षण

समयमै बजेट  कार्यान्वयन गर्न नेता विष्टले गराए ध्यानाकर्षण

खगेन्द्र हमाल, सुर्खेत । कर्णाली प्रदेशका नेकपाका प्रभावशाली युवा नेता ठम्मर बहादुर विष्टले सिम्ता गाउपालिकालाई बजेट शुसासन र समयमा कार्यनयन गर्न ध्यानाकर्षण गराएका छन । चालु आव २०७५÷०७६ को प्रदेश अन्तर्गत समपुरक अनुदान, शसर्त अनुदान र बिशेष अनुदान अन्तर्गत सुर्खेत जिल्ला क्षेत्र नं १ (प्रदेश क ) अन्तर्गत तपसीलमा उल्लेखीत योजनाहरु बजेटसहीत पालीकामा मंसीरकै महीनामा पठाइ सकिएकोले संबन्धीत पालीका र सरोकारवालाहरुले कार्वान्वयनमा शीघ्र ध्यान दिनु पर्ने भन्दै नेता विष्टले सम्पुर्ण जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराएका हुन ।

यस अघि नैं चालु आवमा रातो बुकमा उल्लेख भएका योजनाहरु शुशासन सहीत शीघ्र कार्वान्वयनमा जोड दिन उनले विशेष आग्रह गरेका छन । साथै प्रदेश निर्बाचन क्षेत्र कोषको रकम बिनियोजन यही माघ १५ सम्म भईसक्ने र जानकारी उचित समयमा संबन्धीत तहमा हुने उनले उल्लेख गरे । उनले सबैमा शुशासन सहीत शीघ्र कार्वान्वयन हुन्छ भन्ने भरपुर आशा पनि व्यक्त गरे । चुनावमा जनता सङ्ग गरेका बाचाहरु पूरा गर्न सबै निर्वाचित जनप्रतिनिधिहरुलाई जोडदार आग्रह गरे।

समपुरक अनुदान अन्तर्गत पालीकामा पठाइएको बजेट सहीत योजनाहरु ।

१) सिम्ता गाउपालिका सुर्खेत सिम्ता चक्रपथ अन्तर्गत काफलकोट, मेलखेत हुदै खनेटा सडक आयोजना ७६ लाख ।

२) आली खान्मा देखि दुनीदह सडक आयोजना ५५ लाख ।

३) गुर्भाकोट न।पा। सुर्खेत जहरे सुभाघट घुमखहरे सडक निर्माण योजना ६५ लाख ।

४) गुर्भाकोट नपा ूनक्कले बडाखोली पानीपोखरी मालारानी
काल्चे सडक निर्माण योजनाू ७५ लाख।


शसर्त अनुदान अन्तर्गत पालीकामा पठाइएको बजेट सहीत योजनाहरुः

५) गुर्भाकोट न।पा। बोटेचौर बसपार्क निर्माण गुर्भाकोट नपा २० लाख ।


६) गुर्भाकोट नपा शुभ घाटदेखि ज्यामिरे फाँट झाँगखानी जोड्ने सडक ग्राभेल पक्की नाला गुर्भाकोट २५ लाख ।


७) गुर्भाकोट नपा काल्चे भदाले निगाल्चुला सडक गुर्भाकोट सुर्खेत २० लाख

८) गुर्भाकोट नपा आँपखोला पुरानोगाउँ लेख मालारानी खोलाडावा सडक गुर्भाकोट नपा २ २५ लाख


 बिशेष अनुदान अन्तर्गत पालीकामा पठाइएको बजेट सहीत योजनाहरुः

सिम्ता गापा सुर्खेत गोजी जामुनेबजार बृहत् खानेपानी आयोजना ४० लाख,

९ गुर्भाकोट नपा सुर्खेत १ लिस्ने काल्चे खानेपानी वितरण तथा सिंचाँई परियोजना ३५ लाख ।

यस अघिनैं चालु आवमा रातो बुकमा उल्लेख भएका योजनाहरु शुशासन सहीत शीघ्र कार्वान्वयनमा जोड दिनु उने अनुरोध गरेका छन । साथै प्रदेश निर्बाचन क्षेत्र कोषको रकम बिनियोजन माघ १५ सम्म भईसक्ने र जानकारी उचित समयमा संबन्धीत तहमा हुने नैं छ भन्दै नेता बिष्टले सबैमा शुशासन सहीत शीघ्र कार्वान्वयनको अपेक्षा सम्म व्यक्त गरे।

Ad

सम्बन्धित समाचारहरु

नेविसंघ घोडाघोडी इकाईले क्याम्पसमा बुझायो ज्ञापनपत्र, यस्ता छन ७ बुँदे माग

गोविन्द बीसी, बौनिया । नेपाल विद्यार्थी संघ घोडाघोडी इकाई कमिटीले ७ बुँदे शैक्षिक माग सहित क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । नेविसंघले सोमबार बिद्यार्थीका विभिन्न शैक्षिक माग राखेर घोडाघोडी बहुमुखी क्याम्पसका नव नियुक्त क्याम्पस प्रमुख बिनोद कुमार खड्कालाई ज्ञापनपत्र बुझाएको हो ।

घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव समापन, चक्र बमले दिए  प्रस्तुति

गोविन्द बीसी, बौनिया । कैलालीको घोडाघोडी नगरपलिका १ सुखडमा जारी घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव समापन भएको छ । माघ २ देखि सुरु भएको महोत्सवको आईतबार घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले समापन गरेका हुन् । मेयर चौधरीले महोत्सवले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रबर्द्धनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले महोत्सवका माध्यमबाट स्थानीय कला, संस्कृति रीतिरिवाज र मौलिक परम्पराको जगेर्ना गर्नमा मद्धत पुगेको र कृषि उत्पादन तथा बजारीकरणमा टेवा पुगेको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad