Namaste Icon
Ad

आहाः क्या सुन्दर पोखरा !

आहाः क्या सुन्दर पोखरा !

–दीर्घराज प्रसाई

२०२५ साल, पुगेथें हवाईजहाजबाट, पोखरा कति सुन्दर त्यो पहाड ?
प्रकृतिले त्यसको बर्णन गर्न नसकिने गरेर बनाएको रहेछ अपार,
फेवाताल, बेग्नास, डेविड्फल, कता कति सफा सातो माटोका घर,
आठ रुपैयाँको एक माना नुन्, त्योबेला ल्याउँथै सँधै भरियाको भर ।

२०२७ सालमा जम्यो पोखरा, सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गले,
संझना राजा महेन्द्रको दूर्गम पोखरा, बन्यो सुगम, ती दुई राजमार्गले,
पहिलो यात्री बन बसमों, सुनौली हुँदै २०२७ सालमा हेर्दै भीर पाखाहरु,
पाल्पा, स्याङजा, हेर्दै रानी महल, काली गण्डकी, सुन्दर ती हिमालहरु ।

हरिया पहाड, कति सुन्दर तानसेन, पहिलो बसमा आफू त्यहाँ पुगेपछि,
फेवा, महेन्द्र गुफा, माछापुछ्रे, सेती नदीको गहिरार्इृ, बर्णन गर्न थालेपछि,
एक रुपैयाँ मानो नुन्, पक्की घर, पर्यटकहरुको भीड ओहारदोहर देखेपछि,
अहाः सौन्दर्य ! तराईको फाँट झै पोखरा चम्किन्छ, एकपटक मात्र पुगेपछि ।
                                                            सत्यं, शिवंं, सुन्दरम् !

 

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रघाती, अनुदान-सम्झौता कुनै हालतमा मान्दैनौं सरकार!

गरीब भएपनि स्वाभिमानी, रास्ट्रभक्ती नेपाली हौं !कुनै रास्ट्रधाती अनुदान-सम्झौतामा झुक्दैनौ सरकार !बिस्तारै चेतनाको बिकास सगै हामी नेपाली मिलिजुलीबिकास र जनताको सेवामा निरन्तर लागेकै छौ सरकार !!

दुर्गा कार्कीको कुमारी प्रश्नहरू’ बजारमा

दुर्गा कार्कीको कुमारी प्रश्नहरू’ बजारमा

काठमाडौं । कथाकार दुर्गा कार्कीको पहिलो कथा संग्रह ‘कुमारी प्रश्नहरू’ बजारमा आएको छ । नेपालयले प्रकाशन गरेको उक्त संग्रहमा सामाजिक यथार्थवादी कोणबाट लेखिएका १३ कथा समावेश रहेको छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad