Namaste Icon
Ad
Ad

स्वर्ग झैं लाग्ने ताराकोट क्षेत्र

गणेश सिह ठगुन्ना (मनदिप)

स्वर्ग झैं लाग्ने ताराकोट क्षेत्र

हेर्नपाँउ सुन्दर अनि रमाइलो ताराकोट
संरक्षण गरौं सबैमिली खुलाऔं यसकोचोट ।
घुम्नआउनु ताराकोटतिर हेर्दा लाग्नेछैन नोट
पशुपंन्क्षी जडिबुटी हराभरा मैदान अनि बोट ।

सुदुरपश्चिम प्रदेश दार्चुला जिल्ला नौगाड गाउँपालिका वार्ड ३ मा अवस्थित छ । ताराकोट रमणीय ठाउँ डाडा र चारगाउँको शिरले परिचीत छ । किम्बदन्ती अनुसार तारा भनेको राजा को नाम र कोट भनेको ठाउँ , तारा राजाले शासन गरेको हुँदा ताराकोट नाम रहन गएको भनाइ छ । शत्रु आईलागे प्रतिकार गर्न सजिलो होस् भनेर यो ठाउँमा बसेका हुन । यस क्षेत्र भित्र मन्दिर ,मैदान ,चरन क्षेत्र , जङ्गल , जनावर , पशुपन्क्षि , बोट बिरुवा ,कुवा ,नाला ,खरको घर खर्क आदि देख्न सकिन्छ । उत्तरतिर मोति झै झल्कने हिम श्रीृखला सिद्धको टोपी दक्षिण तिर मिलेर रहेका डाडा काडा पहाड बैतडी डडेल्धुरा आदि क्षेत्र नौगाड गा पा को नमुना ठाउँ सिप्टी गाउँ देख्न सकिन्छ । पूर्बमा अपिहिमाल गा पा क्षेत्र र पश्चिममा भारत को धारचुला क्षेत्र अनि नौगाड गापा को रमणीय ठाउँ छिपुलथान सुन्डमुन्ड पारिमेला दल्लेख भुजान डाडा खार देख्न सकिन्छ ।


यस ताराकोट क्षेत्रबाट नौगाड गाउँपालिका भित्र रहेका छ वटै वार्ड केही केहि स्थान देखिन्छ र नौगाड गाउँपालिका को कार्यालय पनि अवलोकन गर्न सकिन्छ । यो पर्यटकिय क्षेत्र दार्चुला जिल्ला कै बिच भागमा पर्छ दार्चुला जिल्लाको नक्सा हेर्दा प्रष्ट बीचमा रहेको देखिन्छ । अपिनाम्पा संरक्षण क्षेत्र भित्र परेपनी कुनै पहल संरक्षण हुन सकेको छैन ।ताराकोट क्षेत्र भित्र भवानीको मन्दिर पनि रहेको छ यो मन्दिर मा पुजापाठ गर्नेहरु निरन्तर आईरहन्छ्न ।जनविश्वास अनुसार यहाँ पुजाआजा गर्दा मनका ईच्छा पूरा हुने कामसफल बन्ने सहि बाटोमा डोर्‍याउने जनआस्था छ।

यस् क्षेत्रमा पानी संकलन हुने कुवा नाला सयौं बर्ष देखि पानी जम्मा हुँदै आएका ठाउँ (खाली) चरी चरन क्षेत्र मैदान फाटहरु चारै तिर खुला ठाउँ रहेको छ । गाई गोरु राख्ने खरको घर खर्क रहेको छ ।


यस ताराकोट अन्तर्गत रहेका रमणीय ठाउँका नाम

१) भैंसीचर : पुरनो भैंसीहरु चरन गर्ने ठाउँ ।
२) खर्क : खरले छाएको घर भएको ठाउँ ।
३) ठिडकेसैन : अलि बाङ्गो टिङ्गो देखिने मैदान ।
४) झउर : जमिनको सतहमा आफै सयौं बर्षा पुरानो खाल्डो गुफा रहेको ठाउँ ।
५) मल्लो डाडा सबै भन्दा त्यो क्षेत्रको उचो रहेको डाडा आदि रहेका छ्न ।


यस ताराकोटको दायाँ तिर श्री सुशील सामुदायिक बन रहेको छ यस भित्र पंन्क्षी कालिज ,भ्याकुरा ,ढुकुर ,काग, कोइली सुगा , लाटोकोसेरा ,न्याउली आदि हुन्छ्न । जनावरहरु घोरल ,रतुवा ,पाटेबाघ ,दुम्सी,बदेल,स्याल ,मालसाप्रो ,न्याउरमुसा बादर आदि पाईन्छ्न । बोट विरुवाहरु लालिगुरास ,ओखर, दालचिनी, दल्लो ,तुसारो चिलाउने, उतिस ,लेककाउली, पाँगर ,टिमुर आदि जडिबुटी चिराईतो भिडेती खिरौला दालचिनी बनहल्दी आदि फलफुल हरु ऐसेलु ,तिलमडा, बन अङ्गुर ,बनकेरा (गोफाला), मेल ओखर आदि यस् ताराकोट लाई चार गाउँको शिर टोपी रुपमा चिनिन्छ ।गाउँ हरु बिलासौ , जामिर ,लामाडेरा ,घोरकट्या रहेकाछ्न ।


यो ताराकोट क्षेत्र प्रचारप्रसार सूचना को कमिले गति लिन सकेको छैन । यो रमणीय ठाउँमा जति बस्यो तेती नै रमाइलो हुन्छ ।सुन्दर तस्बिर सुटिङ गर्न असाध्यै राम्रो छ ।यहाँ पुगेपछि दुख कस्ट सबै भुलिन्छ । गोरु बाख्रा भेडा चराउदै मिठा मिठा गित ठाडी भाका गित गाई रहन्छ । बासुरीको आवाज सुनेर मन आफै उदासिने भइरहन्छ संचार सुबिधा १५–२० बटा एफएम हरु यस क्षेत्रबाट बजाउन सकिन्छ । नेपाल टेलिकम नेटवर्क र एनसिएलको नेटवर्क संगै अन्य सेवा सजिलोसँग लिन सकिन्छ । हामी सबै मिलेर पुराना सम्पदा संरक्षण र बजारीकरण गरि पर्यटकहरु भित्र्याउनु पर्छ । देशको आर्थिक वृद्धिगर्न र मुहार फेर्नको लागि पर्यटकिय क्षेत्र घोषणा गरि आवश्यकता अनुसार कदम चाल्नुसबैको नैतिकता भित्र पर्छ ।सबै सरोकारवाला हरुले आआफ्नो ठाँउ बाट प्राकृति सम्पदाको संरक्षण र पर्यटन भित्र्याउन पर्यटकिय क्षेत्र घोषणा गरि आवश्यक कामकारबाहीमा गरिदिन हुन सबैमा हार्दिक आह्वान अनुरोध गरिन्छ।

गणेश सिह ठगुन्ना (मनदिप), नौगाड गा पा वार्ड न ०३ जामिर दार्चुला

Ad

सम्बन्धित समाचारहरु

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर हुनेछ - प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा देशमा बाघको संख्यालाई दोब्बर बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बाघ दिवस-२०२० को उपलक्ष्यमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सकेसम्म बाघ र स्थानीय समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने बताए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad