Namaste Icon
Ad

महायज्ञ उद्घाटन नै नगरी उपराष्ट्रपति काठमाडौँ फर्किए

महायज्ञ उद्घाटन नै नगरी उपराष्ट्रपति काठमाडौँ फर्किए

काठमाडौँ । नारायणगढमा सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार त्यहाँ पुगेका थिए ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि त्यहाँ गए पनि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गरेको जानकारी दिए । स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्केका छन् ।

आजको एक राष्ट्रिय दैनिकमा कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोश्वर महाराज बताउने विजय भण्डारी ठग भएको भन्दै समाचार प्रकाशीत भएको छ । सो पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा नारायणगढ पुगेका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी नहुने भएक हुन । आजदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गइरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले फागुन ६ र ७ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय भेलाको भब्य आयोजना गर्ने भएको छ।यही फागुन ६ गते हुनगइरहेको कार्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला र ७ गतेको बैठकमा सम्माननीय प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहने नेकपाका नेता तथा प्रदेश कमिटी सदस्य लोकेन्द्र राना (प्रशान्त)ले जानकारी दिए।

तुम्वाहाङ्फेलाई कानुन मन्त्रालय

तुम्वाहाङ्फेलाई कानुन मन्त्रालय

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री को जिम्मेवारी दिइने भएको छ । उनको आज अपरान्ह सपथ गराउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad