Namaste Icon
Ad

'हिवतखण्ड नेपाल विश्वको पुरानो सार्वभौम स्वर्णभूमि बचाउन एक हौं '

दीर्घराज प्रसाई 

'हिवतखण्ड नेपाल विश्वको पुरानो सार्वभौम स्वर्णभूमि बचाउन एक हौं '

पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश मानशरोवर र दक्षिणमा गंगासम्मको भूभाग ‘हिमवत्खण्ड–नेपाल’ हो । समयकाल परिस्थितिले हिमवतखण्ड विभिन्न टुक्रामा विभाजित हुन पुगेको थियो ।

चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा–‘कामरुप (आसाम) र कर्कपुर (कुमाऊँ)को वीचको देशलाई ‘नेपाल’ भनी लेखिएको कुरालाई हेर्दा प्राचीनकालमा हिमवतखण्ड नेपाल भन्नाले आजको भन्दा ठूलो र प्रभावशाली थियो भन्ने कुरा थाहा हुन्छ । हिमवत्खण्डको यो क्षेत्र पृथ्वीभरमा एउटा स्वर्णभूमि हो । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको– ‘भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि‘ भनेको कुरालाई ह्रृदयाङ्गम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ । कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा ‘’हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो” भनेर पुष्टि गरेकाछन् । भारतबर्ष पच्चिसौं राष्ट्रमा विभाजित भएको र समग्र एकीकृत भारतलाई हिन्दुस्थान भनिनुभन्दा अगाडि नैं विक्रम संवत् १८०० तिर नैं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले–‘नेपाल यो असल हिन्दुस्थाना हो भनेका थिए । साम्राज्यवादी शक्तिसँग भिडेर नेपालका राजाहरुले नेपालको सार्वभौमसत्ता बचाएर अनेकौं जाति, भाषा, धर्म र क्षत्रीयतालाई संतुलित राख्न र अनेकतामा एकताको सहिष्णुताको नीति हिन्दुवादीहरुको हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो भएकाले विश्वका अन्य धर्महरुप्रति हिन्दु तथा बौद्ध प्रतिशोध राख्दैनन् ।

हिवतखण्ड संसारका राष्ट्रहरु मध्येको स्वर्णभूमि हो । यसक्षेत्रमा ऋषिमुनीहरुको जन्म भयो । ऋषिमहर्षिहरुले वेद, पुराण, नीतिशास्त्रहरुको रचना गरे । यसक्षेका ऋषिमहर्षीहरु मानव जातिमा सभताको विकास र ज्ञानको लागि विश्वका विभिन्न कुनामा पुगे । ऋषिमहर्षिहरुले अविछिन्नरुपमा चलिरहने समयलाई सत्य, त्रता, द्वापर र कलियुग गरी चार भागमा विभाति गरेका थिए । यसैको आधारमा मानव सभ्यताको आरोहण प्रत्यारोहण हुनेक्रम जारी छ । मानव सभ्यतामा निरन्तरता दिलाउन सामाजिक सुव्यवस्थाको लागि मानिसको आयुलाई सयबर्ष कायम गरी २५।२५ बर्षको चार अवधिमा विभाजन गरिदिएका थिए । मानिसमा सामान्यतया इहलौकिक र पारलौकिक दुई प्रकारका इभ्छाहरु रहन्छन् । मनले भित्रको चिन्तनलाई उजागर गर्ने र आखाँले बाहिरी संसारमा देखेर बुझ्ने कुरा हुन् । सनातन वैदिक हिन्दु परम्परामा पाञ्चायन पूजक भित्र सबै तथ्यहरु प्राप्त हुन्छन् । ब्राह्मणदेखि दलीत जातिहरुभित्रका सबै वर्ण, लिङ्गका व्यक्तिहरु समानरुपमा साधना र उपासन ागर्न सकिने भएको हुँदा जातिगत र कट्टरपना राखेर लिङ्गभेदको नीति अक्तियार गर्नु आफैमा धार्मिक सममञ्जस्यता खल्बलाउनु सरह्र हो । गणेश, सूर्य, शिव, बिष्णु , भगवती पाँत्र पाञ्चायन देबी दवताको उपासनामा हिन्दू बौद्ध, जैन, शिख समेतलाई संयोजन गरेर समन्वयात्नमक रुपमा अगाडि बढेको नेपाली समाज लिच्छविकाल देखि नैं प्रंचलनका आएको हो ।

विश्वमा सबै सुखी हऊन्, संसारमा कोही पनि दुःखी र रोगी नहऊन्,सबै उदार हऊन्, विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन् । उदात्त विचार लिएर विश्ववन्धुत्वको लागि क्रियाशील बनौं भन्ने यो वैदिक सनातन परम्परा हो । ‘वशुदैव कुटुम्वकम्’ । सबैले खाना, नाता र छानाको समान व्यवस्था पाउन् । हामीले उदात्त चरित्र लिएर विश्ववनधुत्वका लागि क्रियाशील बनौं । सम्पूर्ण विश्वको कल्याण होस् । ओम्–शान्ति वैदिक हिन्दु सभ्यताका परिष्कृत द्यौतक हुन् । वहुजनहित र वहुजन सुखी हुन्छ त्यही नैं उत्तम व्यवस्था हो भन्ने विचार वैदिक हिन्दु समाजको हो । वेदमा उल्लेख छ– ‘हामी सबै राष्ट्रिय जागरणमा उठौं । वेद, उपनिषद तथा अनेकौं हिन्दु शास्त्रहरु अध्ययन गर्दा ज्ञान हुन्छ कि हिन्दुदर्शन सम्पूर्ण मानव समाजलाई बाटो देखाउने साधक हो । ब्रम्हा, विष्णु महेश्वर वैदिक हिन्दु जीवनका मार्गप्रदशृन हुन् । वैदिक हिन्दु सनातन धर्महरुमा सर्वश्रेष्ठ महासागर हो जहाँ जो जसरी पनि पौढन सक्छ । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । पाञ्चायन् अर्थात गणेश, देवी, सूर्य, शिव, बिष्णुको पूजा अपरिहार्य हुन्छ । वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौं । हामी हिन्दु तथा बौद्धहरुको चासो समान छ ।

हिमवतखण्ड नेपालको एकीकरण भएको अवस्थामा अहिलेको विश्वका धेरैजसो प्रभावशाली कहलिएका राष्ट्रहरु टुक्रा टुक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि टुक्रा–टुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरेका थिए । नेपालको एकीकरण हुनुभन्दा १०० बर्ष पछाडि इटाली पनि ससाना राज्यमा विभाजित थियो जसलाई कबुर र ग्यालिभर्दि जस्ता सपुतहरुको नेतृत्वमा विशाल इटालीमा परिणत हुन गयो । त्यस्तै नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापान मेजी रेष्टुरेसन पछि राजाको नेतृत्वमा विश्वको नजरमा प्रभावशाली राष्ट्रको रुपमा देखाप¥यो । नेपालको एकीकरण हुनुभन्दा दुईदशक भन्दा पछाडि, अहिलेको महाशक्ति राष्ट्रकोरुपमा परिचित अमेरिका बेलायतको उपनिवेश थियोे । त्यो समयभन्दा पहिले अंग्रेजी साम्राज्यले खान लागेको अवस्थामा सूर्य र चन्द्रमाको झण्डा फहराएर पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्ड–नेपालका स–साना ५४ भन्दा बढी स्वतन्त्र हिन्दुराज्यहरुलाई एकीकरण भएर बनेको नेपाल विश्वको एक मात्र हिन्दुअधिराज्य हो । यसको महीमा ठूलो छ । हिमवतखण्ड–नेपालको पहिचान भनेको वेदिक सनातन हिन्दु धर्म हो । हामी नेपालीहरुको लागि सबैभन्दा गौरवको कुरा हो । पशुपतिनाथ र स्वयम्भूनाथ हामी हिन्दु तथा बौद्धहरुको मिलन बिन्दु हो ।

जर्मनका विद्वान भोल्टेयरले भनेका थिए– ‘हिन्दुशास्त्र पश्चिमी जगतको लागि पूर्वीय जगतको सबैभन्दा उपहार हो ।’ वेलायतका विद्वान जर्ज वर्नाड साले भनेका थिए– ‘हिन्दुधर्म संसारको सर्वाधिक र उदार धर्म बन्न गएको छ ।’ हिन्दुत्व कति पुरानो रहेछ भन्ने कुराको प्रमाण २५०० बर्ष अगाडि इरानको फारसीपोलिसनगरमा ईशाभन्दा ४८६ बर्ष पुरानो दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दु’ र हिन्दुस दुबै उल्लेख छ भन्ने कुरा ‘इनसाइक्लोपिडिया अफ रिलिजन्स एण्ड एथिक्स’ मा उल्लेख छ । इरान देशको फार्सी साम्प्रदायको प्राचीन ग्रन्थ ‘शातीर’मा ब्यास ऋषिको वाक्यलाई उद्धृत गरेको–“म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हँु” भन्ने कुरा उल्लेख छ । मनुले विध्य र हिमालको वीचको भागलाई आर्यवर्त मान्नुको साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई ब्रम्हर्षि देशमा गणना गरेका छन् । स्वामी प्रपन्नाचार्यले उल्लेख गरेका छन्– चीनको ग्रेटवालको ढोकाहरुमा महाभारतका श्लोकहरु ंसंस्कृतभाषामा कलापूर्ण अक्षरमा लेखिएका छन् ।

हामीभित्र विभाजन ल्याएर हाम्रो सभ्यतालाई भङ्ग गर्न चहानेहरु पनि छन् । त्यस्ता तत्वहरुबाट सतर्क हुन हामी सबै हिन्दु तथा बौद्धको कर्तव्य हो । हाम्रो हिन्दु दर्शनभित्र धेरैपछि उब्जेका छुवाछुत प्रथा, लिङ्गभेद जस्ता बिकृतिहरुमा सुधार गर्नमा राज्यबाटै पहल हुनुपर्छ । सम्पूर्ण हिन्दुग्रन्थहरुमा मानिसले आफ्नो कर्मद्वारा नैं आफ्नो गौरव, शक्ति, ज्ञान, बुद्धि र दौलत प्राप्त गर्छ भन्ने उल्लेख छ । वैदिक हिन्दुधर्म हिमालयका छातीमा ऋषिमुनिहरुको तपस्या, साधना, योग र गम्भिर ज्ञानचर्चाका माध्यमबाट उत्पन्न भएको हो । नेपालको सामाजिक परिस्थितिसँग भारतीय सांस्कतिक जीवनसँग तुलना गर्न उचित हुँदेन । किनकि भारतको इतिहासमा मूस्लिम धर्मबाट गरिएका विध्वंस र क्रिस्चियन प्रशासनको अन्याय र अत्याचारबाट गुलामी मनस्तिथिमा कैयौं शताब्दिसम्म बाँचेका भारतीय जनताले विवस भएर बिटुलो भएर रहनु पर्छ । यसअर्थमा हामी नेपाली भाग्यवानी छौं कि हिन्दुस्थल–नेपाल कहिले पनि विदेशीहरुबाट बिटुलो हुन परेन र अव पनि यो हिन्दुस्थल बिटुलो बन्ने छैन ।

‘आत्मनं प्रतिकुलानि परेषां नसमाचरेत् ।’ अर्थात आफूलाई प्रूितकुल लाग्ने नराम्रो कुरा अरुहरुको लागि पनि नगरियोस् । हिन्दुदर्शनको मूल नीति यही हो । हामी कतिपय हिन्दु तथा बौद्धहरुलाई पराई धर्म प्रचारकहरुले दिग्भ्रमित बनाउन सक्छन् । वैदिककालदेखि ऋगवेद, यजुर्वद, अर्थ र सामवेदको साधनाबाट हुर्केका धर्मअनुरागीहरुले श्रीमद्भागवत महापुराणलाई भ्रमित बनाएर इसाईहरुका झूठा कुराको काल्पनिक जालमा परेर आफ्नो स्वधर्मलाई अपमान गर्न पनि सक्छन् । तर हिन्दुवादको मूल सडक छँदाछँदै चोर बाटो हिडेर हिन्दु महासागरलाई प्रदुषित बनाउने कायले कसैको हित गर्दैन । हिन्दु जगत आफै सम्पन्न छ, वैदिक हिन्दु धर्म नैं विश्वमा सभ्यताको द्योतक हो । हामीले हिन्दु जगतमा बिष्ण्ुाको अवतारको मात्र मूल्यांकन ग¥यौं भने त्यसैभित्र संसार भेटिन्छ । विष्ण्ुाका दश अवतारहरु मध्ये प्रथम अवतार मत्स्यरुप धारण, द्वितीय कमल, तृतीय बराहरुप, चतसर्थ अवतार नृसिंशरुप धारण, पञ्चम अवतार बामन (ब्रामण) रुप, षष्टम् अवतार परशुरामरुप, सप्तम् अवतार राम, अष्ठम अवतार कृष्ण, नवौं अवतार बुद्ध, दशौ. अवतार कल्कीरुप धारणम् । यसरी सभ्यताको विकासमा वैदिक सनातन हिन्दु धर्मले मानव जीवनलाई मार्गदर्शन गर्नमा क्रियात्मक छ ।

ब्रम्हा, बिष्णु, महेश्वर हिन्दु जगतको निष्ठा हो । यसरी सभ्यताको विकासमा वैदिक सनातन हिन्दु धर्मले मानव जीवनलाई मार्गदर्शन गरेको छ । हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकारी, मान्हारी, जनै लाउने नलाउने सबै हिन्दु हुन् । आआफ्नो इच्छा अनुसार हिड्न हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरीका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ । तरः नेपालमा हिन्दु तथा बौद्धधर्मका बिरद्ध जेजस्ता षडयन्त्रहरु भइरहेका छन् त्यस्ता षडयन्त्रको बिरद्धमा हामी हिन्दु तथा बौद्ध जहाँ–जहाँ छौं आफ्नो पहिचान जोगाउन सशक्त हुनसक्नु पर्छ ।
नेपालको पहिचान, राष्ट्रिय एकता र सुरक्षाको अवधारणाबाट विकसित भएको राजसंस्था, हिन्दु अधिराज्य र राष्ट्रभाषा नेपाली जस्ता राष्ट्रियताका पहिचानलाई चकनाचुर पारेर के संघीय जातीय स्वायत्त राज्यको कुरा अघिसारे ।

२०६२ बैशाख ११ गतेको राजासँग संझौताको उलंघन्को परिणाम राष्ट्र विखण्डनको दोसाँधमा छ । राजनीतिको सम्पत्ति भनेको संझौता, वक्तव्य र सार्वजनिक भाषणहरु मानिन्छन् । राष्ट्र विखण्डनको लागि विदेशीलाई खुसी पार्न २०६३को जनआन्दोलनलाई जसरी दुरुपयोग गरियो त्यस्तो सजाय जस्ले बिगारे त्यस्ले पाउनु नैं पर्छ । अव त्यस्तो यो भूमिमा कहिले हुनुहुन्न । देशलाई स्थापित गर्ने आधार संवैधानिक मान्यता हो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई लगायत एक समूह लगायत धेरै राष्ट्रवादीहरु राष्ट्रलाई सस्थापित गर्न २०४७ सालको संविधानमा नैं फर्केर अगाडि बढ्नुपर्छ भन्ने गर्थे । उनले किन यसो भने भन्ने कुरा नेपाली कांग्रेसले सुन्ने चाहेन । सिक्किमलाई भारतले खाएपछि राष्ट्रिय सहमतिको मान्यता राखे बीपी कोइराला नेपालमा फकेृपछि भन्थ– नेपालमा राजसंस्था रहेन भने नेपाल भन्ने देशको अस्तित्व नैं रहँदैन । यसलाई पनि नेपाली कांग्रेसले महत्व दिएन । त्यसैले अव हामी सम्पूर्ण नेपालीहरुले संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यलाई अटल राख्न सशक्त बनेर विश्वको यो स्वर्णभूमि जोगाऔं ।

 

Ad

सम्बन्धित समाचारहरु

१० बोरा बासमती चामल घरमा लुकाएर १ बोरा मनसुली चामलको लागि लाईन बस्ने स्थिति नहोस

पुरुषोत्तम हुमागाईं, चापागाउँ

5 Effective tips for Public Speaking

5 Effective tips for Public Speaking

केही जित हासिल मध्य यदि कोहि ब्यक्ति २/४ जना ब्यक्तिहरुको माझ निर्धक्क बोल्न सक्छ त्यसलाइ पनि मनोबैज्ञानिक रुपमा जित मान्न सकिन्छ । यदि तपाईं पनि २/४ जना ब्यक्तिहरुको माझ आफ्नो कुरा निर्धक्कका साथ राख्न सक्नु हुन्छ भने तपाइले जिबनमा केही तरक्की गर्न सक्नुहुन्छ । तर अधिकास मानिस २/४ जना व समुहमा खुलेर कुरा गर्न नै सक्दैनन् र भन्ने गर्छन् बरु म मर्छु, म बोल्न व भाषण गर्न सक्दिनँ । यस्तो हुनुको पछाडिको कारण हो डर !

Ad

प्रतिक्रिया दिनुहोस

Ad