Namaste Icon
Ad
Ad

एमसीसीको विषयमा प्रचण्डले दिए यस्तो संकेत

एमसीसीको विषयमा प्रचण्डले दिए यस्तो संकेत

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने संकेत गरेका छन् । शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको बताए ।

तर यसबारे पार्टीमा पर्याप्त छलफल भएको भन्दै उनले भने, ‘हामीले के भनेका छौं भने राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुनः सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गरेका छौं ।’

प्रचण्डले अगाडि भने, ‘सचिवालयमा छलफल गरेर राष्ट्रिय हितलाई सर्वोपारी राखेर मात्र अगाडि बढाउँछौं ।’ पछिल्लो समय अमेरिकी दूताबासले १० बुँदे स्पष्टीकरण आएको स्मरण गर्दै प्रचण्डले त्यसलाई पनि विचार गरेर नेपालको हितमा निर्णय गर्ने बताएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्र सङ्घको ७५औं महासभामा प्रधानमन्त्री ओलीको संबोधन (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने बताएका छन । ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्र सङ्घः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा न्युयोर्कमा जारी राष्ट्र सङ्घको ७५औं महासभामा काठमाडौंबाट अप्रत्यक्षरुपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्दै उनले एकतर्फी प्रवृत्ति र संरक्षणवादी नीतिका बीचमा बहुपक्षीय सहयोग प्रताडित भइरहेका बेला उक्त विषयमा भएको बहसले वर्तमान परिस्थितिलाई प्रतिविम्बित गरेको बताए ।

गृहमन्त्री थापाको टोली भारतद्धारा अतिक्रमित भूमि कालापानी क्षेत्रमा

दार्चुला । गृहमन्त्री राम बहादुर थापा (बादल) शुक्रबार दार्चुला आइपुगेका छन् । ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरुकोे गांगामा सशस्त्र प्रहरीको गुल्म शिलान्याशका लागि गृहमन्त्रीको टोली दार्चुला आएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad