Namaste Icon
Ad

कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्छः मुख्यमन्त्री भट्ट

कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्छः मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन । सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्नलागेको निजामती कर्मचारी विद्यालयको शिलान्यास गर्दै उनले सरकारी जागिर खाएका कर्मचारीले आफ्ना छोराछोरी निजी बोर्डिङमा पढाउने परिपाटी चलेको बताए ।

त्यस्तै, उनले सुदूरपश्चिम भरीका निजी स्कुलमा छोराछोरी पढाउने उच्च तहका कर्मचारीको तत्थ्याङ्क सङ्कलनको तयारीसमेत भइरहेको जानकारी गराए । मुख्यमन्त्री भट्टले छाउपडी प्रथाको अन्त्य गर्न जरुरी भएको र सो प्रथा हटाउन सबैले लाग्नुपर्नेमा जोड दिए । उनले भने, “छाउ बार्ने र बार्न लगाउनेलाई सामुहिक बहिस्कार गर्नुपर्छ, कु–संस्कार मान्नेलाई सामुहिक वहिस्कार गरौँ ।”

उनले प्रदेश सरकारले जनताका आवश्यकता सम्वोधन हुने गरि काम गरिरहेको दाबीसमेत गरे । सङ्घीयताले विकासको ढोका खोलेकोले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताए ।

 

 

Ad

सम्बन्धित समाचारहरु

खानीखोला साल्धारामा बृहत ल्होसार तथा सांस्कृतिक कार्यक्रम हुदैं

काठमाडौं । बौद्ध धर्म संरक्षण सम्बर्द्धनका साथै सम्पूर्ण तामाङ बासीहरु तथा ल्होछार प्रेमीहरूमा एकताको सन्देश प्रवाह गर्न खानीखोला साल्धारा कोदाखोरी फागुन १२ गते पुर्व सांसद तथा सबिधान सभाको सदस्य तिर्थ लामा जाने भएको छ । श्री शक्ति शुभ मंगल गुम्बाद्रारा बृहत ल्होसार तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलकारहरूको बेजोड प्रस्तुती रहने छ ।

अमरगढी स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

राधा फुलारा, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आईतबारदेखि प्रतियोगिता सुरु भएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad