Namaste Icon
Ad

बर्दगोरिया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता सुरु

बर्दगोरिया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता सुरु

गोविन्द बीसी, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।बिहीबारदेखि सुरु भएको गाउँपालिका स्तरीय अन्तर विद्यालय प्रतियोगितामा गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि १० विद्यालयका विद्यार्थी सहभागी भएका छन् ।

गाउँपालिका शिक्षा बिकास समितिका संयोजक जयरुप खतिवडाको सभापतित्व तथा प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीको प्रमुख आथित्यतामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन गरिएको हो ।

मुडाबजार स्थित खेल मैदानमा सुरु भएको खेलकुद प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजक गाउँपालिका कार्यालयले जनाएको छ । प्रतियोगिता संचालनका लागि करिब २ लाख ५० हजार हाराहारी खर्च हुने अनुमान गरिएको छ । सशर्त अनुदान अन्तर्गतको बजेट खर्चबाट खेलको संचालन तथा ब्यवस्थापन गरिनेछ । स्थानीय तहमा पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट सबै बिद्यामा प्रथम स्थानमा छनोट भएका बिद्यालय र बिद्यार्थीले क्षेत्रीय स्तरमा आयोजना हुने प्रतियोगितामा सामेल हुन पाउनेछन् ।

प्रतियोगितामा छात्र र छात्रा तर्फको भलिबल र कबड्डी खेल राखिएका छन् । एथलेटिक्स अन्तर्गत १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १ हजार ५ सय मिटर र ३ हजार मिटर दौडका इभेन्ट राखिएका छन् । छात्र र छात्रा दुबैतर्फ यी खेल खेलाइने खेल संयोजक प्रमोद साउँदले बताए । रिलेदौड अन्तर्गत छात्रछात्रा दुबैतर्फ १ सय मिटर र ४ सय मिटर दौड हुनेछन् ।

उफ्रिने र फ्याक्ने खेल अन्तर्गत हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो र सटफुट खेल हुनेछन् ।
ज्याब्लिङ थ्रो छात्रको ८ सय ग्राम र छात्राको ६ सय ग्राम हुनेछ । त्यस्तै सटफुट छात्रतर्फ १२ पाउण्ड र छात्राको ८ पाउण्डको हुनेछ । खेलकुद संचालन समितिको नेतृत्व कालिका मावि नौनियाका शिक्षक प्रमोद साउँदको संयोजकत्वमा रहेको छ । प्रतियोगितामा विजेता विद्यालय र विद्यार्थीले सिल्ड तथा प्रमाणपत्र पाउने संयोजक साउँदले बताए । सबै खेलकाे निर्णायक जिम्मेवारी खेलकुद संचालन समितिलाई दिइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

तुलसीलाल स्मृति स्पाेर्टस क्लब ललितपुरकाे अध्यक्षमा राजु श्रेष्ठ

ललितपुर । तुलसीलाल स्मृति स्पाेर्टस् ललितपुर जिल्ला समितिकाे अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । तुल्सी लाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शनिबार भएको साधारणसभाबाट ललितपुरको नयाँ जिल्ला कार्य समिति चयन भएको हाे ।

राखेपका कर्मचारीकाे बदमासीले कराते पुन विवादित

राखेपका कर्मचारीकाे बदमासीले कराते पुन विवादित

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रकाे चिर परिचित एवम् नतिजाको आधारमा सफल खेल मध्येको एक खेल करातेकाे विवाद छतछुल्ल भई सतहमा आएकाे छ । विवाद उत्पन्न हुनुकाे मुख्य कारण नेपाल सिताे रियो कराते संघको नाममा मकवानपुरकाे हेटौंडामा हुने भनिएकाे राष्ट्रिय भेला तथा टेक्निकल सेमिनारकाे लागि तालिम तथा प्रशिक्षण विभागबाट अर्जुन बहादुर विककाे हस्ताक्षरित पत्र बनेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad