Namaste Icon
Ad

इरान सम्बन्धमा 'ट्रम्प सम्झौता' चाहिन्छ - ब्रिटिश प्रधानमन्त्री

इरान सम्बन्धमा 'ट्रम्प सम्झौता' चाहिन्छ - ब्रिटिश प्रधानमन्त्री

बिबिसी। ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इरानको परमाणु गतिविधि सम्बन्धी हालको सम्झौतालाई प्रतिस्थापन गर्न अमेरिका र अन्य मित्र राष्ट्रहरूसँग मिलेर अगाडि बढ्न आफू इच्छुक रहेको बताएका छन्।

उनले अमेरिकाले समर्थन फिर्ता लिएको अहिलेको सम्झौतालाई यूकेले समर्थन गरिरहने बताउँदै भने, "यसलाई प्रतिस्थापन गरौँ र यसलाई ट्रम्पको सम्झौताले प्रतिस्थापन गरौँ।" बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गले आफूले प्रधानमन्त्री जोनसनको उक्त भनाइलाई अहिलेको सम्झौता अमेरिकालाई मान्य हुनेगरी फेर्न चाहेको भनी बुझेको बताएकी छन्।

जोनसनले युरोपेली संघसँग यो वर्ष व्यापार सम्झौता हुने सम्भावना उच्च रहेको बताएका छन्। यूकेको निर्वाचन पछिको पहिलो लामो टीभी अन्तर्वार्तामा बीबीसी ब्रेकफास्टका डान वाकरसँग जोनसनले ईयूबाट ज्यानुअरी ३१ मा बाहिरिएपछि यूके र ईयूबीच 'गजब'को नयाँ सहकार्य हुने बताएका छन्।

सन् २०१८ मा अमेरिकाले इरानका बिषयमा सन् २०१५ मा हस्ताक्षरित 'ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन' बाट हात झिकेको थियो। सो सम्झौतामा इरानले परमाणु प्रवर्धनको कार्य कम गर्ने, अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई निरीक्षण गर्न दिने र त्यसको बदला पश्चिमा देशहरूले इरानमाथिको व्यापारिक प्रतिबन्ध घटाउने कुरा थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई सबैभन्दा खराब सम्झौता भनेपनि यूकेसहित चीन, फ्रान्स, रुस र जर्मनीले सहमतिको पालना गरेका छन्।

बीबीसीसँग जोनसनले यूकेको अडान नयाँ सम्झौता नभएसम्म कायम रहने बताए।

 

Ad

सम्बन्धित समाचारहरु

आज ७१ औँ गणतन्त्र दिवस मनाउँदै भारत

आज ७१ औँ गणतन्त्र दिवस मनाउँदै भारत

एजेन्सि । भारतले आइतबार ७१ औँ गणतन्त्र दिवस मनाउँदैछ । गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको राजपथमा हुने परेडमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो प्रमुख अतिथि रहने छन् ।

टर्कीमा शक्तिशाली भूकम्पः २९ को मृत्यु, १४ सय बढी घाइते

काठमाडौँ । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु हुनुका साथै १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad