Namaste Icon
Ad

विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिजद्वारा प्रशासनसमक्ष आत्मसमर्पण

विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिजद्वारा प्रशासनसमक्ष आत्मसमर्पण

माेरङ । नेकपा विप्लव समूहमा लागेर विभिन्न गतिबिधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिज पौडेलले आत्मसमर्पण गरेका छन् ।

पक्राउपछि उच्च अदालतले छाड्न आदेश दिएलगत्तै पाैडेलले जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्दै पाैडेलले विप्लव समूह परित्याग गरेको बताए ।

सामान्य जीवनमा फर्कन पार्टी परित्याग गरेकाे जिल्ला प्रशासन कार्यालय मोरङमा पाैडेलले दिएको निवेदनमा उल्लेख छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलसमक्ष पाैडेलले अब विप्लव समूहसँग लागेर कुनै अवैध गतिबिधि नगर्ने भनि कागज गरेपछि छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका नेता, पत्रकार, मानव अधिकारकर्मीको रोहवरमा पाैडेललाई छाडिएको भण्डारीले बताए ।

Ad

सम्बन्धित समाचारहरु

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले फागुन ६ र ७ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय भेलाको भब्य आयोजना गर्ने भएको छ।यही फागुन ६ गते हुनगइरहेको कार्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला र ७ गतेको बैठकमा सम्माननीय प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहने नेकपाका नेता तथा प्रदेश कमिटी सदस्य लोकेन्द्र राना (प्रशान्त)ले जानकारी दिए।

तुम्वाहाङ्फेलाई कानुन मन्त्रालय

तुम्वाहाङ्फेलाई कानुन मन्त्रालय

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री को जिम्मेवारी दिइने भएको छ । उनको आज अपरान्ह सपथ गराउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad