Namaste Icon
Ad

ए हजूर, गजूर ढल्दैछ !

कविता

ए हजूर, गजूर ढल्दैछ !
–दीर्घराज प्रसाई

ए हजूर, बलत्कारको पीडाले कोशी र नारायणी रुन्छ– देशको टेन्डर भएको सुनेर,
शिवको ताण्डव नृत्य निस्तेज छ, बुद्ध रोएका छन्–बराह्रक्ष्ोत्रमा स्याल कराएको सुनेर,
श्रीपेचको पेच खुस्काएर, ब्रम्हलुट चम्केको– टुलुुटुलु हेरिरहेका छौं–स्वदेशी सैतानहरुको,
हिरण्यकशेपु, कंशको राजझैं, आतताईहरुको, ए हजूर, हेर्न नसकिने भो–देशको गजूर ढलेको ।

हिमाल, पहाड, तराई, विखण्डनको दाउपेचमा विदेशीहरुको खेल मैदान, ब्वाँसा र हुँडारहरुको,
झूठा कुरा कर्कलाको पानी जस्तो, मान्छेको अनिकाल भयो, खञ्चुवा पुच्छर नभएका बानरहरुको,
ए हजूर, चन्द्र र सूर्यको त्यो तेजको झण्डा छ तर सुनसान अहिले छ, ढल्दैछ यो देशको स्वाभिमान,
सुन्दर, शान्त विशाल, गजूर ढाल्दैछन्–हाम्रा गौरव पशुपतिनाथ, स्वयम्भू, पाथिभरा, मुक्तिनाथ, जानकीधाम,

हो, यो देशमा एउटा मान्छे चाहिएको छ, श्रीपेचको पेच कसेर, साधुहरु त्रिशुल लिएर, खुकुरी, भालाहरु बोकेर,
सूर्य र चन्द्र जगाई, आतताई कंशहरु लखेट्न, खुकुरीले सलहहरु जस्तो, अपराधीहरुलाई, एकै देशका संतान भएर,
सबै जातको यो फूलबारीमा, लिम्बु, मगर, गुरुङ, मैथिली, भोजपुरी, ब्राम्हण, क्षेत्री, मिलेर शंखनाद छ, गजूरको,
बचाऔं हाम्रा पहिचान, देशद्रोहीहरु लखेटौं, एकताले उठौ, ए हजूर, गजूर हाम्रो प्रतिष्ठा–सुन्दूर शान्त नेपालको ।
                                                                                                      जय नेपाल

 

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रघाती, अनुदान-सम्झौता कुनै हालतमा मान्दैनौं सरकार!

गरीब भएपनि स्वाभिमानी, रास्ट्रभक्ती नेपाली हौं !कुनै रास्ट्रधाती अनुदान-सम्झौतामा झुक्दैनौ सरकार !बिस्तारै चेतनाको बिकास सगै हामी नेपाली मिलिजुलीबिकास र जनताको सेवामा निरन्तर लागेकै छौ सरकार !!

दुर्गा कार्कीको कुमारी प्रश्नहरू’ बजारमा

दुर्गा कार्कीको कुमारी प्रश्नहरू’ बजारमा

काठमाडौं । कथाकार दुर्गा कार्कीको पहिलो कथा संग्रह ‘कुमारी प्रश्नहरू’ बजारमा आएको छ । नेपालयले प्रकाशन गरेको उक्त संग्रहमा सामाजिक यथार्थवादी कोणबाट लेखिएका १३ कथा समावेश रहेको छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad