Namaste Icon
Ad
Ad

सक्षम र स्वालम्बि बन्न सके शिव जि जस्तो मात्र हैन, आफुलेचाहे जस्तो वर पाइन्छ

सक्षम र स्वालम्बि बन्न सके शिव जि जस्तो मात्र हैन, आफुलेचाहे जस्तो वर पाइन्छ

-राधा पोख्रेल

संविधानमा जे लेखिए पनि धर्म, संस्कृति र परम्पराको नाममा महिलामाथि हुने भेदभावलाई समाजले स्वीकृति दिँदै आएको छ ।यौन हिंसा पुराणकालदेखी आजसम्म एक शताब्दी लामो संघर्षपछि पनि लैंगिक लगायत विभिन्न भेदभाव फरक-फरक रूप र प्रकृतिमा संसारभर कायम छ । नेपालको संविधानले शब्दमा समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने विभेद जारी नै देखिन्छ । नेपालको कुन संस्कृति र धर्मले महिलालाई सहानुभूति दिएको छ होला र ? अहिले पुष शुक्लपुर्णिमा देखि माघ शुक्लपुर्णिमा सम्म नेपालि नारीहरु अत्यन्त श्रद्धासाथ अहिले पुस माघको जाडोमा घरमा आगो तापेर वा वातानुकूलित कोठामा आनन्दसँग नबसेर नदी तटका धर्मशालामा वसेर महिना दिन लामो वर्त गर्छन् परिवारका लागि । तर विडम्वना ! नारीले गर्ने नारीरुपी वर्तकथामा वर्त पुरा गरि प्रसाद झिक्ने बेलामा " आठ आठ छुट्टाएर .... पतिलाई दिनु, पति नभए मित छोरालाई दिनु, छोरो नभए मित छोरालाई दिनु , मित छोरो नि नभए मेरो फलानो कामना सिद्ध होस भनि गंगामा वगाउनु , भनेर कति ठुलो विभेद गरिएको छ यहाँ नारीमाथी ? धर्म, संस्कृति र परम्पराका नाममा यस्तो हिंसा महिलाहरूले कहिलेसम्म भोग्ने ?

मित छोरा नभए प्रसाद खोलामा फाल्ने तर आफ्नै कोखकि सन्तान छोरीलाई दिन नहुने ? आफ्नो ‘रगत’ छोरी भन्दा अर्काको छोरो कहाँबाट नजिक भयो ? कुन भगवानको उर्दि हो यो ? जवकी महादेवसँग -पार्वती, बिष्णुसँग -लक्ष्मी, रामसँग- सीता र कृष्णसँग राधा, यसरी नारी पुरुष सँग- सँगै देखिन्छन् । तर धार्मिक विधी बनाउनेहरुले किन यसरी विभेदको मसी पोखेर नारीप्रती अन्यायी नजिर लेखिदिए ? नारीले गर्न नहुने र गरेमा पाप लाग्ने उपदेश - "आफ्नो श्रिमानलाई रिस गरेर हेरे डेढी हुन्छे, पुरुषको आज्ञा पालन नगरे पापिनी हुन्छे । “ तर नारीमाथी अन्याय गर्ने पुरुषका लागि खै त कुनै पापका प्रावधानहरु ? पत्नीमाथी हात उठाउने पति डुंडो हुन्छ, जाँड खाएर पत्नीलाई तथानाम गाली गरेमा लाटो हुन्छ, महापातकी हुन्छ यस्ता प्रसँगहरु खै त ? निष्ठा र इमानदारी केवल नारीहरुमा खोजिएको छ, पुरुषहरुमा खोई त ? असल पति पाउनका लागि नारीहरु आज पनि बर्त बस्छन् तर खै त पुरुषले असल पत्नि प्राप्तिका लागि गर्नुपर्ने वर्त ? किन वनाइएनन् त्यस्ता वर्तहरु , जो पुरुषले गरुन त्यो पनि नारीहरुका लागि ? यस्ता थुप्रै प्रंसग छन् हाम्रो सनातन धर्मसंस्कार अनि परम्परा र संस्कृतिभित्र !

द्रोपदीलाई चिरहरण गर्न खोज्ने दुर्योधनको नकामलाई कसैले रोकेको थिएन । भीष्मजस्तो वलशाली र नैतिकवान पुरुषहरु पनि दुर्योधनको त्यो काममा मानौ मूक साक्षी थिए । युधिष्ठरले द्रोपदीको सुन्दरतामा मुग्ध भएर सवै पाण्डवले विवाह गर्नुपर्ने मान्यता बनाएर द्रोपदीलाई वस्तु नै ठानेर जुवामा हारेका थिए। युधिष्ठिरको यो कार्यलाई पनि समाजले स्वीकृति दिएर द्रोपदीको शरीरमाथी हिंसा नै गरेका थिए । सीताले पनि यौन हिंसाकै कारण जीवनभर सुख पाउन सकिनन् । समाजले पुरुषको बलात्कार एकछिनको सानो गल्तीमात्र मान्यो । तर त्यो अपराधको सिकार भएकी महिलाहरु चाहि जिवनभर तड्पिन बाध्य वनायो ?

पाश्चात्य साहित्यमा पनि अरिसिटोटलले दुखान्त नाटकका चरित्रका विषयमा चर्चा गर्दा नारीलाई दासभन्दा केही माथि राखेका छन् ! धार्मिक पुस्तकहरु पनि पुरुषहरुद्धारा रचिएका हुनाले त्यहाँ नारीलाई महत्व दिनुभन्दा दबाउने तिर नै बढी सचेतता देखिन्छ । युगौंदेखि शासकहरूले आफ्नो स्वार्थपूर्तिका लागि समाजमा रोपिदिएको अन्धविश्वासको संस्कृति जादुको छडी चलाएझैं छु मन्तर गरेर हटाउन सम्भव छैन । हो, परापूर्वकालदेखि समाजमा चल्दै आएका कतिपय धर्म, संस्कृति र परम्पराहरू राम्रा छन् । त्यसको हामी सबैले संरक्षण गर्नुपर्छ । कतिपय समयसापेक्ष सुधार गर्नुपर्ने छ, त्यसलाई सुधार गर्दै लैजानुपर्ने हुन्छ भने कतिपय जबर्जस्ती भत्काउनुपर्ने पनि हुन्छ । धर्म, संस्कृति र परम्पराका नाममा मानवताविरोधी कुराहरू बोकेर हिँड्नुहुँदैन ।

अहिले विश्वभर "शक्तिको विमर्ष" चलिरहँदा हामी भने पानी नै नपिइ माहादेव जस्तो लोग्ने पाउने आशा र आफ्नो लोग्नेको दिर्घायुका लागि समर्पित छौं ! पितृ सत्ताको जरो यसरी गाडिएको छ कि हामी आफैं खुट्टामा बाँधिएको साड:लो छुट्टाउन किन खोजिरहेका छैनौ ? किन हामि परम्परालाई धानिरहेका छौं बिरालो बाँधेर श्राद्ध गरेझैं ? भन्नलाई त भन्छौं हाँमि नै - "नारी आधा आकाश तर आधा हिस्सामा किन अधिकार जमाउन सकेका छैनौं ?

अन्तरविरोध होस् वा अशिक्षा र असल संस्कारको अभावमा एक महिलाले अर्काको खुट्टा तान्ने प्रवृत्ति होस् । यसले हामी महिलाहरूलाई पछि पारिरहेको छ । हरेक पाइला पाइलामा हामि नारिले संघर्ष गर्नैपर्छ । युक्ति नै छ नि, कुमारी हुँदा पिता, यौवनकालमा पति र बुढ्यौलीमा पुत्रद्धारा रक्षीत हुनुपर्ने नारी कुनै पनि अवस्थामा स्वतन्त्र रहन योग्य छैन भनिएको छ । यो मान्यतावाट हामि नारीले मुक्ती पाउन सकेको छैनौ अझैँ पनि । यो पुरुषप्रधान समाजमा बाहिर छोटो कपडामा सुन्दरता देख्ने पुरूषहरू घरमा सकेसम्म बुर्काभित्र देख्न चाहन्छन् नारीलाई । पुरूषको यस्ता संकीर्ण सत्ता विरूद्ध संघर्ष गर्नैपर्छ । तर, सीमा नाघेर होइन ।

Ad

सम्बन्धित समाचारहरु

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

सत्यराम कासिछ्वा । शिक्षा एक जीवन पर्यन्त सिकाइ हो । मानिसको जन्मदेखि नमरुन्जेल विविधप्रक्रिया, विधि र माध्यमबाट सिकाई निरन्तर रुपमा रहेको हुन्छ । सिकाईको स्वरुप औपचारिक र अनौपचारिक हुनेहुँदा शिक्षा तथा सिकाई एकनाश हुँदैन विद्यालय कलेजको शिक्षा मूलतः औपचारिक शिक्षा अन्तर्गत पर्दछ । जहाँ सरकारले देशका लागि आवश्यक जनशक्ति उत्पादनका साथै देशभक्तिको भावनाले पोख्त जिम्मेवार नागरिक निर्माणको राष्ट्रिय उद्देश्य राखेको हुन्छ । यसै आधारमा सरकारले शिक्षा सबैका लागि भन्ने आदर्श तय गरिएको छ ।

जोखिमपुर्ण क्वारेन्टाईन र कोरोनाको कहर

जोखिमपुर्ण क्वारेन्टाईन र कोरोनाको कहर

राम तिमल्सिना । नेपाल दुई जनसंख्याका हिसाबले ठूला शक्ति राष्ट्रका बीचमा छ । जति भाँडो उति चुबुर्को भनेझैँ जति धेरै जनसंख्या उती धेरै रोग सर्ने जोखिम हुनु स्वभाबिक पनि हो । नेपालको उत्तरी छिमेकी चीन कोरोनाको उद्गम स्थल भएकोले जोखिम यथावत हुदाहुदैँ पनि नेपालमा सञ्चालित बहुसंख्यक निमार्णाधिन जलबिद्युत आयोजनाका धेरै जनशक्ति पनि उतैका हुनाले जोखिम कायमै थियो । सो जोखिम हाललाई नरहे तापनि फेरि पनि १,२ जना नयाँ संक्रमित देखिन थालेकाले फेरी पनि सो संक्रमण नआउला भन्न सकिन्न त्यसैले अहिल्यै सोच्नुपर्ने आबश्यकता जगजाहेरै छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad