# भर्खरै
Namaste Icon
Ad
Ad

दीपिकालाई रामदेवले भने, ‘म जस्तो सल्लाहकार नियुक्त गर्नु

दीपिकालाई रामदेवले भने, ‘म जस्तो सल्लाहकार नियुक्त गर्नु

मुम्बइ । भारतीय योग गुरु बाबा रामदेवले सोमबार अभिनेत्री दीपिका पादुकोणलाई देशको सामाजिक राजनीतिक मुद्दामा सुझबुझ राख्नुपर्ने भन्दै सुझाव दिए । ‘कुनै पनि ठूलो मुद्दाबारे निर्णय लिनुअघि उनले म जस्तो सल्लाहकार नियुक्त गर्नु आवस्यक छ । जसले उनलाई निश्पक्ष सल्लाह दिन्छ,’ रामदेवले भनेका छन् । गत जनवरी ५ मा जेएनयूमा विद्यार्थी र शिक्षकमाथि कुटपिट हुँदा पीडितको पक्षमा ऐकवद्धता जनाउन तत्कालै दीपिका घटनास्थलमा पुगेकी थिइन् ।

त्यहाँ विद्यार्थीहरुले गरेको आन्दोलनमा दीपिकाले आफ्नो समर्थन रहेको भन्दै सहभागी भएकी थिइन् । त्यस घटनापछि भारतीय जनता पार्टीका नेताहरुले दीपिकाको कडा आलोचना गरे । यही सन्दर्भमा गुरु रामदेवले दीपिकालाई सार्वजनिक रुपमा सुझाव दिएका हुन् । अभिनेत्रीको रुपमा उनको क्षमता अलग प्रकारको भएको तर देशबारे बुझ्न सामाजिक, सांस्कृतिक र राजनीतिक मुद्दाबारे पढ्नुपर्ने सुझाव रामदेवले दिएका हुन् । यसपछि मात्रै ठूला मुद्दामा निर्णय लिनुपर्ने उनको तर्क थियो ।

रामदेवले भनेका छन्, ‘मलाई लाग्छ कि, दीपिकालाई स्वामी रामदेव जस्ता मानिसको आवस्यकता छ । जसले उनलाई सही सल्लाह दिन्छन् ।’ जेएनयूको प्रदर्शनमा सहभागी भएपछि अभिनेत्री दीपिकाको नयाँ फिल्म ‘छपाक’ समेत प्रभावित भएको बताइन्छ ।

Ad

सम्बन्धित समाचारहरु

दक्षिण कोरियामा बाढीको कारण ३० को मृत्यु, १२ बेपत्ता

दक्षिण कोरियामा बाढीको कारण ३० को मृत्यु, १२ बेपत्ता

काठमाडौं । दक्षिण कोरियामा केही दिनदेखि अत्याधिक वर्षा हुँदा आएको बाढीबाट ३० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । गत हप्तादेखि मनसुन सक्रिय हुँदा बाढी आएको हो । बाढीका कारण पछिल्ला ३ दिनमा १३ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता भएका छन् ।

डोनाल्ड ट्रम्पले टिकटकमा लगाए प्रतिबन्ध

डोनाल्ड ट्रम्पले टिकटकमा लगाए प्रतिबन्ध

एजेन्सि । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाएका छन्। ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad