Namaste Icon
Ad
Ad

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी चित्रकला प्रतियोगिता हुने

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी चित्रकला प्रतियोगिता हुने

ललितपुर । नेपालको कला, संस्कृति, साहित्य तथा पुरातत्वका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी चित्रकला प्रतियोगिता हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार संग्रहालयको संयुक्त आयोजनामा जोशीको सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको हो ।

आगामी १५ माघमा हुने उक्त प्रतियोगितामा उमेरस्तर र खुला गरी दुई विधामा दुई चरणमा हुने योङ पिकासोका कार्यक्रम निर्देशक अजय देशारले जानकारी दिए । उनका अनुसार यही माघ १५ गते पहिलो चरणमा ललितपुर महानगरपालिका–८ स्थित शान्ति विद्याश्रम माविमा प्रतियोगिता हुनेछ ।

त्यस्तै, दोस्रो चरणमा माघ २४ देखि २७ गतेसम्म संग्रहालयको भण्डारखाल बगैँचामा ‘अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०७६’ पनि आयोजना गरिनेछ । पहिलो चरणको प्रतियोगितामा उत्कृष्ट हुने ३० बालबालिकाले दोेस्रो चरणको प्रतियोगितामा भाग लिन पाउने छन् ।

चित्रकला प्रतियोगितामा जोशी स्वयं उपस्थित हुनेहुँदा प्रत्यक्ष चित्रकला ‘लाइभ पेन्टिङ’ हुनेछ ।’ खुलातर्फको प्रतियोगितामा भने १३ वर्ष उमेरमाथिका हरेक मानिसले भाग लिन पाउने देशारले जानकारी दिए ।

प्रतियोगितमा सहभागी बालबालिकाले जोशीको चित्रका साथै आफूलाई मन परेका चित्र पनि कोर्न पाउने बताइएको छ । प्रतियोगितामा सहभागी हुने देशका वरिष्ठ कलाकारले प्रत्यक्षरूपमा जोशीको चित्र कोर्नु पर्नेछ । कुनै कलाकारलाई जोशीले विगतको जीवनकालमा गरेका कामबारे चित्र कोर्न चाहेमा आयोजकले उनको पुरानो तस्बिर पनि उपलब्ध गराउने छ ।

प्रतियोगितमा दुवै विद्यातर्फका करिब ६ सय कलाकारले भाग लिने आयोजकले जनाएका छन् । खुलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई २०, १५ र १० हजार दिनुका साथै उमेरस्तरको चित्रकलामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई १२, आठ र पाँच हजार नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा चित्रकलाको विकास र विस्तारका लागि लामो समय योगदान पु¥याएका व्यक्तिमध्ये एक जनालाई १० हजार राशिसहित सम्मान पनि गरिने भएको छ ।

यसैगरी युवा चित्रकारमध्ये एक जनालाई जोशीको चित्रकला पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । जोशीको चित्र कोर्ने उत्कृष्ट कलाकारको चित्रलाई नेपाल भ्रमण वर्ष–२०२० भर प्रचारप्रसार गरिने संग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए । चार वर्षअघि वाङ्मय शताब्दी पुरुषसम्बन्धी पहिलो खुला चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

काठमाडौं ।आख्यानकार गगनसिंह थापाको छैटौं कृति " महाप्रलय " उपन्यास यहि भाद्रको पहिलो साता बजारमा आउने भएको छ। सुदुरपश्चिम कैलालीको टिकापुर घर भएका ७१ वर्षिय साहित्यकार थापाका यस अघि सोह्र सौगात , कर्णालीको छेउछाउ ,मेरो मधुशाला , पुर्खाको चिट्ठी र उज्ज्वली उपान्यासहरु प्रकाशित छन् ।

छिमेकी ' एक आवश्यक खराबी' र बर्खायाम

छिमेकी ' एक आवश्यक खराबी' र बर्खायाम

यो बर्सको जेष्ठको अन्तिम अन्तिमतिर नैभोरको किरण सङ्गै अर्जाप्नुपर्ने हसिया कोदालोले भरिएको गाउबाट छुट्टीए जसरी बसेका फलामेदाइ लोहाकुमारको आरनबाट सधै आउने एउटै दुर्गन्धित कर्कस आवाज ' ड्याङ्ग ड्याङ्ग' ले गाउँ तीन चार दिनबाट जाग्न थालेको छदुई तिहाई गाउको निद अपुरो छ मध्यरातिबाटै किनकिदो तीन लाउरे छोडी सबैलाई बर्खायामले गर्ल्याम्मै ठाकेको छ न कुनै मोजार्ट बजेको हो , न कुनै लय छ यो आवाजमा ओहो! यी गाउलेले किन आरनलाइ ब्यवस्थित गर्दैनन् ह!एउटा खास्टो फेरि अलिकति माथी कान सम्मै सरेको छ सहरिया बाबुको कोठामा जति धारिलो कोदालो आरन बाट निस्केको छत्यति धारिलो छ सधियारको यो खनाइ गाउभरि नै कुनै भेग नछोडी गुटगुटका मान्छेको छलफल सधियारले खनेको राक्षसि खनाइको वकालत आ आफ्ना गुइया सामु गर्नमा केन्द्रित छ असार मास गाउको कुनै भेगको छलफलमा उ र उस्को गुइया पनि छलफलको विषय बन्छन् होलाम जोसुकैलाई लिएर पनिएक सहज खराब कल्पना गर्न सक्छु

Ad

प्रतिक्रिया दिनुहोस

Ad