Namaste Icon
Ad

मकर संक्रान्ति कुन राशी भएका मानिसले के दान गर्दा शुभ फल पाईन्छ ?

मकर संक्रान्ति कुन राशी भएका मानिसले के दान गर्दा शुभ फल पाईन्छ  ?

माघ एक गते हिन्दु धर्मालम्बीहरुले मनाउने गरेको मकर संक्रान्तिको बेला कुन राशी भएका मानिसले के दान गर्नुपर्छ भन्ने बारे यहाँ चर्चा गरिएको छ।

मेष - मेष राशी भएका व्यक्तिले पहेंलो फूल, हल्दी, तिलमा पानीमा मिसाएर सूर्यलाई अर्घ दिनुपर्छ। यो राशी भएकाले तिल र गुड दान गर्नुहोस् । यसोगर्दा तपाईले उच्च स्थान पाउनुहुनेछ।

वृष - सेतो चन्दन, दूध, सेतो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। ठूलो उत्तरदायित्व प्राप्त गर्ने र महत्त्वपूर्ण योजनाहरू सुरु गर्ने संभावनाहरू बढ्नेछ ।

मिथुन - तिल, दुबो र फूलहरू पानीमा मिसाउनुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। गाईलाई हरियो घाँस दिनुहोस्। मुंग दालको खिचडी दान गर्नुहोस्। यसो गर्नाले खुशी प्राप्ति हुनेछ।

कर्कट - दूध, चामल, तिललाई पानीमा मिसाउनुहोस् र घामलाई अर्पण गर्नुहोस्। चामल, चिनी, तिल दान दिनुहोस्। संघर्ष र द्वन्द्वको अन्त्य हुनेछ।

सिंह - कुमकुम र रातो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। तिल, गुड, गहुँ, सुन दान गर्नुहोस्। केही प्रमुख उपलब्धि हासिल हुनेछ।

कन्या - तिल, दुबो र पानीमा फूलहरू थपेर सूर्यलाई अर्घ दिनुहोस । मुंग दालको खिचडी दान गर्नुहोस्। गाईलाई घाँस लगायत खाना खुवाऊनुहोस। तपाईंलाई राम्रो समाचार प्राप्त हुनेछ।

तुला- सेतो चन्दन, दूध, चामल, तिल मिसाएर सूर्यलाई अर्पण गर्नुहोस्। चामल दान गर्नुहोस्। व्यापारमा बाह्य सम्बन्धबाट लाभहुनेछ साथै शत्रुहरू परास्त हुनेछन्।

वृश्चिक: कुमकुम, रातो फूल र तिललाई पानीमा राखेर यसलाई सूर्यमा अर्पण गर्नुहोस्। गुड दान गर्नुहोस्। विदेशी काम र विदेश यात्राबाट फाइदा हुन्छ।

धनु - हल्दी, केसर, पहेलो फूल पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस् । यसो गर्दा चारै तर्फबाट विजय हुनुहुनेछ।

मकर - गाढा निलो फूलहरू र तिललाई पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस्। गरिबहरूलाई खाना खुवाउनुहोस । यसोगर्दा विभिन्न कुरामा तपाइको अधिकार प्राप्त हुन्छ।

कुम्भ - नीलो-कालो फूलहरू, सरसौंको तेल र तिललाई पानीमा मिलाउनुहोस् अनि सूर्यलाई अर्पण गर्नुहोस्। तेल र तिलको दान दिनुहोस्। विरोधीहरू पराजित हहुनेछन्। विभिन्न प्रकारका भेटी र सम्मान प्राप्त हुनेछ ।

मीन - हल्दी, केसर, पहेंलो फूल, तिल एकै ठाउँमा राखेर सूर्यलाई अर्पण गर्नुहोस्। सरसों, केसर दान गर्नुहोस्। यसबाट सम्मान, ख्याति बढ्नेछ।

Ad

सम्बन्धित समाचारहरु

खुल्यो ईमदर नेपाल डट कम

खुल्यो ईमदर नेपाल डट कम

टोकियो । ईमदर नेपाल डट कम जापानबाट एक समारोहका साथमा आइतबारदेखि शुभारम्भ गरिएको छ । जापानको टोकियोमा एक बिशेष समारोहको आयोजना गरी ग्लोबल नेपालीहरुलाई समेट्ने उदेश्यका साथ ईमदर नेपाल डट कम अनलाइन नेपाली न्यूजको शुभारम्भ गरिएको छ । कार्यक्रम सिमपानी अनलाइन मिडिया ग्रुपका अध्यक्ष बिमल भट्टले सञ्चालन गर्नु भएको थियो । उक्त शुभारम्भ कार्यक्रममा जनसम्पर्क समिति जापानको पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठको प्रमुख आथित्यतामा, पत्रकार महासंघ जापान शाखाका सल्लाकार बेलुकाजी थापाको बिशेष आथित्यतामा, जनसम्पर्क समिति जापानका पूर्व सभापति डि पि कडेंल, जनसम्पर्क समिति जापानका उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेल, जनसम्पर्क समिति जापानका महामन्त्री राम जंग कार्की, जनसम्पर्क समिति जापानका कोषाध्यक्ष बाबुराम सापकोटा, पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष पूर्ण चलाउने, पत्रकार महासंघ जापान शाखाका सदस्य बिश्वास आचार्य, एनआरएनएका पूर्व कोषाध्यक्ष दिपक थापा, एनआरएनए कान्तो क्षेत्रका उप(सभापति दिपेश केसी, सचिब बिमान सिंह मोक्तान, जि पि फ़ाउन्डेशन जापान शाखाका सचिब गणेश बिष्ट , अन्तरास्ट्रिय नेपाली समाजका संयोजक पदम सिंह ठगुन्ना, नेपाली समुदाय लगायत अन्य अथिति महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

किन राखिएन बज्रबाराही मन्दिरमा गजुर ? यस्तो छ किंवदन्ती

ललितपुर । काठमाडौँ उपत्यकाका ४ दिशामा ४ वटा बाराही देवीस्थलहरु छन्, उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिममा धुमबाराही र दक्षिणमा बज्रबाराही । तर यी ४ वटामध्ये ललितपुरको गोदावरी नगरपालिका ११, चापागाउँमारहेको बज्रबाराहीको विशेषता भने अलि पृथक छ, किनको यसको छतमा अन्य देवस्थल वा शक्तिपीठहरुको जस्तो गजुर छैन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad