Namaste Icon
Ad

राष्ट्रियताको पीडाले सँधै मन अशान्त भइरहन्छ !

–दीर्धराज प्रसाई

राष्ट्रियताको पीडाले सँधै मन अशान्त भइरहन्छ !
–दीर्धराज प्रसाई

जुनसुकै देशको जतिसुकै अग्लो डाँडाबाट जतिसुकै जेता परेवा उडाए पनि दिउँसै खुला आकासमा चीलले परेवाको शिकार गर्छ किनकि चील अमेरिकाको राष्टिय« पक्षी हो । चील यहाँ एउटा संकेत हो । वास्तवमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्षेपको पीडाले यो देवभूमि–जहाँ ऋषिमुनीहरुबाट वेद, उपनिषद, पुराण, नीतिशास्त्रको सिर्जना भएको यो विश्वको एक मात्र हिन्दु अधिराज्य माथि आक्रमण भएर हिन्दुस्थल नेपाल माथि सँधै खतरनाक खेलहरु भइरहेका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दूरदर्शी तथा सुयोग्य नेतृत्वमा हिमवतखण्डका गोर्खा लगायत कैयौं हिन्दु राज्यहरुलाई एकीकृत गरेर नेपाल विश्वको एक मात्र हिनदु अधिराज्य स्थापित हुन सकेको हो ।

पृथ्वीनारायण शाहबाट एकीकृत विशाल नेपालभित्र पछि अंग्रेजी साम्राज्यले धावा बोल्यो । ठूलो षडयन्त्रकासाथ सुगौली संधि भई पूर्वमा मेचीदेदि टिष्टासम्मका भूभाग र पश्चिममा महाकालीदेखि काँगडासम्मका विशाल नेपालका भूभागलाई षडयन्त्रपुर्व कब्जा जनायो । भारत स्वतन्त्र भएपछि विक्रम संवत् २००७ सालपछि पनि भारतले नेपाललाई आफ्रनो प्रभावक्षेत्र बनाउन अनेकौं दादागिरि जारिराख्यो । भारतको हस्तक्षेपको हद् नागेपछि २०१७ सालमा राजा महेन्द्को नेतृत्वमा नेपालको सार्वभौमसत्ता र एकतालाई भारतीय दादागिरिबाट मुक्त राख्न सकेको थियो । त्यसपछि भारतका प्रधानमंत्री नेहको देहवसानपछि उनी छारी इन्दिरा गाँधी सत्तामा आएपछि नेपाल खान अनेकौं षडयन्त्र गर्न थालीन् । हेर्दाहेर्दै उनले पूवी पाकिस्तानलाई पाकिस्तानबाट पृथक गराएर बंगलादेश बनाउन षयन्त्र गरिन् त्यस्तै अनेकौं तानाबुना बनेर स्वतन्त्र सिक्कमलाई भारतमा गाभिन् ।

त्यसपछि नेपालमा अनेकौं जालसाँझ गर्न थालीन् । उनीपछि उनका छोरा राजीव गाँधी सत्तामा आएपछि नेपाललाई गलाउन अनेकौं प्रयत्न गरे, कही नलागेर नाकाबन्दी गरे । तर नेपाली भारतसँग निहुरिएनन् । राजी गाँधीपछि उनकी श्रीमती इटालीयन् क्याथोलीक क्रिस्चियन सोनीयाँ गाँधी सत्तामा आइन् । उनी नेपालको बिरुद्ध अत्यन्त नकारात्मक भएर देखा परिन् । इन्दिरा गाँधीले छिमेकी देश खान स्थापित गरेको गुप्तचर संस्था रअ‘ लाई सक्रिय बनाएर नेपालमा बिद्रोह मच्चाइरहेका कथित माओवादीलाई भारतमा निम्त्याएर नेपाल बिरद्ध तालीम दिएर भारतीयभूमिमा राखियो । रअ‘ माओवादीसँग विश्वस्त भएपछि नेपालका कांग्रेस, एमालेका पार्टीका गद्दार नेताहरुलाई आर्थिक व्यवस्था र अनेकौं आश्वासन दिएर जनआन्दोलन गराईयो । माओवादीभित्र प्रचण्ड, बाबुराम भट्टराई दुबै क्रिस्चियन भएको कारणले उनीहरु नेपालमा हिन्दुत्व समाप्त गरेर इसाईकरण गर्न चहान्थे । त्यस हिसावले झन ‘रअ‘ विश्वस्त बन्यो । त्यस्तै नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र एमालेका माधव नेपाल राजाबाट प्रधानमंत्री नपाएर छट्पट्टिरहेको अवस्थामा ‘रअ‘ ले नैं अनेको प्रभावमा पारेर उनीहरुलाई पनि भारतको षडयन्त्रको भागिदार बन्न पुगे । त्यसपछि नेपाललाई सिध्याउन नेपाली जनताको अभिमतबीना कांग्रेस, एमाले, माओवादीका पार्टीका गद्दार नेताहरुलाई सकूनी बनाएर जवरजस्त क्रमिक रुपमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लागु गरेपछि अमेरिका पनि नेपाललाई आधार इलाका बनाएर मानव अधिकारको नारा लिएर फ्रि तिब्बतको नाममा चीन टुक्रयाउन प्रवेश ग¥यो ।

हिजो राजतन्त्र रहेकोबेला एक चीनको पक्षमा नेपाल थियो । त्यसमा अमेरिकीहरु नेपालमा जासूसको रुपमा चलखेल गर्ने र भित्रीरुपमा इसाईधर्म ब्यापक बनाउने रणनीतिमा लागेको थियो । दलाई लामा निर्वासित भएपछि तिब्बती शरणार्थीको सेवा गर्ने निहुमा भित्रभित्रै अमेरिकी फौजहरु नेपाल–चीनको सीमानामा राखिन्थे । तर पनि थाहा पाएसम्म नेपालले अमेरिकी फौज राख्न नदिने गरेको थियो । महाराजगञ्जमा अमेरिकाले अत्यन्त ठूलो राजदूतावास बनायो । यसले पनि नेपालले केही न केह िखतरा महसूस गरेको थियो । समय परिस्थितिले एक चीन नीतिको वरखिलाप अमेरिकाले चीनको बिरुद्ध अनेकौं चलखेल गर्न थालेकाले राजा ज्ञानेन्द्र राजसिंहासनमा आसीन भएपछि नेपालमा दलाई लामाको कार्यालय हटाउने काम भयो । यसले अमेरिका नेपालको राजासँग रिसायो र भारतीय कांग्रेस (आई)को गणतन्त्रको समर्थन गर्न पुग्यो । राजस्था हटेपछि अमेरिको गुप्तचर संस्था खुलेर नेपालमा अनेकौ. रणनीति लिएर षडयन्त्र गर्न थाल्यो । नेपालको उत्तर सीमानामा अमेरिकाको सहयोगमा कैयौं बौद्ध गुब्बाहरु निर्माण हुन लागे । बाहिर गुम्बा र गुम्बाभित्र बुष्दिष्टहरुको भेषमा कलेजी लुगा लगाएर बसेका भन्तेहरु सीआएका फौजको रुपमा खडा गरिए । अध्यावधी त्यस्ता गुम्बाहरु देख्न सकिन्छ । काठमाण्डौंको स्वयम्भू र जोरपार्टी– आलुबारी पारिपट्टीबाट देखिने सीआएको सहयोगमा बनेका गुम्बाहरु अहिले पनि देख्न सकिन्छ । यस्तो स्थिति छ– नेपालको । यो बेलामा नेपाल माथि हुन लागेका भित्री आक्रमणहरुको अध्ययन गरी नेपालको अस्तित्व माथि खेलवाड गर्न नदिनु पर्नेमा २०६३ सालपछिका नेपाल सरकारमा बसेका कांग्रेस, एमाले, माओवादीका नेताहरु नैं त्यस्ता खतरनाक खेलहरुको समर्थक बनेको देख्दा धिक्कार्न मन लाग्छ ।
भारतमा भारतीय कांगें्रस (आई) की सोनीया गाँधी क्याथोलीकको राज चम्केपछि यूरोपका इसाई राष्ट्रहरु र अमेरिकी सीआए राजसंस्था विस्थापित गरिउपछि खुलुम्खुल्ला खुलेर धर्म परिवर्तन गराउन अबौं लगानी गरेर विश्वको एक मात्र हिन्दु अधिराज्य विस्थापित गर्न लागेका छन् । त्यस्ेको लागि नेपालका कांग्रेस, कम्यूनिष्टहरु धर्मनिरपेक्ष र गणतन्त्रलाई स्थापित गर्न सक्रिय बनेका छन् । भारतीय कांगें्रस (आई) की सोनीया गाँधीको २०७२ सालपछि सत्ताबाट हटेपछि हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आयो । भाजपाका नरेन्द्र मोदीको नेतृत्वमा २०७२ सालदेखि अहिले दोस्रो पटक समेत सरकार गठन भयो । प्रधानमंत्री नरेन्द्र मोदी कांग्रेस (आई)को वरखिलाप र अमेरिका र यूरोपका राष्ट्रहरुको नेपालमा चलखेल बढ्न लागेपछि भारत पनि सुरक्षित हुन नसक्ने बुझेर नेपालमा विश्वको एक मात्र हिन्दु अधिराज्य र राजसंस्था कायम रहिरहनु पर्छ भन्ने अवस्थामा देखिएको छ । भारतमा भाजपाको सत्ता आइसकेपछि पनि पोप र यूरोपका इसाई राष्ट्रहरको पैसाको बलले भारतमा एमालेका केपी ओली प्रधानमंत्री बनेपछि १७ हजार नेपाली जनताको रगतमा होली खेलेका भारतीय भरियाहरुको पारामा लागेका कथित माओवादीसँग मिलेर झन झन नेपाललाई डुबाउन सक्रिय बइरहेको दख्दा राष्ट्रियताको पीडाले मन पिरोल्लिरहन्छ ।

‘विशाल–नेपाल’–सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । यसक्षेत्रमा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको अवस्थामा पृथ्वीनारायण शाह जस्तो सपूत गोर्खामा नजम्एिका भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने थियो । ‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेशले सम्पूर्ण नेपालीहरुलाई उत्प्ररित गराइरहेको छ । स्मरणीय छ कि नेपालको एकीकरण हुनुभन्दा अगाडि जर्मन, इटाली १०० बर्ष पछाडि एकीकृत भए । १०० बर्षपछि मेजी रेष्टोरेसन भएर जापान आधुनिकयुगमा प्रवेश ग¥यो । अमेरिका बेलायती साम्राज्यको अधीनमा थियो । नेपालको एकीकरण हुनुभन्दा २०।२५ बर्ष पछाडि अमेरिका स्वतन्त्र हुन सकेको थियो । त्योबेला अवस्थामा पृथ्वीनारायण शाहको दुरदर्शी नेतृत्वबाट बेलायती साम्राज्यले यसक्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भएको थियो । चन्द्र–सूर्य अंकित झण्डा फहराएर पृथ्वीनारायण शाहबाट हिमवत्खण्ड नेपालको अस्मिता र मौलिकतालाई जीवन्त राख्ने कार्य भएको हो । पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको बीचमा कस्तो कुटनीति अवलम्वन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने पृथ्वीनारायण शाहको कति दुर्ददर्शी थिए भन्ने कुरा अहिले दक्षिणको चलखेलबाट स्पष्ट हुन्छ ।

राष्ट्रिय एकता दिवसको दिन पौष २७ गते २०७६ मा हामीले भारतीय चक्रव्यह पुस्तकको हामीले संयुक्त विमोचान गरेकोबेला राजन काकीृले सुनाएको मुक्तकले मलाई छोयो–
‘तिमीले गर्विलो देश दियौं, हामीले बचाउन सकेनौं,
तिमीले स्वाधीनता दियौं, मुटुमा अडाउन सकेनौं,
अनुहार ऐनामा हेरौं हामी सन्तान हौं कि सराप हौं,
आफनै जन्मभूमि लुछ्नेहरुर्ला धपाउन सकेनौं ।
हामी वीरका सन्तान थियौं, वीरत्व कहाँ बाकी छ र ?
हामीले आफूभित्रको काँथर, कायरता मेटाउन सकेनौं ।
त्यस्तै गोरखा एकस्प््रेसमा छापिएको नानी कुन्ती थापाको मुक्तकले मलाई त्यत्तिकै प्रभाव पा¥यो–
‘मभित्र पवित्र माटो बोलिरहन्छ यहाँ मेरै देशकै,
मभित्र स्वच्छ हावा बही रहन्छ यहाँ मेरो देशकै,
विश्वको शहर न्यूयोर्क बसेर के गर्नु हजूर,
हिउँ जम्दा यहाँ सगरमाथा देख्छु स्वर्ग मेरो देशकै ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरणको सन्दर्भमा यहाँका ब्राह्मण, क्षेत्री, मगर, गरुड, तामाड, कामी, दमाई, सार्की, गाइने, आदि सम्पूर्ण जाति, धर्म र साम्रदायहरुको बीच सँधै समान सद्भाव राख्ने गरेकाले यसक्षेत्रका सबै थरि जातिहरु पृथ्वीनारायण शाहसँग अत्यन्त खुसी थिए । राष्ट्रिय एकीकरणको सन्दर्भमा नेपालको सीमाना पूर्वमा टिष्टा नदीसम्म पुगेपछि स्व. इमानसिंह च्याम्जुङले किरातकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन् कि वि.सं.१८३१ साउनमा –‘हामी किरातबंश सत्धर्ममा मन राखी गोर्खावंशसँग एकैवंश भई मिल्नेछौं । साथै कुनै विदेशीले तिमीहरुको राजा को हो र कहाँ छ ? भनी सोधेमा हामीहरुको राज्य गोर्खा हो, महाराज गोर्खामा छन् र हामी गोर्खावंशका हौं भनी जवाफ दिनेछौं ।’ यसबाट पनि थाहा हुन्छ कि नेपालको एकीकरण भएपछि कुनैपनि जाति थरले परदेशी वा दोस्रो दर्जाको निरिह्र रैती जस्तो भएर शासकपक्षबाट पेलिएर, आँशुका धारा बगाएर खुम्चिएर बस्नु परेन । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सबै राज्यका जाति जनजातीहरुको रीतिथिति,संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिको रुपमा ग्रहण गरेर आफूले जितेका राज्यहरुमा ‘जग्गा माथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीति भएकाले कुनै राज्यहरुका जनतामा असंतुष्ठी थिएन । आज यो अखण्ड–नेपालमा संघीयता लागु गरेर ७ टुक्रामा देशलाइृ विभाजित गरेर उनीहरुकै सहयोगमा नेपालका पहिचान र प्रतिष्ठा निमिटयान्न गराउन तथानाम गरिदैछ । देशभित्र खुलुम्खुल्ला डकैती, लुट चलेको छ । भ्रष्टाचार नभएको कुनै क्षत्रै छैन ।

बितेको १३ बर्षमा यिनीहरुले देशको लागि भूटिभटयाङ् देशको लागि केही काम गरेका छैनन् । कुने विदेशी सहायताबाट केही काम देखाइएको छ भने त्यसमा ६०।७० प्रतिशत कमिसन खाएका छन् । यहाँ लुटेरा र हत्याराहरुको राजकाज चलेको छ । चौतर्फी ब्रम्हलुट छ । यहाँ खुलुम्खुलला हत्या गरिएका कुराको समर्थन गर्नेहरुलाई पनि कारवाही हुन सक्तैन । हालै पूर्व माओवादी प्रचण्डले ‘मैले ५००० मान्छे मारेको म स्वीकार्छु’ भनेर सार्वजनिक वक्तव्य दिएका छन् । त्यसै वक्तव्यमा प्रचण्डले टिकापुरमा कैयौ निरपराधी जनता र बालक तथा प्रहरीहरुको कत्लियाम गर्ने लक्षमण चौथरीलाई जन्म कैदबाट मुक्त गरेर जेलबाट निस्कासन गर्ने उद्घोष गरेका छन् । त्यस्तै खाली भएको सभामुख पलमा काभ्रेका अर्जन लामालाई अपहरण गरेर उनलाई खाल्टो खन्न लगाएर त्यही खाडमा जिउदै ढङ्गामुडा हानेर पुरेर हत्या गरेका अग्नी साप्कोटालाई अहिलेको कम्युनिष्ट सत्ताले सभामुख बनाउन धृष्टता गरी निर्विरोध गराएको छ । देशभित्र अत्याचारको पराकाष्ठा नाघेको छ । विश्वको एक समृद्ध स्व्र्णभूमि विखण्डित हुन लाग्गेको देख्दा नेपालका राष्ट्रवादीहरुमा कति मनमा बिद्रोह उठेको छ । यो अवस्थामा के टुलुटुलु हेरेर हामी देशभक्तहरु, नेपाली सेना र राज्यका प्रमुख अङ्गहरु बसिरहने होइन होला ।

त्यसैले अव २०६३ सालपछि भारतीय गुप्तचर संस्था ‘रअ’, सीआए र यूरोपका इसाइृ राष्ट्रहरु र पोपको भरिया बनेर जो जो यो पूण्यभूमि डुबाउन लागेका छन्, त्यस्ताहरुलार्इृ पाता कसेर जेल चलान गर्नसक्नु पर्छ र २०६३ सालपछि यिनीहरु र यिनीहरुका नातागोता, आसेपासे, नाइकैहरुको सम्पत्तिको छानवीन गरी न्यायिक हिसावले यिनीहरुले देश लुटेर स्वदेश विदेशमा राखेका सम्पत्ति राष्ट्रियकरण गर्नसक्नु पर्छ । चिनिया यात्री हुयाङसाङले नेपालको भ्रमण गरेर १४सय बर्ष अगाडि आफ्नो यात्रा वृतान्तमा लेखेका थिए– “नेपालका मान्छेहरु झुठो र अविश्वसनीय व्यवहार गर्दछन् । यो व्यवहार कठोर र खतरनाक हुन्छ । यहाँका मान्छेहरुको सत्यनिष्ठा र सद्भावना छँदैछैन ।” यसरी चिनिया यात्रीले लेखेका कुराहरुको अध्ययन गर्दा अहिलेसम्म नेपालमा कतिपय हामी नेपालीहरुको व्यवहारमा कुनै अन्तर आएको देखिदैन । नेतृत्वतहमा रहेका पार्टीका कतिपय नेताहरुको अहिलेसम्म त्यही चरित्र रहेको छ, जुन अहिले सबैको नजरमा छलङ्ग भएको छ । त्यसैले अव संसारको पुरानो सार्वभौम भूमिलाई बचाउन राजसंस्थालाई यथावत कायम राखेर राजाको उपस्थितिमा यो देवभूमि बचाउन सक्नुपर्छ । विश्वका देशहरुमा प्रजातन्त्र,लोकतन्त्र,जनतन्त्र र गणतन्त्र शासन व्यवस्थाका माध्यम बनेका छन् । चीनमा जनतन्त्र छ, भारतमा लोकतन्त्र छ, अमेरिका, फ्रान्समा गणतन्त्र छ भने बेलायत, जापान, थाइल्याण्ड आदि राजतन्त्र भएको मुलुकहरुमा प्रजातन्त्र छ । नेपालमा राजतन्त्र रहेको अवस्थामा राजाले राष्ट्रियता र प्रजातन्त्रलाई संघसँगै परिचालन गर्न खोजेका थिए । नेपाललाई साम्राज्यवादी र बिस्तारवादी शक्तिले नेपाल बिरुद्ध आक्रमक भएर– पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्डका लगभग ५४ हिन्दु राज्यहरु एकीकृत गरेर बनेको यो विश्वको एक मात्र हिन्दु अधिराज्य र राजसंस्थालाई विस्थापित गरे ।


नेपाल उत्तरतर्फ ठूलो राष्ट्र चीन र दक्षिणतर्फ ठूलो देश भारत छ । यी दुई छिमेकीहरुकोबीचमा नेपाल एउटा सानो देश अवस्थित छ । भारतीय हिन्दुहरु नेपाललाई हिन्दु राष्ट्रको रुपमा अत्यन्तै सम्मान गर्नेगर्छन् । एउटा महान राष्ट्र भारतले नेपाल जस्तो सानो राष्ट्रको सम्मान गर्नु यो त नेपाली नागरिकहरुको लागि गर्वको कुरा हो । फेरि अहिले भारतमा भारतीय जनता पार्टी सत्तामा आई नरेन्द्र मोदी प्रधानमंत्री भएपछि नेपालको अनुकुल छ । नेपालको काला पानीको क्षेत्रलाई भारतको नयाँ नक्सामा कास्मिर र लद्दााखको नक्सा बनाउदा प्राविदिघले महाकालीको कालापानीमा भारतीय सेना बसेको र त्यही महाकाली नदी मानेर भारतीय सेना बसेको हुँदा त्यसैलाई आधार बनाएर नक्सा बनाइएको कुरा प्रधानमंत्री नरेन्द्र मोदीलाई जानकारी नहुन सक्छ । अव त्यसको यथार्थ अध्ययन गरी भारतले सिक्कली महाकाली नदीको लप्पियाधुरा, लिपुखेल, कालापानी नेपालकै भूभाग एकीन गरेर कालापानीबाट २०१८ सालदेखि बसेका भारतीय सेना हटाई भारतीय नक्सामा सुधार गर्नुहुनेछ भन्ने हामीलाइृ विश्वास छ– प्रधानमंत्री नरेन्द्र मोदीले नेहरुकालीन हस्तक्षेपको नीतिलाई समर्थन नगरेर नेपाल बिरुद्ध खतरा नमोल्दा हुन् ।

त्यस्तै उत्तरको छिमेकी राष्ट्र चीन नेपालमा राजसंस्था अटल रहिरहोस् भन्ने ठान्छ । यस अवस्थामा नेपालबाट हिन्दु अधिराज्य विस्तापित गराएर धर्मनिरपेक्ष र राजसंसथा हटाएर गणतन्त्र लाध्न खोज्ु कति खतरनाक रणनीति छ – पश्चिमाहरुको ? नेपालमा राई, लिम्बु, मगर, गुरुङ,नेवार,ब्रामण,क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी,अवघि जो जति छौं हामी सबै हिन्दु हौं । हामीहरु मध्येका कतिपय वौद्ध पनि छौं, जस्मा शेर्पा,तामांग र केही नेवार वौद्ध धर्म प्रति आवद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो । यसरी दुई तिहाई जनमत भन्दा बढी जनताको समर्थन भएको मान्यताको विरुद्धमा अहिलेको सत्तासीन कम्युनिष्ट र प्रतिपक्षमा रहेको कांग्रेसलाई नेपाललाई तहस–नहस गरेर सत्तामा बसिरहने अधिकार हुँदैन । यदि जनमत संग्रहमा जाने हो भने ९५ प्रतिशत भन्दा बढी मत हिन्दु तथा बौद्धको पक्षमा आउने निश्चित छ । तर यहाँ अर्को षडयन्त्र गरिदैछ । यो २०७७ सालमा हुन गइरहेको जनगणनामा नेपालको तथ्यांक विभागमा इसाईहरु पसेर धर्मको बूँदामा हिन्दु, बौद्ध, मुसलमान, इसाई भन्ने ठाउँमा अर्को एक थपेर अन्य भन्ने राख्न खोजिएको छ भनिन्छ, यसो हो भने धर्म लेख्न नचाहने युवाहरुले नजानेर अन्य धर्ममा संकेत दिन सक्छन् , यसो हुँदा हिन्दुको संख्या धेरै कम हुनजाने रणनिित बनाइदै भएको हो भने यसको बिरोधमा बेलेमा सबै पक्ष सक्रिय हुनुपर्ने स्थिति छ । हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकारी,मान्हारी, जनै लाउने नलाउने आआफ्नो इच्छा अनुसार हिड्नसक्ने कुराहरुमा हरेक हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरीका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ। सिंदुर,अक्षता,दीयो,दूबो,सुपारी,कलश,धुप,सालधुप,डिम्बा–चल्ला,बाठा–बोका,निधारमा टिका, फल, फूलपातीको परम्परा कुनै नेपालका एक जाति र क्षेत्रमा मात्र सीमित छैन । कुनै कुनै उपमाहरुलाई छोडेर जस्तोसुकै नास्तिक हुँ भन्नेहरु पनि जन्मेदेखि मृत्यूसम्म कुनै न कुनै प्रकारले आफ्नै संस्कारमा आवद्ध भएका हुन्छन् ।

धर्मको उत्पति र विशालताको कुरा गर्ने हो भने विश्वमा वैदिक सनातन हिन्दु धर्मलाई विश्वको प्राचीन र जेठो र सर्वाधिक प्राचीन धर्मकोरुपमा मानिन्छ । हिन्दु धर्म विश्वब्यापी भइसकेपछि मात्र धेरै समय पछि अपभ्रम्स भएर अरु विभिन्न धर्महरुको जन्म हुन गएको हो । हिन्दु अधिराज्यलाई राजनीति मुद्धा बनाउनु हुँदैन । विश्वलाई धर्मयुद्धबाट मुक्त राख्न र विश्वशान्तिको लागि विश्वका सबै धर्महरुको सहअस्तित्व कायम राख्नको लागि संयुक्त राष्ट्र संघ जो इसाईको दबाबमा स्थापित भएको हो भएता पनि अव विश्व शान्तिको लागि मध्यस्तता गर्नसक्नु पर्दछ । युगौंयुगदेखि स्थापित भएका मान्यताहरुलाई तोडेर नेपाललाई स्वतन्त्र–सार्वभौम मुलुक हुन नदिन राष्ट्रघाती नागरिकता ऐनबाट वर्तमान प्रतिनिधिसभाका सदस्यहरु सिक्किमका लेण्डुब दोर्जे सरह्र राष्ट्रको अस्तित्वलाई समाप्त पार्न उदत्त छन् । त्यस्ता देशद्रोही नेता र दलालहरुको बिरोधमा सारा राष्ट्रवासीहरु शक्ति सशक्तरुपमा उठ्नुपर्ने अवस्था छ । अतः अव यसरी रोएर नबसौं । भोलिका दिनमा हामीहर आफ्रनै देशभित्र शरणार्थी जस्तो हुन नपरोस् । तसर्थ अव नेपाल बचाउन र नेपालको विश्वब्यापी प्रतिष्ठा र स्थायित्व कायम राख्न, विश्वको एक मात्र हिन्दु अधिराज्य र शाहबंशीय राजसंस्थालाई सगौरव यथावत कायम गरी राजा ज्ञानेन्द्रलाई नैं सम्मानपूवृक राजसिंहासनमा आरोहण गराई, हामी सम्पूर्ण नेपालीहरु देशभक्त शक्ति राष्ट्रिय सेना, प्रहरी प्रशासन, राज्यका प्रमुख अङ्गहरु जतिसक्दो चाडो सशक्त बन्नु पर्छ ।

               Email:dirgharajprasai@gmail.com

Ad

सम्बन्धित समाचारहरु

विश्वविद्यालयमा तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस्

स्टेफन हकिङले भन्नु भएको छ, ‘ज्ञानको सबैभन्दा ठूलो दुश्मन अज्ञानता होइन । ज्ञानको भ्रम हो ।’ यो भनाईमा जस्तै बहुत ज्ञानी छु भन्ने नेकपा सरकारले बोकेको छ । कुलपति समेत रहनु भएका प्रधानमन्त्री र द्वन्द्वका बेला बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्नु हुने शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक छ ।

नाट्यसम्राट स्मरणीय बालकष्ण समको सम्झना

नाट्यसम्राट स्मरणीय बालकष्ण समको सम्झना

‘यो बास कुनै हो मेरो नीत्य जीवन मार्गको,म कतैतिर हिड्ने छु स्वप्न पुरा भएपछि ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad