Namaste Icon
Ad
Ad

सफलताको लागी नेतृत्व बिकास

सफलताको लागी नेतृत्व बिकास
सन्तोष लामा, मोटिभेसनल स्पिकर

नेतृत्व भन्ने वित्तिकै नेता वा ठुलो समुहको नेतृत्व गर्ने भन्ने बुझन्छ तर यस अध्यायमा अलि पृथक ढंगबाट प्रस्तुत गर्दछु वास्तवमा नेतृत्व समुह वा संगठनको भन्दा पनि पहिलो स्वयंको हुनुपर्दछ, जसले आफुलाई स्वयको  नेतृत्व गर्न जान्दछ अनि मात्र दोश्रो समुह वा संगठनको पनि नेतृत्प गर्न सकिन्छ ।

नेतृत्व अर्थात लिडरसिप भन्ने वित्तिकै वास्तवमा तपाई के बन्न चाहनुहुन्छ भोलीको दिनमा तपाई एक एक्ष्ट्रा अर्डिनरी मानिस बन्ने दौडमा हुनुहुन्छ भने आज गरिने क्रियाकलाप नै तपाईको स्वयंको नेतृत्व हो । पहिलो कुरा नै तपाईले आफुलाई व्यवस्थित गर्नु प¥यो के खाने, के नखाने ,कति समय उठ्ने, कति व्याम गर्ने, कोसँग भेट्ने, नभेट्ने जस्ता किताब पढ्ने आदि इत्यादि कुराहरुको व्यवस्थापन तपाई स्वयंले गर्नुपर्दछ जुन तपाईको नेतृत्व विकास भित्र पर्दछ स्वयंको नेतृत्व विकास ।

फेरी पनि अवगत गराउंछ्ु यहांहरुलाई नेतृत्व लिडरसिप त्यो हो तपाई भविष्यमा के बन्न चाहनुहुन्छ र आज तपाई त्यो बन्नलाई के गर्दै हुनुहुन्छ । जब मैले आफुलाई एक मोटिभेसनल स्पिकर र लेखक बन्ने सोच बनाए त्यसै दिन देखि मैले यहि क्षेत्रमा काम गर्दै आईरहेको छु, यो नै मेरो लिडरसिप क्वालिटी हो । त्यस्तै तपाई अहिले के हो भन्ने सवाल भन्दा पनि भविष्यमा के बन्न खोज्दै हुनुहुन्छ ? र त्यसै अनुरुप के गर्दै हुनुहुन्छ त्यो नै तपाईको नेतृत्व हो । जस्तो २०२५ मा तपाई के बन्दै हुनुहुन्छ ? त्यो समयमा तपाईको व्यवसाय तपाईको मानसिक सोच बजारिक मुल्य, त्यस्ेका लागि तपाई जुन तयारी गर्दै हुनुहुन्छ त्यही नै तपाईको लिडरसिप हो । अब तपाई आफ्नो लिडर हुनुभयो । संसारमा लिडर दुई प्रकारका छन् एक हो लिडर नेता, दोश्रो लिडरका अनुयायी अब तपाई कुन चाँही लिडर बन्न चाहनुहुन्छ नेता लिडर वा अनुयायी ?

पक्कै पनि नेता वाला लिडर त्यसो हो भने यी माथीका कुरा पालना गर्नुहोस् स्वयंको लिडर बन्न खोज, अनि मात्र दोश्रो समुह वा संगठनको नेतृत्व वा लिडरसिप गर्न सकिन्छ आज संसारमा जसले शुरुमा भविष्यमा के बन्ने भनेर सोचका साथ वर्तमान समयमा नेतृत्व, तयारी गरे ती व्यक्ति नै सफल लिडर कहलिएका छन् । भारतका महान् लिडर मोह्न करम चन्द दास गान्धी, महात्मा गान्धी कसरी बन्यो ? उनी एक असफल वकिल थिए किनकी उनको पब्लिक स्पिकिंग कमजोर थियो त्यसैका आधारमा उनी एक असफल वकिल कहलिएका थिए ।

एक दिन उनि रेल सवारमा गोरा जातीले ट्रेनबाट बेइज्जत गरी निकालिदिए र उनमा एक बदलाकोृ भावना जाग्यो र आज मलाई रेलबाट निकालिस् पख् म तिमीहरुलइृ देशबाट नै निकालीदिनेछु । नभन्दै उन्ले गरेरे देखाए यो कसरी संभव ? यो उनी भित्रको आगको लिडरसिपका कारण । भारतकै क्रिकेट जगतका महा हस्ती महेन्द« सिंह धोनी सुरुको अवस्थामा २००१ मा टिकट चेकरको काम गर्दथे उन्ले आफुभित्र लुकेर बसेको कलालाइ उनकै लिडरसिपका कारण उनलाई सफल तुल्याउन सम्भब भर्यो ।  उनले २०११ मा विश्व कप दिलाए भारतलाई । त्यसैले आजबाट यो बुझनुहोस् कि आफुभित्र लुकेर बसेको क्षमतलाई आफ्नो लिडरसिपको विकास गरी एक उच्च लेबलमा आफुलाई उभ्याउनुहोस् । आज तपाई जुनसुकै लेबलमा हुनुहोस् तर तपाई अबको २–५ वर्षमा कहां र के बन्न गईरहनुभएको छ, र त्यसको लागि आज के गर्दै हुनुहुन्छ त्यो नै तपाईकोे लिडरशिप हो । यही लिडरशिपले भोलीको दिन निर्माण गर्दछ ।

 

Ad

सम्बन्धित समाचारहरु

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

निजी विद्यालय मर्ज गरेर राष्ट्रियकरण गरौं

सत्यराम कासिछ्वा । शिक्षा एक जीवन पर्यन्त सिकाइ हो । मानिसको जन्मदेखि नमरुन्जेल विविधप्रक्रिया, विधि र माध्यमबाट सिकाई निरन्तर रुपमा रहेको हुन्छ । सिकाईको स्वरुप औपचारिक र अनौपचारिक हुनेहुँदा शिक्षा तथा सिकाई एकनाश हुँदैन विद्यालय कलेजको शिक्षा मूलतः औपचारिक शिक्षा अन्तर्गत पर्दछ । जहाँ सरकारले देशका लागि आवश्यक जनशक्ति उत्पादनका साथै देशभक्तिको भावनाले पोख्त जिम्मेवार नागरिक निर्माणको राष्ट्रिय उद्देश्य राखेको हुन्छ । यसै आधारमा सरकारले शिक्षा सबैका लागि भन्ने आदर्श तय गरिएको छ ।

जोखिमपुर्ण क्वारेन्टाईन र कोरोनाको कहर

जोखिमपुर्ण क्वारेन्टाईन र कोरोनाको कहर

राम तिमल्सिना । नेपाल दुई जनसंख्याका हिसाबले ठूला शक्ति राष्ट्रका बीचमा छ । जति भाँडो उति चुबुर्को भनेझैँ जति धेरै जनसंख्या उती धेरै रोग सर्ने जोखिम हुनु स्वभाबिक पनि हो । नेपालको उत्तरी छिमेकी चीन कोरोनाको उद्गम स्थल भएकोले जोखिम यथावत हुदाहुदैँ पनि नेपालमा सञ्चालित बहुसंख्यक निमार्णाधिन जलबिद्युत आयोजनाका धेरै जनशक्ति पनि उतैका हुनाले जोखिम कायमै थियो । सो जोखिम हाललाई नरहे तापनि फेरि पनि १,२ जना नयाँ संक्रमित देखिन थालेकाले फेरी पनि सो संक्रमण नआउला भन्न सकिन्न त्यसैले अहिल्यै सोच्नुपर्ने आबश्यकता जगजाहेरै छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad