Namaste Icon
Ad

५ सहकारी संस्थाको इजाजत खारेज (नामसहित)

५ सहकारी संस्थाको इजाजत खारेज (नामसहित)

काठमाडौं । सहकारी विभागले ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । विभागले बुधबार ५ सहकारी संस्थाको इजाजत खारेज गर्ने निर्णय गरेको हो । सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको पाइएपछि ति सहकारी संस्थाहरु खारेज गरिएको विभागका प्रमुख टोकराज पाण्डेले जानकारी दिए । सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले पहिलो पटक ५ सहकारी संस्था खारेजीको निर्णय गरेका हुन् ।

उनका अनुसार काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी कृषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्ब सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषिसहकारी संस्था खारेजीमा परेका हुन् ।

सहकारी संस्थाहरुको वेतिथि हटाउनका लागि विभागले पछिल्लो समय सक्रियता देखाएको छ ।अहिले मुलुकमा ३४ हजार ८ सय ३७ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् । यसमध्ये करिब १४ हजार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु रहेको विभागले बताएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नेपाल वितरक संघको अध्यक्षमा राजेन्द्र सिम्खडा

नेपाल वितरक संघको अध्यक्षमा राजेन्द्र सिम्खडा

सन्तोष दहाल, ललितपुर । वितरक व्यवसायीहरुको छाता संगठन नेपाल वितरक संघ काठमाडौँको १९ औं वार्षिक साधारणसभा भव्यरुपमा सम्पन्न भएको छ । शनिवार काठमाडौँमा सम्पन्न साधारणसभाले राजेन्द्र सिम्खडाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

१ अर्ब ४० करोड लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदैं

१ अर्ब ४० करोड लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदैं

काठमाडौं । नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँच तारे मेरियट र तीन तारे फेयरफिल्ड सञ्चालन ल्याइरहेको एसएस ग्रुपले नै उक्त होटल सुरु गर्न लागेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad