Namaste Icon
Ad
Ad

जुनिचादे गाउँपालिका अध्यक्ष ८ लाख घुससहित रंगेहात पक्राउ

जुनिचादे गाउँपालिका अध्यक्ष ८ लाख घुससहित रंगेहात पक्राउ

खगेन्द्र हमाल, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी घुससहित पक्राउ परेका छन् । ८ लाख घुस लिने क्रममा अध्यक्ष केसीलाई बिहीवार अपराह्न अख्तियारको टोलिले नियन्त्रणमा लिएको हो ।

बिहीवार अपराह्न विरेन्द्रनगरमा अध्यक्ष केसीसहित अर्का एक व्यक्ति चन्द्रबहादुर पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघराज सापकोटाले बताए । सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घूस मागेको जानकारी आएपछि अख्तियारले उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।।

Ad

सम्बन्धित समाचारहरु

जिसस काठमाडौं र टोखा नगरपालिकाबीच सम्झौता

जिसस काठमाडौं र टोखा नगरपालिकाबीच सम्झौता

काठमाडौें । जिल्ला समन्वय समिति काठमाडौंँ र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि शुक्रवार सम्झौता भएको छ । नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि कुल स्वीकृत ठेक्का सम्झौता रकमको ६० प्रतिशतले हुन आउने रकम सात करोड ५९ लाख १९ हजार ३७७ जिससको मौजाद कोषबाट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

अर्घाखाँचीमा पहिरोले १७ घर बगायो

अर्घाखाँचीमा पहिरोले १७ घर बगायो

अर्घाखाँची । शितगंगा नगरपालिकामा १८ वटा घरगोठ पहिरोमा पुरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad