Namaste Icon
Ad

मोहन्याल गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

मोहन्याल गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

गोविन्द बीसी, बौनिया । दोस्रो गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता कैलालीको मोहन्याल सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको गाउँपालिका स्तरीय अन्तर विद्यालय रनिङ सिल्ड प्रतियोगिता माघ १३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । शान्ति मावि फलेबिसौनाको व्यवस्थापन र मोहन्याल गाउँपालिकाको आयोजनामा खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आधारभूत र मावि तहमा अध्ययनरत गाउँपालिका अन्तर्गतका २१ सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेकोे छ ।

गाउँपालिका अध्यक्ष नवलसिंह रावलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेकपा कैलाली जिल्ला अध्यक्ष रतन थापा रहेका थिए । विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौरा रहेका थिए । सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेश सांसद रतन थापाले विद्यालय शिक्षासंगै जीवनमा खेलकुद अनिवार्य भएको बताए । खेलकुदले स्वस्थ रहन मद्धत पुर्याउने भएकोले बिद्यार्थीले खेलकुदमा रुचि दिनुपर्नेमा उनले जोड दिए । सुखी नेपाली र समृद्ध नेपाल नेकपाकै सरकारको पाला भएर छोडने प्रमुख अतिथि थापाले बताए । उनले आफू निरन्तर जनताको माग र आवश्यक अनुसार बिकास गर्न लागिरहेको समेत बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नवलसिंह रावलले मोहन्याल गाउँपालिका अन्तर्गतका सबै वडालाई विभेद नहुने गरि समान ढंगले शिक्षा, स्वास्थ्य, कृषि र बिकास निर्माण योजनामा बजेट विनियोजन गरिएको बताए । राष्ट्रको सुखी नेपाल समृद्ध नेपाली भन्ने नारालाई परिपूर्ति गर्नको निम्ति अध्यक्ष कृषि आधुनिकीकरण योजनालाई जनताको आर्थिक अवस्था माथि उठाउन सकिन्छ भनेर अघि सारिएको अध्यक्ष रावलले बताए । कृषि, पशु, खानेपानी, सिचाइको क्षेत्रमा योजनाबद्ध ढंगले पञ्चवर्षीय योजना अघि सारेर काम गरिएको भन्दै सोही अनुसार गाउँपालिकाले यसवर्ष प्रत्येक ७ वटै वडामा ३६ जना किसानलाई ३ वटा उन्नत बोयर जातको बाख्रा वितरण गरिएको उनले बताए ।

मोहन्यालमा २ किसिमको जलवायु भएकोले तराई क्षेत्रमा प्रत्येक परिवारलाई ८० वटा लिचिका दरले १७ हजार फलफूलको बिरुवा र पहाडी क्षेत्रमा २६ हजार सुन्तलाका विरुवा यसैवर्षको कृषि कार्यक्रम अन्तर्गत वितरण गरिएको जनाए । जनता नै सार्वभौम अधिकार सम्पन्न भएकाले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्नेमा उनले जोड दिए । सबै क्षेत्रमा काम गर्ने कर्मचारी समेत जिम्मेवारी र उत्तरदायी हुन जरुरी रहेको उनले औँल्याए ।

प्रतियोगितामा छात्र र छात्रा तर्फको भलिबल र कबड्डी खेल राखिएका छन् । एथलेटिक्स अन्तर्गत १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १ हजार ५ सय मिटर र ३ हजार मिटर दौडका इभेन्ट राखिएका छन् । छात्र र छात्रा दुबैतर्फ यी खेल खेलाइने आयोजकले जनाएको छ । रिलेदौड अन्तर्गत छात्रछात्रा दुबैतर्फ १ सय मिटर र ४ सय मिटर दौड हुनेछन् ।

उफ्रिने र फ्याक्ने खेल अन्तर्गत हाइजम्प, लङजम्प, ज्याब्लिङ थ्रो र सटफुट खेल हुनेछन् । शुक्रबार भएको उद्घाटन खेलमा सटफुटमा राष्ट्रिय मावि सोल्टाका झंकर चलाउने प्रथम, त्रिवेणी मावि बढीगाउँका हिमाल देउवा द्वितीय र शान्ति मावि फलेबिसौनाका हेम बुढाथोकी मगर तृतीय भएका छन् । यस्तै, छात्रातर्फ त्रिवेणी मावि बढीगाउँकी चन्द्रा सिजापतिमगर प्रथम,भृकुटी मावि खिमडिकी यशोदा थापा द्वितीय र राष्ट्रिय मावि सोल्टाकी ममता जैसी तृतीय भएकी छन् ।

Ad

सम्बन्धित समाचारहरु

तुलसीलाल स्मृति स्पाेर्टस क्लब ललितपुरकाे अध्यक्षमा राजु श्रेष्ठ

ललितपुर । तुलसीलाल स्मृति स्पाेर्टस् ललितपुर जिल्ला समितिकाे अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । तुल्सी लाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शनिबार भएको साधारणसभाबाट ललितपुरको नयाँ जिल्ला कार्य समिति चयन भएको हाे ।

राखेपका कर्मचारीकाे बदमासीले कराते पुन विवादित

राखेपका कर्मचारीकाे बदमासीले कराते पुन विवादित

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रकाे चिर परिचित एवम् नतिजाको आधारमा सफल खेल मध्येको एक खेल करातेकाे विवाद छतछुल्ल भई सतहमा आएकाे छ । विवाद उत्पन्न हुनुकाे मुख्य कारण नेपाल सिताे रियो कराते संघको नाममा मकवानपुरकाे हेटौंडामा हुने भनिएकाे राष्ट्रिय भेला तथा टेक्निकल सेमिनारकाे लागि तालिम तथा प्रशिक्षण विभागबाट अर्जुन बहादुर विककाे हस्ताक्षरित पत्र बनेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad