Namaste Icon
Ad
Ad

सामुहिक नृत्य गरी गिनिज बुकमा नाम लेखाउने तयारी

सामुहिक नृत्य गरी गिनिज बुकमा नाम लेखाउने तयारी

काठमाडौँ । नेपालको मौलिक संस्कृतीलाई विश्वसामु चिनाउनका लागी डिल बहादुर मगर (डिकेश) लगायत १२ जना कलाकारहरुले गिनिज वल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् । नेपाली मौलिक गीत संगीत र नेपाली भेषभुषामा लगातार २७ घन्टा सामुहिक नृत्य गरेर गिनिज वल्ड रेकर्ड राख्ने भएका हुन् ।

गिनिज वल्ड रेकर्डमा भाग लिनेहरु डिल बहादुर मगर (डिकेश), केशर बहादुर पुर्जा, शान्ता तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्र माया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ती शाही, यमुना रोका, सञ्जु पुन, राजीन पुन आदी रहेका छन् ।

सो कार्यक्रम गिनिज ईभेन्ट नेपालको व्यवस्थापनमा हुने भएको हो । गिनिज ईभेन्ट नेपालका संस्थापक अध्यक्ष सन्तोष लामाले यस कार्यक्रम सफल बनाउन पत्रकारहरुको ठुलो हात रहने कुरा व्यक्त गर्दै आगामी कार्यक्रममा सहयोगकोअपेक्षा गरेका छन ।

गिनिज वल्ड रेकर्डको कार्यक्रम फागुन २२ गते हुने आयोजक पक्षले राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सामुहिक नृत्यमा विश्व रेकर्ड राख्नेमा यस अघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एमटीभीओ म्युजिक अवार्डको नाममा १३ जना युवा युवतीले लगातार २४ घन्टा १ मिनेट सामुहिक नृत्य गरेर विश्वकै सबैभन्दा लामो सामुहिक नृत्यको विश्व रेकर्ड राखेका थिए ।

 

 

 

 

Ad

सम्बन्धित समाचारहरु

करिब ५ बर्ष पछि भिडियो निर्देशनमा फर्किए मन बहादुर

करिब ५ बर्ष पछि भिडियो निर्देशनमा फर्किए मन बहादुर

काठमाडौँ। रोजगारीका लागि बिदेशिएका नेपालीहरुको बास्तबिक कथामा आधारित गायक सर्जक भरत परियारको “दशा” गीत सार्वजनिक भएको छ ।

सिडीको स्वर, दिलको संगीतमा ‘सम्झेर सानु’ सार्वजनिक (भिडियो)

काठमाडौं । भोइस अफ नेपालको पहिलो सिजन विजेता गायक सिडी विजय अधिकारीको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सम्झेर सानु’ सार्वजनिक भएको छ । हृदयस्पर्शी यस गीतमा दिल खड्काको शब्द संगीत रहेको छ। गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad