Namaste Icon
Ad

‘कोरोना’ नियन्त्रणमा लागेका डाक्टरकै मृत्यु

‘कोरोना’ नियन्त्रणमा लागेका डाक्टरकै मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४१ पुगेको समाचार सार्वजनिक भईरहदा संक्रमणबाट मृत्यु हुने एक जना डाक्टर पनि रहेका छन् । मृतक संक्रमितको उपचारमा खटिएका डाक्टर मध्येका एकहुन् ।

चिनियाँ सञ्चार माध्यमका अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको जनाइएको छ । भाइरसबाट सक्रमित प्रान्तमा प्रकोप नियन्त्रणका लागि १० दिन भित्र विशेष अस्पताल बनाउन त्यहाँको प्रसासनले निर्देशन दिईसकेको छ । तीन हजार शैयाको उक्त अस्पाताल भाइरस नियन्त्रणकालागि विशेष हुने मानिएको छ ।

हाल प्रकोप विश्वका विभिन्न देशमा समेत फैलिएको प्रमाणित भईसकेको छ । नेपालमा एकजनामा सक्रमण भेटिएको छ । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । हुवेई प्रान्तमा थप १५ जनाको ज्यान गएसँगै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका बीबीसीले जनाएको छ । यो भाइरसको संक्रमण युरोपमा पनि पुगेको पुष्टि भएको छ । चीनमा तिब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको ज्यान गयो

अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको ज्यान गयो

हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको ज्यान गएको छ ।

कोरोनाभाईरसले विवाह स्थगित - मुखमा मास्क र सिसा लगाएर चुम्बन

काठमाडौँ । आउँदो शुक्रबारको प्रणय दिवस छ, यतिबेला संसारभर भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। । यतिबेला धेरै प्रेमीप्रेमिका आफ्ना मायालुलाई भेटेर माया साटासाट गरिरहेका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad