Namaste Icon
Ad
Ad

सिप्रेक नेपालको आयोजनामा चारदिने कार्यशाला गोष्ठी सम्पन्न

सिप्रेक नेपालको आयोजनामा चारदिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौँ । प्रभाव मूल्यांकनका उदेश्य, विधि, चूनौती एवं निर्णय प्रकृया र यसको प्रयोग सम्वन्धि चार दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राजधानीमा सम्पन्न सो कार्यशाला गोष्टी राष्ट्रिय योजना आयोग, अमेरीकाको मिनेसोटा, टफट विश्वविद्यालय र नीतिगत अनुसन्धान परामर्श केन्द्र (सिप्रेक) नेपालको आयोजनामा भएको हो ।

उक्त गोष्टीमा प्रभाव मूल्यांकनका सम्वधमा विश्वभर चर्चामा रहेको विभिन्न विधिहरु मध्ये र्यान्डममाईज कन्ट्रोल ट्रेलको वारेमा विशेष छलफल भएको थियो । प्रशिक्षकको रुपमा वरिष्ठ अर्थशास्त्री एवं प्रभाव मूल्यांकन विज्ञहरु डा. पल ग्लेवी, डा. जुली साफनर र डा. उत्तम शर्मा रहेका थिए । गोष्ठीमा नेपाल सरकारका कर्मचारीहरु सहित प्रभाव मूल्यांकनमा कार्यरत विभिन्न निकायका करीव ४० जना व्यक्तिहरुको सहभागीता रहेको थियो ।


गोष्ठिलाई व्यवहारीक वनाउन केन्याको कृषि परियोजना, व्राजिलको पाठ्यपुस्तक सम्बन्धि परियोजना र नेपालको शिक्षक तालिम सम्वन्धि परियोजनाहरुको प्रभाव तथा मूल्यांकनहरुलाई स्रोत परियोजनाका रुपमा छलफल गरिएको थियो । नेपालको शिक्षक तालिमको प्रभाव मूल्यांकनकर्ता मध्येका एक डा. उत्तम शर्माले शिक्षक तालिम पश्चात शिक्षकहरुलाई नियमित रुपमा सहयोग वा कोचिंगको व्यवस्था गरिनुपर्ने सुझाव नेपाल सरकारलाई प्रदान गरिएको जानकारी दिए ।

सिप्रेकका अध्यक्ष त्रिविक्रम पाण्डेले यस्ता गोष्ठिहरुले प्रभाव मूल्यांकनको क्षेत्रमा संलग्न व्यक्तिहरुको क्षमता अभिवृद्धि भई देशभरी कार्यान्वयन भईरहेका कार्यक्रमहरुको प्रभाव मूल्यांकनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Ad

सम्बन्धित समाचारहरु

शनिबारसम्म देशभर वर्षा हुने

शनिबारसम्म देशभर वर्षा हुने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

‘हामीले नेपाली भूभाग मिचेका छैनौं’

‘हामीले नेपाली भूभाग मिचेका छैनौं’

काठमाडौं । नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको चीनले दाबी गरेको छ । नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरूको सत्यतथ्य जाँच गर्न नेपाल स्वतन्त्र भएको पनि उसले जनाएको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad